एक्सक्लुसिभ समाचार

सुरक्षा अङ्ग थप चनाखो हुनुपर्नेमा प्रमको जोड

नेपालगञ्ज, कात्तिक २८ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारमाथि भएका आक्रमणका घटना सुरक्षा अंगको गम्भीर त्रुटिभित्र पर्ने भएकाले अबउप्रान्त यस्ता खाले घटना दोहोरिन नदिन सुरक्षा अंग थप चनाखो हुनुपर्नेमा जोड दिनुभएको छ । यहाँ आज आयोजित प्रदेश क्षेत्र नं ५ र ६ स्तरीय सुरक्षा गोष्ठी उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “राजनीतिक दलबीच स्वस्थ प्रतिस्पर्धा, […]


पुनःनिर्माणको समयसीमा बढाउन जनप्रतिनिधिको माग

भक्तपुर, कात्तिक २७ गते । भूकम्पपीडित लाभग्राहीलाई घरको पुनःनिर्माणका लागि दिएको समय बढाउन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग भक्तपुर जिल्लाका स्थानीय निकायका प्रतिनिधिले माग गर्नुभएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भक्तपुरमा आयोजना गरेको भूकम्पपीडितको गुनासो व्यवस्थापन सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा सहभागी जनप्रतिनिधिले यस्तो माग गर्नुभएको हो । जिल्लास्थित नगरपालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्षले प्राधिकरणले तयार गरेको पुनःनिर्माण […]


उच्चस्तरीय निर्वाचन सुरक्षा समिति बैठक : पूर्ण सुरक्षा प्रदान गर्न सक्षम रहेको निष्कर्ष

काठमाडौँ  / कार्तिक २६ : निर्वाचन आयोगले रुकुम र रोल्पामा भएका घटनालाई लिएर सुरक्षामा उत्पन्न भएको संवेदनशीलता, निर्वाचन सुरक्षा योजना र समग्र शान्ति सुरक्षाको विद्यमान अवस्थाबारेमा विस्तृतरुपमा छलफल र समीक्षा गरेको छ । प्रमुख निर्वाचन आयुक्त आयोधीप्रसाद यादवको उपस्थितिमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा सुरक्षा निकायले प्रस्तुत गरेको सुरक्षा कार्ययोजना र प्रतिबद्धताबाट राजनीतिक दलका […]


शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति होस्ः निर्वाचन आयोग

काठमाडौँ, कात्तिक २५ गते । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन विरोधी गतिविधि हुन नदिई शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गराउन सरकारसँग आग्रह गर्नुभएको छ । रिपोटर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा डा यादवले रुकुम र रोल्पामा उम्मेदवारमाथि भएको आक्रमणप्रति भन्नुभयो, “उम्मेदवार लक्षित आक्रमण दःुखद् हो, शुक्रबार र शनिबार(आज) भएका घटनाबाट हामी गम्भीर भएका […]


अस्वाभाविक खर्चको अनुगमन गर्न सरकारी निकायसँग आग्रह

काठमाडौँ, कात्तिक २४ गते । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारमा राजनीतिक दल र उम्मेदवारबाट भइरहेको अस्वाभाविक खर्चको अनुगमन गर्न सम्बद्ध सरकारी निकायसँग आग्रह गर्नुभएको छ । निर्वाचन आयोगमा आज निर्वाचनको तयारी तथा निर्वाचन आचारसंहितासम्बन्धी उद्योग वाणिज्य क्षेत्रका सरकारी पदाधिकारी तथा उद्योगी व्यवसायीसँगको छलफलमा उहाँले निर्वाचनमा दल र […]


चिकित्सा ऐन प्रमाणीकरण रोक्न पाइँदैन ः प्रम

काठमाडाँै, कात्तिक २३ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिले अध्यादेशमार्फत जारी चिकित्सा शिक्षा ऐन प्रमाणीकरण रोक्नुपर्ने कारण नभएको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रा डा गोविन्द केसीसँगको भेटमा प्रधानमन्त्री देउवाले राष्ट्रपतिले मन्त्रिमण्डलले पारित गरेको ऐन विषयमा थप जानकारी लिइने बताउनुभयो । प्रधानमन्त्री देउवाले ऐन कुनै हालतमा पनि नरोकिने र प्रमाणीकरण हुने नै छ भन्दै […]


नागढुंगा सुरुङ निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रिया शुरु

काठमाडौँ, कात्तिक २२ गते । उपत्यकाबाट बाहिरिने प्रमुख नाका नागढुंगा सुरुङको प्रवेश मार्ग निर्माणका लागि जग्गा प्राप्त गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले ३० दिने सार्वजनिक सूचना जारी गरेको छ । यो सुरुङ मार्ग निर्माण भएपछि उपत्यका भित्रिँदा घण्टौँ लामो जाम नहुने विश्वास गरिएको छ । आयोजनाअन्तर्गत पूर्वी सडकखण्ड निर्माण गर्न जग्गा प्राप्तिका लागि हक दाबी […]


वाम गठबन्धनको घोषणापत्र सार्वजनिक; ‘स्थिरता र समृद्धिमा वाम गठबन्धनको मुख्य ध्यान’

काठमाडौँ, कात्तिक २१ गते । आसन्न निर्वाचनका लागि गठबन्धन बनाएका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । यहाँ पत्रकार सम्मेलन गरी एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा घोषणापत्र सार्वजनिक गर्नुभएको हो । आगामी मंसिर १० र २१ गते हुने […]


‘अब नेपालमै उत्पादन हुने भो’ सर्पदंशको औषधि

काठमाडौँ, कात्तिक २० गते । नेपालमा पहिलोपटक सर्पदंशको औषधि (सर्पको डसाइबाट बच्ने) ‘एन्टी स्नेक भेनम’ उत्पादन गरिने भएको छ । निजी क्षेत्रको ‘एन्टिस्नेक भेनम सेरुम रिसर्च एण्ड मेनुफ्याक्चरिङ’ प्रालिले सुनसरीको महेन्द्रनगरमा औषधि उत्पादन गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । करिब रु ८८ करोड ६३ लाखको लागतमा निर्माण हुने औषधि उद्योगबाट अबको तीन […]


दलका घोषणापत्र महत्वाकांक्षी

भीष्मराज ओझा / काठमाडौँ, कात्तिक १९ गते । निर्वाचनमा संघारमा दलहरुले जारी गर्ने महत्वकांक्षी घोषणापत्रले विगतको झैँ यसपटक पनि निरन्तरता दिएका छन् । यसपटक पनि दलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि जारी गरेको घोषणापत्र हेर्दा भोट माग्नका लागि महत्वाकांक्षी र जनतालाई ढाँट्ने खालका देखिन्छन् । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आगामी १० […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter