समाचार

उपत्यकाबाट २८ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, असोज २१ गते । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २८ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २३० औँ हप्तामा आज पशुपति राममन्दिर क्षेत्रमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तिलगंगा […]


अन्तुमा पर्यटकको चहलपहल बढ्यो

इलाम, असोज २० गते । सूर्योदय दृष्यावलोकनका लागि नेपालकै उत्कृष्ट स्थान मानिएको पूर्वी इलामको अन्तुमा मौसम खुलेसँगै पर्यटक आवागमन शुरु भएको छ । मौसममा सुधार आएपछि आन्तरिक र बाह्य पर्यटक आउने क्रम शुरु भएको हो । सूर्योदय, सूर्यास्त, हिमशृङ्खला तथा नेपाल र भारतका थुप्रै स्थानलाई आँखै अघिनै नियाल्न सकिने अन्तु क्षेत्र प्राचीन लेप्चा जातिको लोपोन्मुख […]


तरबार लडाउने र नचाउने पर्वको संरक्षणमा जुटे स्थानीय युवा

पाल्पा, असोज २० गते । रैनादेवी छहरा गाउपालिका– ५, मुझुङ्गको कटौजेपानीका युवाले तरबार लडाउने र नचाउने पर्वको संरक्षणमा जुटेको छ । सेनकाली राजाका पालादेखि तरबार लडाउने र नचाउने परम्परा रहेकोमा पछिल्लो समयमा यो लोप हुँदै गएको थियो । तर यसपाली स्थानीय युवाले ५० थान तरबार बोकेर प्रदर्शनीसमेत गरेका हुन । लोपन्मुख अवस्था रहेको यो पर्व […]


तिलिचो ताल जाने छोटो पदमार्गको निर्माण

जोमसोम, (मुस्ताङ) असोज १९ गते । विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको भनी चिनिएको तिलिचो ताल समुद्री सतहदेखि ४,९१९ मिटर अग्लो स्थानमा रहेको छ । सो तालमा जान अब हिमालपारिको जिल्ला मुस्ताङबाट जोमसोमको ठिनी हुँदै ५,१२० मिटर अग्लो मेसोकोन्दो पास( भञ्ज्याङ) भई पुग्न सकिने छोटो पदमार्गको निर्माण भएको छ । उक्त पदमार्ग निर्माण तथा साइन पोस्टिङको […]


स्थानीय पर्यटन शुल्कबारे कानूनी समाधान खोजिनुपर्ने

काठमाडौँ, असोज १९ गते । सोलुखुम्बुस्थित खुम्बु पासाङल्हमु गाउँपालिकाले पर्यटन शुल्क लिने गरेको निर्णयविरुद्ध सम्पूर्ण पर्यटन व्यवसायी एकताबद्ध भई कानूनी प्रक्रियाबाट यसको टुङ्गो लगाइनुपर्नेमा जोड दिएका छन् । ट्रेकिङ एजेन्सिज एशोशिएशन अफ नेपाल (टान) ले आज यहाँ आयोजना गरेको ‘स्थानीय पर्यटन शुल्क राष्ट्रिय पर्यटनमा असर’ विषयक अन्र्तक्रियामा उनीहरुले सो गाउँपालिकाले प्रतिविदेशी पर्यटक रु दुई हजार […]


नेशनल ट्रेडिङलाई पुनः सञ्चालन गर्ने तयारी

धनगढी , असोज १९ गते । सरकारी बेवास्ता र व्यवस्थापन पक्षको लापर्बाहीका कारण लामो समयदेखि बन्द रहेको नेशनल ट्रेडिङ लिमिटेड धनगढीलगायतका कार्यालय पुनः सञ्चालनका लागि पहल थालिएको छ । प्रदेश नं ७ को धनगढीसहित मुलुकका ११ स्थानमा व्यापार व्यवसायमा टेवा पु¥याउने उद्देश्यका साथ शाखा कार्यालय स्थापना गर्ने तयारी भइरहेको नेशनल ट्रेडिङ केन्द्रीय कार्यालयका महाप्रबन्धक लवराज […]


सोह्रवटा हिमाल र ३७ वटा गाउँ देखिने एउटै ठाउँ

ध्रुवसागर शर्मा, बेनी, म्याग्दी, असोज १८ गते । संसारकै सातौँ अग्लो धौलागिरि हिमाललगायत १६ वटा शिखरको हिमश्रृंखला, म्याग्दी र पर्वतका विभिन्न ३७ वटा गाउँ देखिने म्याग्दीको पर्यटकीय एवं रमणीयस्थल ‘गुफाको डिल’ पर्यटकको पर्खाइमा रहेको छ । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा अवस्थित ऐतिहासिक महत्वको जगन्नाथ मन्दिर नजिकै पर्ने गुफाको डिल धार्मिक तथा पर्यटकीय आकर्षणका रुपमा रहेको […]


कुमारीको आम्दानी ५० लाख !

काठमाडौँ, असोज १८ गते । वसन्तपुरस्थित कुमारीबाट हालै अवकाश प्राप्त मतिना शाक्यले भेटिवापत ५० लाख रुपियाँ हाराहारीमा आम्दानी गर्नुभएको छ । २०६४ सालमा कुमारीमा नियुक्त हुनुभएकी शाक्यको यो व्यक्तिगत आम्दानी हो । कुमारीका लागि महानगरपालिका, निवृत्तीभरण व्यवस्थापन कार्यालय, गुठी संस्थान, विभिन्न वाणिज्य बैङ्क तथा सङ्घ संस्था र सर्वसाधारणबाट भेटी प्रदान गर्ने गर्छन् । यसरी प्रदान […]


मुस्ताङको टुकुचेमा जलविद्युत् आयोजना निर्माण

मुस्ताङ , असोज १८ गते । मुस्ताङको थासाङ गाउँपालिका– १ टुकुचेमा १३.६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना निर्माण भएको छ । आयोजनाबाट उत्पादित विद्युत् तिहार अघिनै केन्द्रीय प्रसारण लाइनमा जोड्ने तयारी भइरहेको छ । माउण्ट कैलाश इनर्जी प्रालिले आयोजनाको बाँध, सुरुङ, फोरवे, पेनस्टक, पावरहाउस निर्माण र उपकरण जडान सकिएपछि भदौको पहिलो हप्तादेखि परीक्षण उत्पादन शुरु […]


मतपत्र छपाइलाई त्रुटिरहित बनाउनुस् : डा यादव

काठमाडौँ, असोज १७ गते । निर्वाचन आयोगले आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा खटिने जनशक्तिलाई अभिमुखीकरण, तालीम र प्रशिक्षण शुरु गरेको छ । सो क्रममा मतपत्र छपाइ अनुगमनकर्ताका लागि सञ्चालित अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनमा मतपत्र छपाइ र व्यवस्थापन सबै ठूलो जिम्मेवारी भएकाले […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter