एक्सक्लुसिभ समाचार

‘दिगो आर्थिक विकास हासिलको मार्गमा नेपाल अग्रसर’

काठमाडौँ, मंसिर १३ गते । नेपालले औद्योगिक विकासको माध्यमबाट आफू दिगो आर्थिक उन्नयनको मार्गमा अग्रसर भएको बताएको छ । अष्ट्रियाको राजधानी भियनामा जारी संयुक्त राष्ट्रसंघीय औद्योगिक विकास संगठन (युनिडो)को १७ औँ सम्मेलनमा नेपालले आर्थिक विकासको बाटामा अग्रसर भएको बताएको हो । सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलकी नेत्री एवं उद्योग सचिव यामकुमारी खतिवडाले औद्योगिक विकासका लक्ष्य र उद्देश्य […]


मुक्त कमलरी आत्मनिर्भर हुँदै

कञ्चनपुर, मङ्सिर १२ गते । स्थानीय झलारीका मुक्त कमलरीले सहकारी संस्था सञ्चालन गरेर आय आर्जनका काम गरी आत्मनिर्भर हुन थालेका छन् । मुक्त कमलरी बचत तथा ऋण सहकारी संस्थामा आवद्ध मुक्त कमलरीले बचत रकम संकलन गरी सोही रकमलाई ऋणका रुपमा परिचालन गरेर आजआर्जन गर्न थालेका हुन् । सहकारीबाट ऋणका रुपमा रकम लिनुभएकी सरिता चौधरीले कपडा […]


३२ जिल्लामा करिव ६५ प्रतिशत मतदान – निर्वाचन अायाेग; सबैभन्दा बढी मतदान बाजुरामा

काठमाडाैं, १० मंसिर। प्रदेश तथा प्रतिनिधिसभाको पहिलो चरण निर्वाचनमा ६५ प्रतिशत मतदान भएकाे निर्वाचन आयोगले जनाएको छ । मतदान सकिएलगत्तै अायाेग केन्द्रीय कार्यालयमा अायाेजना गरिएकाे पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन अायुक्त डा. अयाेधिप्रसाद यादवले ६५ प्रतिशत मतदान भएकाे प्रारम्भिक जानकारी प्राप्त भएको बताए । सबैभन्दा बढी मतदान बाजुरामा निर्वाचन अायाेगले अाइतबार मतदान भएका ३२ जिल्लामध्ये सबैभन्दा […]


अनुदानले कृषिप्रति युवा आकर्षित

सुरेशकुमार यादव / काठमाडौँ, मङ्सिर ८ गते । कृषि मन्त्रालयले सञ्चालयनमा ल्याएको अनुदान कार्यक्रमले कृषिप्रति युवाको आकर्षण बढाएको छ । मन्त्रालयले गरेको व्यवस्थाकै कारण पछिल्लो समय कृषि कार्यालय तथा त्यस मातहतका अन्य निकायमा दिनहुँ अनुदानको बारेमा जानकारी लिनेको सङ्ख्या बढिरहेको छ । चालू आर्थिक वर्षमा मन्त्रालयले किसानका लागि घोषणा गरेको अनुदान कार्यक्रममध्ये कतिपय कार्यान्वयनमा पनि […]


पशुपति आर्यघाटमा जलिरहे प्रकाश, प्रचण्डले दागवत्ती दिएपछि सम्झिरहे जनता; राष्ट्रपति र राजनीतिक नेताद्वारा प्रकाशलाई श्रद्धाञ्जलि

काठमाडौँ, मङ्सिर ३ गते । आकस्मिक हृदयाघातका कारण निधन भएका छोरा प्रकाशको पार्थीव शरीरमा प्रचण्डले दागबत्ती दिएका छन् । पशुपति आर्यघाटमा प्रचण्डले प्रकाशको पार्थिव शरीरमा दागबत्ती दिएका हुन् । आकस्मिक हृदयाघातका कारण प्रकाशको आज बिहान लाजिम्पाटस्थित निवासमै निधन भएको थियो । सञ्चारमाध्यमका प्रतिनिधि पनि बिहानदेखि दाहालको अवस्था बुझ्न पुगेका थिए । झापामा रहनुभएका अध्यक्ष दाहाल बिहान […]


प्रचण्डपुत्र प्रकाश दाहालको निधन

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का छोरा प्रकाश दाहालको हृदयघातका कारण निधन भएको छ। काठमाडौंस्थित लाजिम्पाट निवासमा उनलाई अबेर राति हृदयघात भएपछि नर्भिक अस्पताल पुर्‍याइएको थियो। बिहान साढे ५ बजे अस्पताल पुर्‍याउँदा उनको मुटु बन्द भइसकेको नर्भिक स्रोतले जानकारी दियो। निधनको घोषणा भने परिवारका सदस्यहरु आएपछि गर्ने बताइएको छ। चुनावी सभालाई सम्बोधन गर्न झापा […]


‘पहिलो चरणको निर्वाचनका लागि सुरक्षा तयारी पूरा’; निर्वाचन विरोधी गतिविधिमा संलग्न सय बढी पक्राउ

किरण भट्टराई / काठमाडौँ, मंसिर २ गते । यही मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पहिलो चरणको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृहमन्त्रालयले जनाएको छ । निर्वाचनलाई स्वतन्त्र, विश्वसनीय, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले राससलाई जानकारी दिनुभयो । पहिलो […]


अन्नपूर्ण पदमार्गमा पर्यटकको ‘जाम’

विश्वास रेग्मी / काठमाडौँ, कात्तिक ३० गते । बिहान सुरु भएसँगै विदेशी पदयात्री गन्तव्य छोट्याउन हतार देखिन्छन् । झिसमिसमै उकालो चढिसक्ने लक्ष्यसहित अघि बढेका स्वदेशी पदयात्रीको हतारो पनि उस्तै छ । अन्नपूर्ण आधार शिविर पुगेर जितको भावमा फर्किंदै गरेका पर्यटकमा भने यस्तो हतार केही कम देखिन्छ । चिसोबाट बच्न राखिएका बाक्ला ज्याकेटसहितको ‘ब्याग प्याक’र सहाराका […]


निर्वाचनमा खेलकुद पदाधिकारीदेखि ओलम्पियनसम्म

मुना कार्की / काठमाडौँ, कात्तिक ३० गते । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रतिस्पर्धाका लागि खेलकुद पदाधिकारी, ओलम्पियन र खेलाडीसम्मका व्यक्तित्वले उम्मेदवारी दिनुभएको छ । खेलकुद क्षेत्रबाट प्रतिनिधिसभाको चुनावमा उठ्ने मध्येका एक हुनुहुन्छ, युवा तथा खेलकुदमन्त्री राजेन्द्र केसी । उहाँ काठमाडौँ क्षेत्र नं १० बाट नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभाको […]


दलका घोषणापत्रमा ऊर्जा : महत्वाकाक्षी कार्यक्रम हुँदैनन् कार्यान्वयन

रमेश लम्साल / काठमाडौँ, कात्तिक २९ गते । प्रमुख राजनीतिक दलले आगामी दश वर्षभित्र मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि भन्दै घोषणापत्र मार्फत आफ्ना महत्वाकाक्षी योजना सार्वजनिक गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि भन्दै जारी गरिएका घोषणापत्र वस्तुनिष्ठ र व्यवहारिक नभएको भन्दै आलोचना पनि उस्तै छ । संविधानसभाको पहिलो निर्वाचनका लागि तय गरिएको घोषणापत्रमा […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter