
अमरराज नहर्की / तनहुँ, पुस ३ गते । पहाडकी रानी उपनामले प्रख्याती कमाएको पर्यटकीय नगरी तनहुँको बन्दीपुरमा व्यक्तिगत लगानीमा फन पार्क निर्माण गरिएको छ । पर्यटन व्यवसायी कमल पौडेल र राजिव श्रेष्ठले संयुक्त रुपमा लगानी गरेर फनपार्क निर्माण गर्नुभएको हो । बन्दीपुरमा पर्यटकका लागि थप आकर्षक गन्तव्य बनाउन फनपार्क बनाई शुक्रबारबाट सञ्चालनमा ल्याइएको व्यवसायीले बताएका […]

धीरेन्द्रप्रसाद साह / जनकपुर, पुस २ गते । तराईतिर गोबर भन्ने बित्तिकै सबैथोक नास भएको आम बुझाई छ । तर यसै गोबरमा मिथिलाको कला झल्किने गरिएको छ । गाईबस्तुको गोबर विभिन्न प्रयोजनमा प्रयोग भइरहे तापनि गोबरमा मिथिलाको कला र संस्कृति लुकेको कुरा कमैलाई थाहा छ । गाईबस्तुको गोबर संकलन गरेर खाना पकाउन बनाइने गुइँठामा हातको […]

सिमकोट, पुस १ गते । उच्च हिमाली जिल्ला हुम्लामा चिसो अत्यधिक बढ्न थालेपछि यहाँका नागरिक चिसो छल्न तराई झर्न थालेका छन् । हुम्लामा मङ्सिर दोस्रो हप्तादेखि हिमपात भएपछि चिसो अत्यधिक बढेको छ । तापक्रम माइनसमा पुगेपछि यहाँका नागरिक नेपालगञ्ज, सुर्खेत, काठमाडौँलगायत शहरमा जाडो छल्न पुग्ने गर्दछन् । जिल्लामा अत्यधिक चिसो बढेपछि यहाँका नागरिक जिल्ला बाहिरिने […]

केदार तिमल्सिना / बनेपा, मङ्सिर २९ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्रप्रसाद पौडेलले विश्वविद्यालय समाजलाई सभ्यता, संस्कार, संस्कृति र ज्ञान सम्प्रेषण गर्ने केन्द्र रहेको बताउनुभएको छ । धुलिखेलमा काठमाडौँ विश्वविद्यालय (केयू) को २७ औँ दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभयो । विश्वविद्यालयका सहकुलपति समेत रहनुभएका मन्त्री पौडेलले भन्नुभयो, “विश्वविद्यालय शिक्षा […]

काठमाडौं, मङ्सिर २८ गते । तीन वर्ष पहिले नै प्रारम्भिक अध्ययन सकिएको काठमाडौं–रक्साैल रेलमार्गको विस्तृत अध्ययन अघि बढेको छ । डेढमहिना पहिले सरकार र भारतीय सरकारबीच सम्झौता भएपछि अहिले विस्तृत परियोजना प्रतिवेदन अघि बढेको रेल विभागले जनाएको छ । सङ्घीय राजधानी काठमाडौंलाई भारतको रक्साैलसँग जोड्ने सो रेलमार्गका अध्ययनमा भारत सरकारको नै लगानी छ । अक्टोबर […]

काठमाडौं, मङ्सिर २७ गते । यहाँ वैदेशिक रोजगारीको सिलसिलामा विदेश जाने युवाको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ । वैदेशिक रोजगारीमा विभिन्न देश जानका लागि यहाँबाट पछिल्लो चार महिनाको अवधिमा एक हजार ७९२ जनाले श्रम स्वीकृति लिएका छन् । सुरक्षित आप्रवासन परियोजना सामीका अनुसार गत साउनदेखि कातिकसम्मको तथ्याङ्क हेर्दा जिल्लाबाट वैदेशिक रोजगारीमा विभिन्न देश जानलाई १०७ […]

कर्णाली, मङ्सिर २६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा स्थापना हुनाले कर्णालीको नयाँ इतिहास निर्माण भएको बताउनुभएको छ । कर्णाली प्रदेशको बहुप्रतिक्षित एमबीबीएस लगायत शैक्षिक कार्यक्रमको औपचारिक शुभारम्भ गर्न आज जुम्ला पुग्नुभएका राष्ट्रपति भण्डारीले सम्बोधनमा क्रममा अब प्रतिष्ठानमा प्रगतिका नयाँ अध्यायहरु थपिँदै जाने बताउनुभयो । “हाम्रो मुलुकमा कर्णालीको विशिष्ट पहिचान छ”, […]

काठमाडौँ, मङ्सिर २४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले ७३औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा शुभकामना सन्देश दिँदै लोकतान्त्रिक शासन व्यवस्थाको आधारस्तम्भका रूपमा रहेका मानवअधिकारका विश्वव्यापी अवधारणालाई गहिरोसँग आत्मसात् गर्दै तिनको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिन आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज दिनुभएको सन्देशमा नेपालको संविधानद्वारा प्रत्याभूत गरिएका मौलिक अधिकारका प्रावधानले मानवअधिकारको दायरालाई फराकिलो बनाएको र […]

काठमाडौं, मङ्सिर २३ गते । ट्राफिक प्रहरीले ट्राफिक जरिवनामा परेका चालकलाई जरिवना तिरेर तत्काल कागजपत्र लिन पाइने व्यवस्था गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखामा आज आयोजित कार्यक्रममा ‘पे फाइन अन द स्पोर्ट, इन्स्ट्यान्ट पेमेन्ट सिस्टम’ को महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले शुभारम्भ गर्नुभयो । सो अवसरमा उहाँले ट्राफिक सेवा आधुनिक तथा प्रविधियुक्त […]

इलाम, मङ्सिर २२ गते । पछिल्लो समय किवी फलबाट राम्रो आम्दानी हुनथालेपछि पूर्वी पहाडका किसानले किवी खेतीलाई निकै महìव दिन थालेका छन् । इलाम, पाँचथर, ताप्लेजुङ, भोजपुर, ओखलढुङ्गालगायतका पहाडी जिल्लाको हावापानीमा उपयुक्त देखिएको किवीबाट बर्सेनि राम्रो आम्दानी हुन थालेको किसानहरू बताउँछन् । गत वर्ष राम्रो उत्पादन भएको किवीलाई यो वर्ष असिनाले केही क्षति पु-याए पनि […]