समाचार

अस्थायी राजधानी र प्रदेश प्रमुखबारे आन्दोलित हुन आवश्यक छैन : ओली

काठमाडाैँ, ४ माघ | एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले तोकेको प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुखका सम्बन्धमा नयाँ सरकार बनेपछि पुनर्विचार हुनसक्ने बताएका छन् । आफ्नो नियमित स्वास्थ्य परीक्षण गराई आज थाइल्याण्डको राजधानी बैंककबाट स्वदेश फर्केपछि अध्यक्ष ओलीले अस्थायी राजधानी र प्रदेश प्रमुख ढिलै भए पनि तोक्ने काम हुनु सरकारको जिम्मेवारी भए पनि कहाँ […]


तोकिएको समयमा राष्ट्रियसभाको निर्वाचन गराउन एमालेको जोड; राष्ट्रिय सभामा एमालेका २९, माओवादीका १४ उम्मेदवार हुने

काठमाडौँ, माघ ३ गते । नेकपा (एमाले)ले तोकिएको समयमै राष्ट्रियसभा निर्वाचन गराउन सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । आज पार्टी मुख्यालयमा बसेको एमाले स्थायी कमिटी बैठकले राष्ट्रियसभाको निर्वाचन गर्न ढिलाइ गरिरहेको भन्दै तोकिएको समयमा निर्वाचन गर्न सरकार र आयोगसँग माग गरिएको पार्टी सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । उहाँले सरकारले प्रदेश प्रमुख र […]


प्रदेशसभा समानुपातिक सांसदको नाम सार्वजनिक

काठमाडौँ, माघ ३ गते । निर्वाचन आयोगले समानुपातिकतर्फको प्रदेशसभा सदस्यको नाम सार्वजनिक गरेको छ। मंसिर १० र २१ गते सम्पन्न निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरुले समावेशी सिद्धान्तअनुसार बुझाएको बन्द सूचीमा रहेका उम्मेदवारलाई आयोगले बुधबार निर्वाचित भएको घोषणा गर्दै नाम सार्वजनिक गरेको हो। प्रमुख निर्वाचन आयुक्त डा. आयोधीप्रसाद यादवको अध्यक्षतामा बुधबार बसेको बैठकले सातवटै प्रदेशबाट समानुपातिक निर्वाचन प्रणालीतर्फबाट […]


नुवाकोटको घलेभञ्ज्याङमा पर्यटनको सम्भावना बढ्दै

नुवाकोट, माघ ३ गते । पञ्चकन्या गाउँपालिका–३ स्थित घलेभञ्ज्याङको अहिले पर्यटकीय गन्तव्यका रुपमा सम्भावना बढदै गएको छ । काठमाडौँबाट करिब ५० किलोमिटरको दूरीमा रहेको उक्त स्थानबाट विभिन्न हिमालका साथै मनमोहक दृश्यावलोकन गर्न सकिने हुँदा पर्यटनको राम्रो विकास हुन थालेको छ । समुद्री सतहदेखि एक हजार ७०० मिटर उचाइमा रहेको उक्त स्थानबाट राउचुली, लाङटाङ, लाङटाङ री, […]


‘नेपथ्य लाइभ’सँगैै नारायणी किनारमा झुमे युवा

रत्ननगर, चितवन, माघ २ गते । साँझको ६ बज्न ४ मिनेट बाँकी थियो । चितवन नारायणी नदीमा सूर्यको गोधूली किरणले छुँदै थियो । नेपथ्य हेर्न दर्शक किनारतिर सोहोरिंदै थिए । किनार छेउको स्टेजमा प्रोजेक्टरले समयको काउन्टडाउन गर्दै थियो । आइपुगेका दर्शकले समय कुर्न सकेनन् । चिसो मौसममा नारायणी किनार तात्न थाल्यो । दर्शकको हुटिङ बढ्न […]


अध्ययन बीचैमा छाड्ने विद्यार्थीका लागि त्रिविमा ‘क्रेडिट ट्रान्सफर’

काठमाडौँ, माघ २ गते । त्रिभुवन विश्वविद्यालयले विदेशी विश्वविद्यालयबाट अध्ययनको बीचैमा स्वदेश फर्कने तथा अध्ययन पूरा नगरी विदेश जाने विद्यार्थीका लागि ‘क्रेडिट ट्रान्सफर’ को व्यवस्था लागू गरेको छ । त्रिविले अध्ययन पूरा नगरी बीच सेमेस्टर वा खण्डतिर अन्यत्र अध्ययन गर्न चाहने विद्यार्थीका लागि नेपालभित्र र नेपाल बाहिरका विश्वविद्यालयसँग यो व्यवस्था लागू गराएको हो । विश्वविद्यालयका […]


राष्ट्रियसभा निर्वाचन छलफल

काठमाडौँ, माघ २ गते । निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा निर्वाचनको कार्यक्रम र प्रक्रियाका बारेमा पाँच राजनीतिक दलका नेतालाई अवगत गराएको छ । आयोगद्वारा आज आयोजित छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले यही माघ २४ गते हुने सो निर्वाचनका विविध पक्षमाथि जानकारी गराउनुभएको हो । निर्वाचनमा प्रदेश र स्थानीय तहका गरी कूल दुई हजार […]


दुनैसम्म राष्ट्रिय सडक जोड्न तीन किमी बाँकी

दुनै, डोल्पा, माघ १ गते । दुर्गम हिमाली जिल्ला डोल्पाको दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिन तीन किमी मात्रै बा“की रहेको सेनाले जनाएको छ । जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत श्रीविण्डे–त्रिपुराकोट खण्डको निर्माण कार्य नेपाली सेनाद्वारा तीव्र पारिएपछि डोल्पालीको सडक सपना सेनाले अन्तिम चरणमा पु¥याएको हो । जाजरकोट–डोल्पा सडकखण्डको कुल लम्बाइ ११७ दशमलव ७ किमी सडकखण्डमध्ये ११४ दशमलव ७ […]


जलविद्युत्को हब बन्दै त्रिशूली

हेमनाथ खतिवडा / बेत्रावती, माघ १ गते । रसुवा र नुवाकोट भएर बग्ने त्रिशूली नदी जलविद्युत्को हब बन्ने क्रममा रहेको छ । त्रिशूली नदीकै पानीलाई सदुपयोग गरी निर्माण भइरहेका जलविद्युत् आयोजनाको काममा कुनै पनि अवरोध नआए अबको पाँच वर्षभित्र त्रिशूली विद्युत् कोरिडोर क्षेत्र बन्ने देखिएको छ । रसुवामा चिलिमे आयोजना सफल भएपछि विद्युत् आयोजनातर्फ लगानी […]


आधुनिक प्रविधिले उत्पादनमा वृद्धि

रत्ननगर, चितवन, माघ १ गते । रत्ननगरमा अहिले वर्षा पम्प र पापा पम्पको प्रदर्शनी भइरहेको छ । विद्युत्को सहयोग बिना नै यी दुईवटै पम्पले जमिनभन्दा तल्लो भागमा बगिरहेको पानीलाई माथिल्लो भागमा लैजान सहयोग गर्छ । वर्षा पम्पले २० मिटरमाथिसम्म पानी लैजान सक्छ भने पापा पम्पले १५० मिटरसम्म पानी माथि लैजान सक्ने प्रदर्शक राजेश श्रेष्ठ बताउनुहुन्छ […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter