एक्सक्लुसिभ समाचार

ब्लड ब्यागको अभावमा रगत सङ्कलन गर्न समस्या

  डडेल्धुरा, २८ मङ्सिर । भारतले गरेको अघोषित नाकाबन्दीका कारण ब्लड ब्याग आयात हुन नसक्दा डडेल्धुरा जिल्लामा रगत सङ्कलनमा समस्या भएको छ ।  रगतको अभाव पूरा गर्न रगत सङ्कलनका लागि शिविरको आयोजना हुने भए पनि ब्लड ब्याग नहुँदा समस्या आएको रक्तसञ्चार सेवा केन्द्र्र डडेल्धुराका प्रमुख गणेश ऐरले बताउनुभयो ।  डडेल्धुरा जिल्लामा दैनिक दुईदेखि तीन पिन्टसम्मको […]


भारतले दसगजा मिचेर बाँध बनाएको पुष्टि

पुनर्बास (कञ्चनपुर), २७ मङ्सिर । भारतीय वन विभागले दक्षिण भेगको परासनस्थित बीचफाँटामा दशगजा मिचेर बाँध बनाएको पुष्टि भएको छ । शनिबार अबेर बाँध निर्माणस्थल पुगेको प्रजिअ मनोहरप्रसाद अर्यालसहितको सरकारी टोलीले दशगजा मिचेर भारतीय पक्षले मनोमानी रुपमा बाँध निर्माण थालेको जनाएको छ । नेपाली प्रशासनसँग सहमति नलिई भारतीय दुधवा निकुञ्जको सुरक्षार्थ खटिएको लखिकपुर जिल्लास्थित क्यामा वन […]


काभ्रेपलान्चोकमा किबीको बिरुवाको माग बढ्दै

  बनेपा, २६ मङ्सिर । व्यावसायिकरुपमा किबीको खेती हुन थालेपछि काभ्रेपलाञ्चोकमा किबीको बिरुवाको माग बढ्न थालेको छ । करिव एक हजार ५०० मात्रै बिरुवा उत्पादन हुने नर्सरीमा अहिले झण्डै १० हजार किबीको बिरुवाको नर्सरी गरिएको र त्यसबाट चार हजार बिरुवाको बिक्री वितरण भएको बुद्ध फलपूmल नर्सरी, नासिकास्थानका सञ्चालक शम्भु घिसिङ्ले जानकारी दिनुभयो । उहाँले अहिले […]


सहमतिबिनै भारतीय वन विभागद्वारा दसगजामा बाँध बनाउँदै

  पुनर्वास (कञ्चनपुर), २५ मङ्सिर । नेपालको सहमतिबिनै पुनर्वासको परासनस्थित नेपाल–भारत दशगजामा भारतीय वन विभागले माटो थुपारी तीन मिटर अग्लो आली बनाउन सुरु गरेको छ । परासनको बीचफाँटास्थित नेपाल–भारत सीमा स्तम्भ नं १९१ देखि १९४ सम्म करिब तीन किमी लम्बाइको माटो बाँध बनाउन सुरु गरिएको छ । दशगजा क्षेत्रमा कुनै पनि संरचना बनाउँदा भारतीय पक्षले […]


नर्सिङ पढ्ने सरिता चेपाङलाई रु ८० हजार सहयोग

  चितवन, २४ मङ्सिर । सीमान्तकृत चेपाङ समुदायबाट नर्सिङ अध्ययनरत सरिता चेपाङलाई अध्ययनका लागि हाल अस्ट्रेलियामा रहेका चितवनवासीले सहयोग गरेका छन् । नर्सिङ विषयमा प्रविणता प्रमाणपत्र तहमा अध्ययनरत धादिङ जोगीमाराकी सरितालाई उनीहरुले रु ८० हजार सहयोग गरेका हुन् । भरतपुर अस्पताल नर्सिङ कार्यक्रममा पूर्ण छात्रवृत्तितर्फ अध्ययन गरिरहे पनि उहाँलाई छात्रावास, शैक्षिक सामग्री तथा प्रयोगात्मक सामग्री […]


असल शासन पुरस्कार डा भगवान् कोइरालालाई

  काठमाडौँ, मङ्सिर । असल शासन फाउन्डेसनले यस वर्षको असल शासन पुरस्कार मुटुरोग विशेषज्ञ तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका पूर्व कार्यकारी निर्देशक डा भगवान् कोइरालालाई प्रदान गरेको छ । पुरस्कार संयुक्त राष्ट्रसङ्घले भ्रष्टाचारविरुद्ध महासन्धि पारित गरेको दिन अर्थात् ९ डिसेम्बरका दिन पारेर आज प्रदान गरिएको फाउन्डेसनका अध्यक्ष केदार खड्काले जानकारी दिनुभयो । पुरस्कारको राशि सम्मानपत्र […]


एनआरएनले भूकम्प प्रभावित जिल्लामा एक हजार घर बनाउने

  काठमाडाँै, २२ मङ्सिर । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घलेले आज भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितका सरकारी अधिकारीसँग पुनःनिर्माण योजनाबारे छलफल गर्नुभएको छ । भूकम्प प्रभावितलाई एक हजार घर निर्माण गर्ने तयारी गरिरहेको गैरआवासीय नेपाली सङ्घले सिन्धुपाल्चोकमा घर निर्माणस्थल छनौट गर्ने योजनासहित सरकारी अधिकारीलाई भेट गरेको हो । सिन्धुपाल्चोकका निमित्त प्रमुख जिल्ला […]


‘जनताको संविधान, जनताकै माझमा’ अभियानको प्रारम्भ

  काठमाडौँ, २१ मङ्सिर । सरकारले नेपालको संविधानका विशेषताका बारेमा जनतालाई सुसूचित गर्न ‘जनताको संविधान, जनताकै माझमा’ राष्ट्रिय अभियानको शुभारम्भ गरेको छ । ‘नेपालको संविधान–जनताको संविधान’, ‘जनताको संविधानः जनताकै माझमा’ नारा दिइएको उक्त राष्ट्रिय अभियानको आज विशेष समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्घाटन गर्नुभयो । समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले संविधानसभाबाट संविधान जारी भएपछि सात […]


महानगरभित्रका नक्सा पास विद्युतीय प्रक्रियाबाट

  रमेश लम्साल काठमाडौँ, २० मङ्सिर । काठमाडौँ महानगरपालिका भित्र नयाँ घर तथा आवास गृह बनाउँदै हुनुहुन्छ भने अब तपाईले नक्सा पाससम्बन्धी सम्पूर्ण जानकारी अनलाइनमार्फत प्राप्त गर्न सक्नुहुनेछ । यसअघि हुँदै आएको परम्परागत नक्सा पाससम्बन्धी व्यवस्थालाई हटाएर अनलाइन प्रणालीमार्फत सबै प्रक्रिया अगाडि बढाउन लागिएको छ । अब घरमै बसेर नक्सा पासको प्रक्रिया कहाँ पुग्यो, कति […]


केसीसी मिडिया जर्नल बिमोचन

काठामाडौं, १९ मङ्सिर । पूर्वाञ्चल विश्वविद्यायलयका उपकुलपति प्रा डा. घनश्यामलाल दाशले कान्तिपुर सिटी कलेजको आमसञ्चार तथा पत्रकारिता विभागद्वारा प्रकाशित केसीसी मिडिया जर्नलको पहिलो अङ्कको आजयहाँ विमोचन गर्नुभयो । राससका कार्यकारी सम्पादक तथा पत्रकारिताका उपप्राध्यापक एकराज पाठक सम्पादक, केसीसीका लेक्चरर आभास राजोपाध्याय र जनार्दन विष्ट सहायक सम्पादक रहनुभएको सो जर्नलमा पत्रकारिताको उत्तरदायित्व, सञ्चार व्यवस्थापन, विकास पत्रकारिता, […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter