
काठमाडौं, कात्तिक २९ गते । शो संख्या र सेयर बाँडफाँडमा आपत्ति जनाउँदै फिल्म ‘दिमाग खराब’ का निर्माताले प्रदर्शन रोक्ने घोषणा गरेका छन् । निर्माता रौनकविक्रम कँडेल र निर्देशक निश्चल बस्नेतले विज्ञप्ति जारी गर्दै भनेका छन्- हामीले चाहेको समान व्यवहार हो र जबसम्म विदेशी चलचित्र र नेपाली चलचित्रलाई बराबरी शो प्रदान गरिँदैन तथा फिल्म प्रदर्शन भैरहञ्जेल […]

काठमाडौं, कात्तिक २९ गते । मिटरब्याजमा संलग्न साहुहरुलाई कानुनी कारबाहीको दायरामा ल्याएपछि कयौँ ऋणीले राहत महसुस गरेका छन् । तर, मिटरब्याजविरुद्धको कारबाहीले ऋण नपाउँदा ग्रामीण क्षेत्रका कतिपय न्युन आयस्तर भएकाहरु समस्यामा समेत परेका छन् । जसका कारण चाडपर्व, विवाह, ब्रतबन्ध, औषधि उपचार, पढाइ लेखाइका अतिरिक्त वैदेशिक रोजगारीमा जान समस्या भएको नवलपरासीका गोपाल यादव बताउँछन् । […]

काठमाडौं, कात्तिक २८ गते । चान्द्रमास अनुसार प्रचलनमा रहेको मौलिक नेपाल संवत्को नयाँ वर्ष ११४४ आज विभिन्न कार्यक्रम गरी देशभर मनाइएको छ । राजधानीमा बिहान सूर्योदयसँगै नयाँ वर्षलाई भव्य स्वागत गरिएको थियो । नयाँ वर्षको खुसीयालीमा आज काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा शुभकामना र्याली निकालिएको थियो । काठमाडौँ, ललितपुर, भक्तपुर, कीर्तिपुर, गोकर्णेश्वर, टोखा, साँखु, बनेपा, धुलिखेल, […]

काठमाडौं, कात्तिक २८ गते । मुलुकभरमा खेतीयोग्य जमिनको कुल क्षेत्रफलमध्ये १० लाख हेक्टरभन्दा बढी खेत बाँझो छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कुल खेतीयोग्य जमिनमध्ये १० लाख ३० हजार हेक्टर जमिन बाँझो छ । पहाडी क्षेत्रबाट बसाइसरेर तराई झर्नु, खेतीका लागि उत्पादन लागत बढ्नु, काम गर्ने जनशक्ति नहुनु लगायत कारणले १० लाख ३० […]

काठमाडौं, कात्तिक २७ गते । काठमाडौँ उपत्यकामा तिहारमा हुनसक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीले ड्रोनबाट सुरक्षा निगरानी गर्न थालेको छ । अत्यधिक भिडभाड हुने ठाउँमा ड्रोनबाट गतिविधि निगरानी गर्न थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले रातोपाटीलाई बताए । उनले भने,‘न्यूरोड र ठमेल जस्ता अत्यधिक आवतजावत हुने ठाउँमा ड्रोनबाट सुरक्षा निगरानी गरिरहेका छौँ ।’ […]

काठमाडौं, कात्तिक २७ गते । नेपाल उद्योग वाणिज्य महासंघको स्टार्टअप एन्ड इन्नोभेसन प्रतिनिधि मण्डलले उद्योग मन्त्रीलाई स्टार्टअप नेसन २०३० लाई सफल पार्न कार्ययोजन पेश गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र सचिव मुकुन्दप्रसाद निरौलालाई भेटेर महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठको नेतृत्वमा गएको महासंघ स्टार्टअप एण्ड इन्नोभेसन प्रतिनिधि मण्डलले स्टार्टअप नेसन-२०३० लाई सफल […]

चितवन, कात्तिक २६ गते । चितवनको कालिका नगरपालिका–१ का किसानले केराखेती मासेर फूलखेती गर्न थालेका छन्। वडा नं १ लंकालाइनका कृषक महेन्द्रप्रसाद पौडेल र चेकमान वाइबाले केराखेती गरिँदै आएको जग्गामा संयुक्तरुपमा फूलखेती थालेका हुन्। तीन बिघा क्षेत्रफलमा लगाइएको केराखेती मासेर व्यावसायिक सयपत्री फूलखेती थालिएको पौडेलले बताए। विगतका वर्षमा करोडौँको फूल विदेशबाट आयात भएको देखेर देशलाई […]

काठमाडौँ, कात्तिक २६ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ हवाई उडान बढेको छ। तिहार सुरु भएदेखि नै दैनिक हवाई उडानको चाप रहेको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बढेको छ। ‘दसैँको तुलनामा तिहारमा उडान केही कम छ । तर दैनिक उडान भने चाप बढिरहेको […]

काठमाडौँ , कात्तिक २५ गते । नेपाल विद्युत् प्राधिकरणले समयमा विद्युत् महसुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटेको छ । गत १२ कात्तिकबाट विद्युत् महसुल बक्यौता असुलीलाई देशभरि अभियानकै रूपमा चलाइरहेको प्राधिकरणले बिहीबारसम्ममा २६ हजार २ सय ४४ ग्राहकको लाइन काटेको छ । लाइन काटिएका ग्राहकको बक्यौता रकम करिब ६२ करोड रुपैयाँ छ । असुलउपर […]

काठमाडौँ , कात्तिक २५ गते । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पताल भित्रकै विचौलियाले अस्पताललाई बदनाम गरिरहेका बताएका छन्। वीर अस्पताल सरसफाइ अभियानको आज यहाँ शुभारम्भ गर्नुहुदै मन्त्री बस्नेतले अस्पतालको तलब खाने तर व्यक्तिगत स्वार्थ पूरा नभएपछि अस्पताललाई नै गालीगलौज गरी बद्नाम गर्ने, सञ्चारमाध्यममा गलत समाचार लेखाउन लगाउने अस्पताल भित्रैकै विचौलिया भएको बताए। ‘केही स्वार्थी […]