समाचार

बागमती प्रदेश क्रिकेटको अध्यक्षमा पारससहित भागबण्डा

काठमाडौं, भदौ ८ गते। प्रादेशिक क्रिकेट संघ बागमती प्रदेशको आगामी कार्यकालका लागि भागबण्डा गर्दै चार जिल्लाले संयुक्त प्यानल घोषणा भएको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रदेशका ६ मध्ये चार जिल्लाले पारस खड्काको नेतृत्वमा भागबण्डासहित आगामी कार्यकालका लागि प्यानल घोषणा गरेका हुन्। काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुरले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै प्यानल घोषणा […]


सरकार सुशासन, समाजवाद र समृद्धिको यात्रामा अघि बढेको छः प्रधानमन्त्री प्रचण्ड

दिपकप्रसाद गौतम / वीरगञ्ज, भदौ ८ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार सुशासन, समाजवाद र समृद्धिको यात्रामा अघि बढेको बताउनुभएको छ। वीरगञ्जमा सम्पन्न समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘सरकार सुशासन, समाजवाद र समृद्धिको यात्रामा अघि बढेको छ। अब यसबाट सरकार पछि हट्दैन।” उहाँले पुराना एजेण्डा र पुरानो […]


स्वयम्सेविकाले खोजे अधिकारको संरक्षण

काठमाडौँ, भदौ ७ गते । नेपाल, भारत र पाकिस्तानका सामाजिक कार्यकर्ता (स्वयम्सेविका) ले श्रमिकका रूपमा आफूहरूको अधिकारको सम्मान, संरक्षण र प्रवर्धन गर्न सरकारसँग माग गरेका छन् । पब्लिक सर्भिसेज इन्टरनेसनलले काठमाडौँमा आयोजना गरेको तीन देशका महिला स्वास्थ्य स्वयम्सेविका भेलामा सहभागीले यस्तो माग गरेका हुन् । देशको स्वास्थ्य प्रणाली सुधारमा महत्त्वपूर्ण योगदान गरेका स्वयम्सेविकाबाट राज्यले काम […]


जनताका समस्यामाथि छलफल गर्ने वातावरण निर्माण भएको छ : उपप्रधानमन्त्री खड्का

काठमाडौं / भदौ ६ गते। उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा संसद्को गतिरोध अन्त्य भएसँगै जनताका समस्यामाथि छलफल गर्ने वातावरण निर्माण भएको बताउनुभएको छ। बुधबार प्रतिनिधिसभा बैठकमा सर्वदलीय बैठकमा गरिएको दुई बुँदे सहमतिबारे जानकारी गराउनुहुँदै यस्तो बताउनुभएको हो। उहाँले बुधबारको प्रतिनिधि सभाको बैठकमा सुन तस्करीबारे अनुसन्धान गर्न दुई बुँदे सहमति भएकोबारेमा […]


अनुमति नलिएका पसललाई ग्यास बेच्न रोक

कोकिला ढकाल / इलाम, भदौ ६ गते । जिल्ला प्रशासन कार्यालयले अनुमतिबिना खाना पकाउने ग्यास बेच्ने पसललाई विक्रीमा रोक लगाएको छ । प्रशासनले गरेको अनुगमनमा विक्री अनुमति लिएको नपाइएपछि जिरो किलोमिटर र कुलधारामा रहेका दुई पसललाई ग्यास बेच्न नपाउनेगरी रोक लगाइएको हो । सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव कोइरालाले कुुलधारको पसलमा ५१ भरी र दुई […]


प्रधानन्यायाधीश श्रेष्ठद्वारा पदभार ग्रहण

काठमाडौं, भदौ ५ गते। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पदभार ग्रहण गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनियताको शपथ लिए लगत्तै राष्ट्रपति कार्यालयबाट सर्वोच्च अदालत पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो। नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्नुभएको हो। संसदीय सुनुवाइ समितिले सोमबार […]


बालविवाहले प्रजनन् स्वास्थ्यमा प्रतिकुल असर

धर्बेन्द्र झा / धनुषा, भदौ ५ गते । मधेश प्रदेशमा बालविवाहका कारण बालबालिकाको मानसिक एवम् प्रजनन् स्वास्थ्यमा प्रतिकुल असर पर्नेगरेका कारण बालविवाह उन्मुलनका लागि तीनै तहका सरकारले योजनाबद्ध रूपमा कामकाज गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । सन् १९९४ मा इजिप्टको क्यारोमा जनसङ्ख्या र विकाससम्बन्धी भएको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले गरेका प्रतिविद्धताको ३० वर्ष पूरा भएको र […]


वर्षामा वन्यजन्तु संरक्षण चुनौती

चाँदनी हमाल / काठमाडौँ, भदौ ४ गते । वर्षा लागेयता देशका विभिन्न राष्ट्रिय निकुञ्जमा वन्यजन्तु संरक्षणमा चुनौती थपिएको छ। निरन्तरको वर्षाले संरक्षण क्षेत्रभित्रको भौगोलिक तथा संरचनागत अवस्थामा परिवर्तन गर्ने भएकाले पनि संरक्षणमा चुनौती थपिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। चोरी सिकारको चुनौतीदेखि वन्यजन्तुको वस्तुस्थितिको अनुगमन गर्न नसकिनेसम्मको समस्या आउने गरेको विभागका महानिर्देशक […]


एकीकृत श्रम व्यवस्थापन सूचना प्रणाली सुरु

काठमाडौँ, भदौ ४ गते । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आफ्नो मातहतका कार्यालयबाट एकीकृत श्रम व्यवस्थापन सूचना प्रणाली (आइएलएमआइएस) सुरु गरेको छ । विभागले गएको शुक्रबारदेखि ‘पाइलट’ का रूपमा उक्त प्रणाली सुरु गरेको हो । विभागका महानिर्देशक केशवप्रसाद विमलीले विभागबाट हुने सबै गतिविधि तीन महिना ‘पाइलट’ का रूपमा सञ्चालनमा ल्याइने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, […]


राष्ट्रपतिद्वारा मङ्गलबार सर्वदलीय बैठक आह्वान

काठमाडौं, भदौ ३ गते। राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई राष्ट्रपति पौडेलले बैठकमा बोलाउनुभएको छ। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार मंगलबार बिहान साढे ८ बजेका लागि राष्ट्रपति पौडेलले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो। बैठक राष्ट्रपति कार्यालयमा बस्नेछ। संघीय संसद बैठकमा लामो समयदेखि देखिएको गतिरोध अन्त्यका लागि […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter