• Sunday, May 04, 2025

समाचार

बुटवल-नारायणगढ सडक निर्माण सुस्त

होमराज रानाभाट / कावासोती असार १८ गते । बुटवल-नारायणगढ सडक आयोजना निर्माणमा केही सुधार देखिए पनि अझै आशा गरिए अनुसार काम नहुँदा सडक निर्माणको समय अझै थप हुने अवस्थामा छ । सो आयोजनाको प्रगति हालसम्म ३८ प्रतिशत छ भने वर्षातका बेला ज्यादै कम काम भए पनि अहिले कामको गति केही बढेको आयोजनाले जनाएको हो । […]


निगमले आइओसीलाई तिर्यो २४ अर्ब बक्यौता

विष्णु पाण्डेय / काठमाडौं, असार १७ गते। नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आइओसी ) लाई २४ अर्ब बक्यौता रकम बुझाएको छ। रुस–युक्रेन युद्दका कारण विश्वभर पेट्रोलियम पदार्थको मूल्य बढ्दा निगमले आइओसीसँग उधारोमा तेल खरिद गर्ने गरेको थियो। सन् २०२२ मे २ बाट तिर्न बाँकी रहेको बक्यौता रकम अहिले चुक्ता गरेको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले […]


जङ्गली च्याउ नखान स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, असार १७ गते। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जङ्गली च्याउ नखान आग्रह गरेको छ। मन्त्रालयले आइतबार सूचना निकाल्दै जङ्गली च्याउ विषालु हुनसक्ने भएकाले नछुन र नखान आग्रह गरेको छ। जङ्गली च्याउ खाँदा गम्भीर बिरामी परिने र मृत्युसमेत हुनसक्ने खतरा भएकाले मन्त्रालयले यस्तो आग्रह गरेको हो। जङ्गली च्याउमा हुने विष पकाउँदासमेत कम नहुने भन्दै मन्त्रालयले नखान […]


चिया बगानका रुखमा प्रयोग गरिने पहेँलो स्टिकर हटाउने तयारी

झापा, असार १६ गते । मेचीनगर नगरपालिकाले चिया बगानका रुखमा प्रयोग गरिएका पहेँलो सङ्केत (स्टिकर)लाई हटाउने भएको छ । स्टिकरका कारण मौरीलगायतका मित्रुजीव टासिइ नष्ट हुने भएका कारण नीति नै बनाएर निरुत्साहित गर्ने भएको हो । पालिकाले हालै सार्वजनिक गरेको बजेट तथा नीति कार्यक्रममै सो कुरा उल्लेख गरिएको छ । नगर क्षेत्रभित्र टोकला, सतिघट्टालगायतका ठुला […]


करको दायराभित्र पर्नेलाई छुट दिन सकिँदैन : अर्थमन्त्री डा. महत

पोखरा, असार १६ गते। अर्थमन्त्री डा. प्रकाशशरण महतले करको दायराभित्र पर्नेलाई छुट दिन नसकिने बताउनुभएको छ। शनिबार आन्तरिक राजस्व कार्यालय पोखराको निरीक्षणका क्रममा उहाँले यस्तो बताउनुभएको हो । ‘‘जो करको दायराभित्र पर्छन् उनीहरु भ्याट नलगाइदिए हुन्थ्यो भन्छन्। हरेक ट्रान्जेक्सनमा लगाइने करलाई मूल्य अभिवृद्धि कर भनिन्छ। यसको फाइदा भनेको हरेक ट्रान्जेक्सनले हिसाब राख्नुपर्छ’’, मन्त्री महतले आन्तरिक […]


मुख्यमन्त्रीको साझापत्रबारे सरकारमा छलफल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

पोखरा, असार १५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर प्रदेश मुख्यमन्त्री बैठकले निकालेका साझा निष्कर्षको साझापत्रबारे संघीय सरकारमा गम्भीर रूपमा छलफल हुने बताउनुभएको छ। शुक्रबार पोखरामा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री बैठक २०८० को समापन सत्रलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो। प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘मुख्यमन्त्रीको साझापत्रबारे संघमा गम्भीर रूपमा छलफल गर्छु। तपाईंहरूको साझापत्रले […]


यातायात व्यवस्था नियमावली स्वीकृत गर्ने सरकारको निर्णय

काठमाडौं, असार १५ गते । सरकारले सवारी तथा यातायात व्यवस्था नियमावली स्वीकृत गर्ने निर्णय गरेको छ । असार १२ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले सवारी तथा यातायात व्यवस्था (नवौं संशोधन) नियमावली, २०८० स्वीमृत गर्ने निर्णय भएको जानकारी दिनुभयो । यसैगरी, बैठकले सार्वजनिक सडकसम्बन्धी […]


चक्लाबन्दीमा सुन्तला र कागती खेती

रमेश विश्वकर्मा / गुल्मी, असार १४ गते । गुल्मीमा चक्लाबन्दीमा फलफुल खेती सुरु गरिएको छ । कृषि ज्ञान केन्द्रको ७५ प्रतिशत अनुदानमा रेसुङ्गा नगरपालिका –४ अर्खलेमा १५० रोपनी जग्गामा चक्लाबन्दी गरी अहिले ११३ रोपनी जग्गामा फलफुल खेती अन्तर्गत सुन्तला र कागती खेती सुरु गरिएको हो । पछिल्लो समय बसाइँसराइका कारण जनशक्ति अभावले उब्जाउशील जमिन पनि […]


वैदेशिक लगानीलाई प्रवर्द्धन र संरक्षण हुन्छ, लगानी गर्नुहोस् : गृहमन्त्री श्रेष्ठ

अशोक घिमिरे / छेन्दु (चीन), असार १४ गते (रासस)। उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको लगानी प्रणालीमा उल्लेख सुधार गरी विदेशी लगानीलाई प्रोत्साहन, प्रवर्द्धन एवम् संरक्षण गर्ने नीति लिएको जानकारी दिनुभएको छ । चीनको सिचुवान प्रान्तको छेन्दुमा आयोजित १९औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलाको उद्घाटनसत्रलाई आज (बिहीबार) सम्बोधन गर्नुहुँदै गृहमन्त्री श्रेष्ठले भन्नुभयो, “प्रत्यक्ष वैदेशिक लगानीलाई मध्यनजर […]


संसद्‍बाट बहुमतले बजेट पारित : पक्षमा १४७, विपक्षमा १०८ मत

काठमाडौं, असार १३ गते। अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते पेस गर्नुभएको आगामी आर्थिक वर्षको बजेट प्रतिनिधि सभाको बुधबारको दोस्रो बैठकले बहुमतले पारित गरेको छ। ‘विनियोजन विधेयक, २०८०’ बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको उक्त विधेयकलाई मत विभाजनमार्फत पारित गरिएको हो । अर्थमन्त्री महतले आर्थिक वर्ष […]




TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter