
कर्णाली, कात्तिक २४ गते । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले भूकम्पपीडितलाई एक सातामा ६० प्रतिशत राहत वितरण गरिएको बताएका छन् । भूकम्पमा परेकाको उद्धारसँगै जाजरकोट र रुकुमपश्चिमका ६० प्रतिशत भूकम्पपीडितलाई हवाई तथा स्थलगत दुवै मार्ग प्रयोग गरेर राहत वितरण गरिएको उनले बताए । उनका अनुसार भोलिसम्म सबै पीडितले राहत प्राप्त गर्नेछन् […]

काठमाडौँ , कात्तिक २४ गते । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले राष्ट्रको सम्पत्तिको संरक्षण, मर्मत सम्भार गर्ने काममा महानगरपालिकाले सहयोग गर्ने बताएका छन् । शुक्रबार कमलपोखरीस्थित बालकृष्ण सम जन्मिएको (करिब १३० वर्ष पुरानो) भवनको निरीक्षण अवलोकन गर्दै उनले संस्कृति, परम्परा र सम्पदा बचाउने, सहरी क्षेत्रमा खुला स्थान जोगाउने र बढाउने कामलाई प्राथमिकता दिएको बताए […]

काठमाडौँ , कात्तिक २३ गते । दक्षिण कोरियाले नेपाली श्रमिकहरूलाई दक्ष जनशक्ति उत्पादन गर्न सहयोग गर्ने भएको छ । विश्वबजारमा नेपाली श्रमिकको माग बढिरहेका बेला दक्षिण कोरियाले दक्ष जनशक्ति उत्पादनमा सहयोग गर्न लागेको हो । त्यसका लागि व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान र दक्षिण कोरियाको ग्लोबल इन्स्ट्च्युट फर ट्रान्सफेरिङ स्किल्स (गिफ्टस) बिच समझदारी पत्रमा […]

काठमाडौँ , कात्तिक २३ गते । धरान उपमहानगरपालिकामा विमानस्थल निर्माणको लागि सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको निर्देशनमा नेपाल नागरिक उड्ययन प्राधिकरणले तीन सदस्यीय कार्यदल गठन गरेको हो । प्रबन्धक ई.नलबिक्रम थापाको संयोजकत्वमा गठीत तीन सदस्यीय कार्यदलमा प्रबन्धक अनिल बस्नेत र वरिष्ठ अधिकृत विमल खनाल […]

पोखरा, कात्तिक २२ गते । पटक पटक आश्वासन, निर्णय र निर्देशन भएर पनि कार्यान्वयन हुन नसकेको विषय हो, पोखराको लेकसाइड चौबिसै घण्टा खुला राख्ने । उच्च अदालत पोखराले बुधबार लेखसाइड चौबिसै घण्टा खोल्न दिन आन्तरिम आदेश गरेपछि फेरि यो विषयमा बहस सुरु भएको छ । कामु मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले लेकसाइडमा कानुनबमोजिम व्यापार […]

काठमाडौँ , कात्तिक २२ गते । नेपाल विद्युत् प्राधिकरणले समयमा विद्युत् महशुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटेको छ । प्राधिकरणले विद्युत् महशुल बक्यौता असुलीलाई देशभरि अभियानकै रूपमा चलाइरहेको छ । विद्युत् लाइन काटेर करिब ५० करोड रुपैयाँ असुल गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारपछि बक्यौता असुलीलाई अझै सशक्त बनाइने बताए । […]

काठमाडौं, कात्तिक २१ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले ठूलो सङ्ख्यामा नेपाली श्रमिकलाई रोजगारीको अवसर उपलब्ध गराएकामा संयुक्त अरब इमिरेट्स (युएई) सरकारप्रति आभार प्रकट गरेका छन् । उपराष्ट्रपति कार्यालय लैनचौरमा आज नेपालका लागि युएईका राजदूत अब्दुल्ला सइद मुबारक जरवान अल शाम्सीसँगको भेटमा उनले युएईले स्वास्थ्य, शिक्षा, अन्तरिक्ष प्रविधि, ऊर्जा, कृतिम बौद्धिकता र नवप्रवर्तन लगायतको क्षेत्रमा हासिल […]

काठमाडौं, कात्तिक २१ गते । भारत सरकारको अनुदान सहयोगमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निर्मित मंगलादेवी बर्थिङ (प्रसूति) सेन्टर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रतिनिधिहरुलाई हस्तान्तरण गरिएको छ । नेपालमा सञ्चालित उच्च प्रभाव सामुदायिक विकास परियोजनाको सफल कार्यान्वयनको २० वर्ष पुगेको उपलक्ष्यमा नेपाल सरकारका माननीय अर्थमन्त्री डा. प्रकाशशरण महत, माननीय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता […]

काठमाडौं, कात्तिक २० गते । यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १०:५१ बजे शुभ रहेको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १०:५१ बजे शुभ रहेको जनाएको हो भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहेपनि साइत खोज्नेका लागि १०ः५१ बजेको साइत दिइएको समितिका […]

काठमाडौं, कात्तिक २० गते । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले वाणिज्य बैंकहरुको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २८ प्रतिशतले घटेको बताएका छन् । सोमबार संघले काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् । अध्यक्ष केसीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको खुद नाफा मात्रै नभएर खुद ब्याज आम्दानी समेत […]