विश्वास रेग्मी / काठमाडौं, फागुन ७ गते । दूरसञ्चार सेवा प्रदायकले अहिलेसम्म विक्री गरेका सिमकार्डमध्ये करिब दुई करोड सिमकार्डबाट इन्टरनेट प्रयोग भएको देखिँदैन । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार अहिलेसम्म सेवा प्रदायकले तीन करोड ५९ लाख १२ हजार सिमकार्ड बिक्री गरेका छन् । यो सङ्ख्या सीडीएमए मोबाइलमा प्रयोग हुने सिमकार्ड समेतको हो […]
बुटवल, फागुन ६ गते । प्रदेश नं ५ का उपसभामुखमा पूर्व कम्लहरी कृष्णी थारू निर्वाचित हुनुभएको छ । प्रदेशसभामा आज भएको निर्वाचनमा नेकपा एमालेबाट प्रदेशसभा सदस्य थारूलाई एमालेसहित माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमोर्चासहितले समर्थन गरेका थिए । सो प्रदेशसभामा फोरमका पाँच र जनमोर्चाका एक सांसद छन् । नवनिर्वाचित उपसभामुख थारूसँग नेपाली काँग्रेसकी […]
रामपुर, पाल्पा, फागुन ६ गते । कृषकलाई पशुपालन व्यवसायमा हौसला बढाउन पाल्पाको डुम्रे दुग्ध उत्पादक सहकारी संस्थाले निःशुल्क दूध ढुवानी गर्न थालेकाले गाइपालनमा कृषकको आकर्षण बढ्न थालेको छ । सहकारीले कृषकको घरघरमा पुगेर दूध खरिद गर्दै आएको छ । घरघरमा दूध खरिदका लागि सहकारी पुगेपछि डुम्रे क्षेत्रका कृषक उत्साहित हुँदै विभिन्न पेशा, व्यवसाय, रोजगार छाडेर […]
ताप्लेजुङ, फागुन ६ गते । ताप्लेजुङ र पाँचथरको सिमानामा बग्ने काबेली खोलाबाट उत्पादन गर्न लागिएको काबेली ‘बी–१’ आयोजना अन्तिम चरणमा पुगेको छ । २५ मेगावाट क्षमताको काबेली ‘बी–१’ जलविद्युत् आयोजनाको करिब ९५ प्रतिशत काम सम्पन्न भएसँगै अन्तिम चरणमा पुगेको हो । आयोजना २०७२ मङ्सिरदेखि अरुण काबेली पावर लिमिटेड कम्पनीद्वारा निर्माण भइरहेको छ । यहीँ फागुन […]
काठमाडौँ, फागुन ५ गते । करदाताप्रति सम्मानपूर्वक व्यवहार गर्दै कर निर्धारण तथा असुली गर्ने पाउने अधिकार प्रदेश सरकारलाई दिइएको छ । घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन, विज्ञापन र कृषि आयमा कर लगाउनसक्ने अधिकार प्रदेशलाई प्रत्यायोजन गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । नेपालको संविधानको धारा १९७ अनुसार प्रदेशको कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा […]
काठमाडौँ, फागुन ५ गते । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले लोकतन्त्रको आधारको रुपमा रहेको आवधिक निर्वाचनको मिति र सबै मतदाताले निर्वाचनमा मतदान गर्ने वातावरण सुनिश्चित गर्न दबाब सिर्जना गर्न युवावर्गसँग आग्रह गर्नुभएको छ । लोकतन्त्र र निर्वाचन दिवसको एशोसिएसन अफ युथ अर्गनाइजेसन्स् नेपाल (आयोन) द्वारा आज यहाँ आयोजित ‘मतदानमा युवाको अधिकार’ कार्यक्रममा उहाँले भन्नुभयो, […]
ललितपुर, फागुन ५ गते । दक्षिणी एशियामा वायु प्रदूषणको मुख्य कारक मानिएको इँटाभट्टालाई आधुनिक र स्वच्छ प्रविधिबाट सञ्चालन गराउन यस क्षेत्रका इँटाभट्टा सञ्चालकद्वय सहमत देखिएका छन् । एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) र नेपाल इँटा व्यवसायी महासंघको संयुक्त आयोजनामा राजधानीमा सम्पन्न हरित दक्षिण एशियाको इँटा क्षेत्रका लागि जिकज्याक प्रविधिको प्रवद्र्धनसम्बन्धी कार्यशालामा सहभागी इँटा […]
काठमाडौँ, फागुन ४ गते । सरकारले विद्युत् प्रवाहलाई सहज बनाउने लक्ष्यका साथ देशभर नै प्रसारण लाइन निर्माणको कामलाई प्रमुख प्राथमिकतामा राखे पनि काम भने कछुवाको गतिमा अगाडि बढेका छन् । कतिपय स्थानमा त प्रसारण लाइनको अभावमा उत्पादित विद्युत् खेर गइरहेको छ भने कतिपय स्थानमा समयमा काम सम्पन्न नहुँदा नेपाल विद्युत् प्राधिकरणले हर्जना नै तिर्नुपर्ने अवस्थाको […]
लक्ष्मण दर्नाल / काठमाडौँ, फागुन ४ गते । मेलम्ची खानेपानी आयोजना सम्पन्न हुने मिति फेरि पछाडि सरेको छ । निर्माण कम्पनीको लापरबाही र ढिलासुस्तीका कारण तोकिएको समयभन्दा फेरि पनि ६ महिना ढिला हुने सम्भावना देखिएको हो । परियोजना सम्पन्न गर्नुपर्ने मिति २०७४ चैत १२ (सन् २०१८ मार्च २६) रहेकोमा तीन महिना बढाएर २०७५ जेठ ३१ […]
भक्तपुर, फागुन ४ गते । प्रदेश नं ३ को स्थायी राजधानी हेटाँैडाबाट अन्यत्रै सार्नुपर्नेमा प्रदेश नं ३ का प्रतिनिधि तथा प्रदेश सांसदहरुले जोड दिएका छन् । उनीहरुले यसअघिको काम चलाउ सरकारले जनताको भावना र चाहना विपरित भौगोलिक अवस्थालाई समेत मूल्यांकन नगरी हचुवाको भरमा हेटाँैडालाई अस्थायी राजधानी तोकेकाले अन्यत्रै राजधानी सार्नुपर्नेमा जोड दिएका हुन् । रफत […]