समाचार

सरकार—मोर्चा वार्ता, लचिलो हुन एक अर्कालाई आग्रह

काठमाडौँ, ४ कात्तिक । सरकार र आन्दोलनरत संयुक्त मधेसी मोर्चाबीच आज भएको वार्तामा दुवै पक्षले एक अर्कालाई आ–आफ्ना अडानमा लचिलो हुन आग्रह गरेका छन् । मोर्चाका मागसम्बन्धी विषयले वार्तामा प्रवेश पाएको तथा उनीहरुले प्रदेश सीमाङ्कनको विषयलाई मुख्य मुद्दाका रुपमा पुनः प्रस्तुत गरेको सरकारी वार्ता टोलीका सदस्य एवम् सामान्य प्रशासन मन्त्री रेखा शर्माले राससलाई बताउनुभयो । […]


जनताको विश्वास गुम्न दिने छैन –प्रधानमन्त्री ओली

भद्रपुर, ४ कातिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले आफूप्रति देखाएको विश्वास गुम्न नदिने बताउनुभएको छ । नेकपा (एमाले) जिल्ला कार्यसमिति झापाद्वारा आज बिर्तामोडमा आयोजित अभिनन्दन एवम् शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अगामी दुई वर्षभित्र देशभरिका तुइन हटाउने र एक वर्षभित्र देशलाई विद्युत्भार कटौतीबाट मुक्त गराउने प्रतिबद्धता जनाउनुभयो । नेकपा (एमाले) का अध्यक्षसमेत […]


राजमार्ग र जङ्गली क्षेत्रमा सुरक्षाकर्मी परिचालन

गौशाला, ४ कात्तिक । बडादसैँ, तिहार र छठजस्ता चाडपर्वलाई मध्यनजर राखी महोत्तरीको पूर्व पश्चिम राजमार्ग र जङ्गली क्षेत्रमा व्यापकरुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । एकीकृत सुरक्षा योजनाअन्तर्गत पूर्व पश्चिम राजमार्ग र जङ्गली क्षेत्रमा लुटपाटका घटना नियन्त्रण गर्न महोत्तरीको रातुपुलदेखि सर्लाहीको सीमा क्षेत्रमा पर्ने बाँके नदीसम्म सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ । महोत्तरीको राजमार्गमा […]


फूलपातीःनवपत्र र नवदेवी पूजा

काठमाडौँ, ३ कात्तिक । आश्विन शुक्ल सप्तमीका अवसरमा मङ्गलबार देशभरका शक्तिपीठमा फूलपाती भित्र्याइँदै छ । दसैँको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवम् दशमी तिथिको विशेष महत्व हुने शास्त्रीय मान्यतानुसार फूलपातीको आफ्नै विशिष्ट महत्व रहेको र दसैँका लागि पूजा सामग्री स्वरूप फूलपाती भित्र्याउने कार्य गरिने नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी […]


प्रमद्वारा कात्तिक मसान्तसम्म विकासको नयाँ कार्ययोजना पेस गर्न सचिवहरुलाई निर्देशन

काठमाडौँ, २ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान जारी भएपछि नयाँ ढङ्गले देशको विकास गर्न नयाँ कार्ययोजना बनाउन सचिवहरुलाई निर्देशन दिनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज प्रधानमन्त्रीद्वारा सचिव, सहसचिव तथा विशिष्ट श्रेणीका अधिकृतलाई निर्देशन दिने क्रममा उहाँले देश विकासको नयाँ कार्ययोजना कात्तिक मसान्तसम्म तयार गरेर पेस गर्न निर्देशन दिनुभएको हो । कर्मचारीले नयाँ […]


थोराङ पासमा आवास गृह बनेपछि पर्यटकलाई सुविधा

मुस्ताङ, १ कात्तिक । राउण्ड अन्नपूर्ण पदमार्गअन्र्तगत थोराङ पासमा अस्थायी सेल्टर (आवास गृह) निर्माण भएपछि पर्यटकलाई सहज भएको छ । जिल्ला विकास समिति मुस्ताङ र पर्यटन बोर्डको ४० लाख रुपैयाँको लगानीमा गत असार महिनामा सेल्टर निर्माण गरिएको हो । एक्काइस दिन लाग्ने पदमार्गको पदयात्रामा आउने अधिकाँश पदयात्रीहरु समुद्री सतहदेखि पाँच हजार चार सय मिटर उचाईमा […]


दसैँका लागि घर फर्कने बढे; महोत्तरीमा भूत मेला सुरु

भीमदत्तनगर, १ कात्तिक । दसैँ तिहारलगायत पर्व मनाउन भारतका विभिन्न सहरमा रोजगारीका लागि गएका नेपाली फर्किने क्रम बढेको छ । घटस्थापनाभन्दा करिब एक साताअघिदेखि पश्चिमी नाका गड्डाचौकी भएर स्वदेश फर्किने क्रम सुरु भएको थियो । अहिलेसम्म करिब २० हजारभन्दा बढी नेपाली चाडपर्व मनाउन गड्डाचौकी नाका भएर स्वदेश फर्किसकेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । […]


कर्तव्यप्रति समर्पित रहन नेपाल प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, ३० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले देश, जनता र मानव जातिप्रति समर्पित, कानुनद्वारा निर्देशित, कर्तव्यबाट अभिप्रेरित सङ्गठनको रुपमा नेपाल प्रहरी रहेको बताउनुभएको छ । साठीऔँ प्रहरी दिवसको अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा उहाँले राजनीतिक हस्तक्षेपबाट मुक्त, कर्तव्य र कानुनका उद्देश्यद्वारा निर्देशित र सञ्चालित सङ्गठनको रुपमा थप सुदृढ र विस्तार गर्न नेपाल […]


चारसय एक्काइस जनालाई अपाङ्ग परिचय पत्र वितरण

इलाम, ३० असोज । महिला बालबालिका कार्यालय, इलामले गत आव २०७१÷७२ मा ४२१ जनालाई अपाङ्ग परिचय पत्र वितरण गरेको छ । कार्यालयले पूर्णअशक्त २१ महिला र ३१ पुरूषलाई रातो कार्ड, अतिअशक्त ५० महिला र ८५ पुरूषलाई नीलो कार्ड, मध्यम अपाङ्ग ५१ महिला र ७७ पुरूषलाई पहँेलो कार्ड र सामान्य अपाङ्ग ५२ महिला र ३४ पुरूषलाई […]


बैतडीमा छ सय ७६ घरेलु उद्योग दर्ता

बैतडी, ३० असोज । आव २०७१÷०७२ मा बैतडीमा ६७६ घरेलु तथा साना उद्योग दर्र्ता भएका छन् । ती उद्योगमा कृषिजन्य उद्योग बढी रहेको घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय बैतडीका प्रमुख उद्योग अधिकृत नारायण न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा होजीयारी, छालाजुत्ता, तरकारी, कुखुरापालन, मौरीपालन, पशुपालनका साथै हातेकागज, साबुन बनाउनेलगायतका स्थानीय स्रोत […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter