एक्सक्लुसिभ समाचार

नेकपा एकीकरणले मान्यता पाएन

काठमाडौं, फागुन २३ गते । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद सम्बन्धमा आज गरेको फैसलाबाट तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्सवादी लेनिनबादी) र नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) को साविकै पार्टीमा कायम गरेको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवादमा ऋषिराम कट्टेल अध्यक्ष रहेको नेकपाको मागको पक्षमा गरेको फैसलामा दुबै पार्टी […]


सुन्दरीजलमा झ-यो मेलम्चीको पानी, जनताको सपना पूरा : प्रम

मुकुन्द गैरे / काठमाडौं, फागुन २२ गते । मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजलमा आज आईपुगको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोको अवलोकन गर्नु भएको छ । अवलोकन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाली जनताको लामो समय देखिको सपना पूरा भएको बताउनुभयो ।मेलम्चीको पानी सुनदरीजल झारेर बागमतीमा बगाउन सफल भएको भन्दै उहाँले अबको केहि समयमै काठमाडौं […]


नेकपा विप्लब समूह माथिको प्रतिबन्ध फुकुवा, तीन बुँदे सहमति अनुमोदन

काठमाडौं, फागुन २० गते । सरकारले नेपाल कम्युनिष्ट पार्टी (बिप्लब समूह) माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहिबार साँझ बसेको मन्त्रिपरिषद बैठकले प्रतिबन्ध फुकुवा गरेको हो । बिप्लब समूहले हिंसात्मक गतिविधि गरेपछि तत्कालिन सरकारले २०७५ फागुन २८ गतेदेखि सो समूहमाथि प्रतिबन्ध लगाएको थियो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री […]


काठमाडौँ उपत्यकामा चुनौतीपूर्ण बन्दै फोहरपानी व्यवस्थापन

सञ्चिता घिमिरे / काठमाडौँ, फागुन १९ गते । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आएपछि फोहरपानी व्यवस्थापन गर्न अझै चुनौतीपूर्ण हुने देखिएको छ । उपत्यकामा अहिले पनि फोहरपानी व्यवस्थापनमा समस्या आउने गरेकामा मेलम्चीको पानी आएपछि समस्या अझै बढ्ने देखिएको छ । बर्सेनि वर्षाको समयमा आकाशे पानी र धारामा आउने पानी गरी ठूलो परिमाणमा पानी हुँदा व्यवस्थापन गर्न […]


च्याउको बीउ बेचेर लखपति !

जनार्जन खत्री / सर्लाही, फागुन १८ गते । सर्लाहीको बागमती नगरपालिका–१०, शङ्करपुरका ध्रुवप्रसाद चौलागाईंले च्याउको बीउ बिक्री गरेर मनग्य आम्दानी गरिरहनुभएको छ । तीन वर्षदेखि व्यवसायिक रुपमा च्याउ खेती गर्दै आउनुभएका उहाँले गत वर्षदेखि बीउ उत्पादन गरेर बेच्न थाल्नुभएको हो । आफूले अहिले दैनिक २५० ग्रामको एक हजार प्याकेट बीउ उत्पादन गरिरहेको चौलागाईंले बताउनुभयो । […]


संवैधानिक रुपमै प्रधानमन्त्रीले राजीनामा दिन मिल्दैन :मन्त्री गुरुङ

काठमाडौँ, फागुन १८ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक रुपमा राजीनामा दिन नमिल्ने बताउनुभएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका उहाँले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले नै संवैधानिक रुपमा राजीनामा दिन नमिल्ने उल्लेख गरेको बताउनुभयो । “सर्वोच्च अदालतको […]


फेवातालको क्षेत्रफल ५ दशमलव ७२६ वर्ग किलोमिटर कायम

तारा चापागाई / कास्की, फागुन १६ गते । पर्यटकीय आकर्षणको केन्द्र पोखरास्थित फेवातालको क्षेत्रफल ५ दशमलव ७२६ वर्ग किलोमिटर अर्थात ११ हजार २५५ रोपनी ११ आना १ पैसा कायम भएको छ । गण्डकी प्रदेश सरकारकै निरन्तरको अग्रसरता र प्रयासपछि तालको चारकिल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कनका लागि गठित समितिको प्रतिवेदन आईतवार सार्वजनिक गदै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले […]


विकासशील मुलुकमा स्तरोन्नतिका लागि नेपालकाे नाम सिफारिस

काठमाडौं, फागुन १५ गते । संयुक्त राष्ट्र संघको विकास नीतिसम्बन्धी समितिबाट नेपाल विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिसमा परेको छ । हिजो बसेको सो समितिको बैठकले अति कमविकसित देशको सूचीबाट नेपालका स्तरोन्नतिका लागि सन् २०२६ सम्म तोकिएका मापदण्ड पूरा गर्नुपर्ने सुविधासमेत दिइएको छ । पछिल्लो समय सन् २०१५ मा नै नेपाललाई यस्तो सुविधा प्राप्त भए पनि […]


२३ फागुनमा संसद अधिवेशन बोलाउन सिफारिस

काठमाडौं , फागुन १४ गते । सरकारले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै संसद अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो । अब सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्नुपर्नेछ । ११ फागुनमा सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय […]


चार दिनमा पानीले तीन किलेमिटर दुरी पार गर्यो

काठमाडौँ, फागुन १३ गते । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित महाँकालको मेलम्ची खानेपानीको परीक्षणका क्रममा सुरुङभित्रको ढोका बन्द गरिएको छ । यही फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६।५ किमी लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो । सुन्दरीजल सो सुरुङको अन्तिम बिन्दु हो । मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङभित्रको ढोका बन्द गरी आउन सक्ने […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter