एक्सक्लुसिभ समाचार

सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहीन, शुक्रबार १० बजे अर्को बैठक

काठमाडौं, फागुन ५ गते । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरशन (एमसीसी) संसदमा प्रस्तुत गर्ने विषयमा छलफल गर्न बालुवाटरमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ । बैठकको निर्णयबारे भने कुनै जानकारी आएको छैन । बैठकको निर्णयबारे जानकारी दिदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भन्नुभयाे, आजको धेरै गम्भीर विषयमा गम्भीर रुपमा छलफल भयो , संसद सुचारु कसरी […]


स्थानीय तह निर्वाचनका लागि बिहीबारदेखि दल दर्ता; करिब एक लाख म्यादी आवश्यक पर्ने

काठमाडौं, फागुन ४ गते । निर्वाचन आयोगले बिहीबारदेखि दल दर्ताका लागि आह्वान गरेको छ । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि बिहीबारदेखि फागुन १५ सम्म दल दर्ता गर्न सकिने आयोगले जनाएको छ । आयोगमा १ सय ६ वटा दल दर्ता भएका छन् । आयोगले स्थानीय तह निर्वाचनका लागि संविधानको धारा २७१ बमोजिम […]


गौतमबुद्ध विमानस्थलमा शुक्रबारबाट ‘क्यालिब्रेसन फ्लाइट’ हुने

काठमाडौं, फागुन ३ गते । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यही फागुन ६ गतेदेखि १५ गतेसम्म यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाईट) हुने भएको छ । राष्टिय गौरबको आयोजनाका रुपमा रहेको उक्त विमानस्थलमा १० दिनसम्म सो उडान सञ्चालन हुन लागेको हो । प्राधिकरणले आज सार्वजनिक सूचना प्रकाशित गरी ‘क्यालिब्रेसन फ्लाइट’ हुन लागेको जानकारी दिएको हो । […]


सर्वोच्चको काम कसरी अगाडि बढाउनेबारे सुझाव संकलन

काठमाडौं, फागुन २ गते । सर्वोच्च अदालतमा आज बसेको अनौपचिरिक छलफल सकिएको छ । सर्वोच्चका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सोमबार दिउँसो बोलाउनुभएको अनौपचारिक छलफल सकिएको न्यायाधीश हरिकृष्ण कार्कीले जानकारी दिनुभयो । छलफलमा सर्वोच्चको अहिलेको परिस्थिति परिवर्तनबारे छलफल भएको न्यायाधीश कार्कीले बताउनुभयो । अनौपचारिक छलफलमा परिवर्तित परिस्थितिमा सर्वोच्चको कामहरुलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल […]


कामु प्रन्यामा वरिष्ठतम न्यायाधीश कार्की; महाभियोगसँगै प्रधानन्यायाधीश स्वतः निलम्बित

काठमाडौँ, फागुन १ गते । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध सङ्घीय संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएपछि वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की कामु प्रधानन्यायाधीश हुनुभएको छ । सत्तारूढ दलका सांसदहरूले उक्त प्रस्ताव आज बिहान सिंहदरबारस्थित सचिवालयमा दर्ता भएपछि उहाँ स्वतः कायममुकायम प्रधानन्यायाधीश हुनुभएको हो । महाभियोग प्रस्तावको प्रस्तावकका नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङ, नेपाली काँग्रेसका डा. पुष्पा […]


करीब २९ प्रतिशत घरपरिवार स्वास्थ्य बीमामा जोडिए, ज्येष्ठ नागरिक धेरै

सिर्जना खत्री / काठमाडौं, माघ २९ गते । सरकारले तोकेको लक्षित समूहमा पर्ने १२ लाखभन्दा बढी मानिस स्वास्थ्य बीमामा आबद्ध गराएको छ । स्वास्थ्य बीमा बोर्डका सूचना अधिकृत सोभित रिजालका अनुसार बोर्डले पाँच वर्षमा १२ लाख ८४ हजार ५४२ जना लक्षित जनसंख्यालाई निशुल्क स्वास्थ्य बीमा प्रदान गरेको छ । रिजालका अनुसार सरकारले तोकेका लक्षित जनसंख्यामा […]


सुन्तला बेचेर समृद्ध बन्दै बासखर्कका किसान

ठाकुरप्रसाद आचार्य / म्याग्दी, माघ २८ गते । पर्वतको जलजला गाउँपालिका १ बासखर्कका भुवन पाइजाले वार्षिक १५ लाख रुपियाँ बराबरको सुन्तला विक्री गर्नुहुन्छ । विगत १५ वर्षदेखि उहाँले व्यवसायिक रुपमा सुन्तला खेती गर्दै आउनुभएको छ । ३० रोपनी जमिनमा एक हजार बोट सुन्तलाका विरुवा उहाँको फर्ममा छन् । पाइजाले मात्र होइन बासखर्कका दुई सय १० […]


तीन सय ७३ जनालाई जग्गाधनी प्रमाणपत्र वितरण

धर्बेन्द्र झा / जनकपुरधाम, माघ २७ गते । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले धनुषाको जनकपुरधाम उपमहानगरपालिका १९ बेङ्गा शिवपुरमा लामो समयदेखि जग्गाको भोगचलन गर्दैआएका ३७३ जनालाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गर्नुभएको छ । वडा कार्यालयमा बिहिबार आयोजित एक कार्यक्रमबीच जग्गाधनी प्रमाणपत्र वितरण गर्दै मन्त्री श्रेष्ठले आफु मन्त्री भएपश्चात पुर्जा वितरणको कामलाई प्राथमिकतामा […]


विद्युतीय मतदानबारे अध्ययन गर्न निर्वाचन आयोगले बनायो कार्यदल

काठमाडौं, माघ २६ गते। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा विद्युतीय मतदान प्रयोग गर्ने विषय अध्ययन गर्न कार्यदल गठन गरेको छ। बुधबार निर्वाचन आयोगले नेपाल सरकारका उच्चपदस्थ प्राविधिकसँग छलफल गरेर कार्यदल बनाएको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार विद्युतीय मतदानको विषयमा अध्ययन गर्न सूचना प्रविधि मन्त्रालयको सहसचिवको संयोजकत्वमा कार्यदल गठन भएको हो। एक साताको समय […]


पेट्राेलियम इन्धनको विकल्पमा विद्युतको प्रयोग बढाइँदै

छेटु शेर्पा / काठमाडौं, माघ २५ गते । उपभोगनै गर्न नसक्ने गरी पेट्रोल, डिजल र एलपी ग्याँसको मूल्य अकाशिएसँगै उपभोक्ताहरुले यसको विकल्प खोज्न थालेका छन् । विदेशी मुलुकबाट आयात गरिएको इन्धनको मूल्य पटकपटक बृद्धिसँगै जीवन गुजारा गर्न धौधौ हुन थालेपछि विकल्पको रुपमा उपभोक्ताहरुले विद्युतीय सामग्री प्रयोग गर्न थालेका छन् । केही समयअघिसम्म चुल्होमा ग्याँस नै […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter