
कञ्चनपुर, माघ ८ गते । शुक्लाफाँटा नगरपालिकामा एक वर्षको अवधिमै एक करोड मूल्य बराबरका माछा उत्पादन भएका छन् । कृत्रिम र प्राकृतिक पोखरीमा गरी झण्डै ५०० क्विण्टल माछा उत्पादन भएको छ । नगरपालिकाको पशु विकास शाखाले सङ्कलन गरेको तथ्याङ्कअनुसार १३१ पोखरी र पाँच प्राकृतिक तालमा माछापालन हुने गरेको छ । पाँच सय आठ कट्ठा क्षेत्रफलमा […]

काठमाडौं, माघ ७ गते । अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको अर्थतन्त्र सुदृढ, सरल र स्थायी मार्गमा अघि बढिरहेको बताउनुभएको छ । कृषि विकास बैंक लिमिटेडको ५३औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालको अर्थतन्त्र गौरव गर्न लायक राम्रो बाटोमा रहेको छ भन्नुभयो । मुलुकको आर्थिक वृद्धि ६ देखि ८ प्रतिशतको बीचमा हुने […]

पूर्णप्रसाद मिश्र / काठमाडौँ, माघ ६ गते । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पहिलो किस्ताको अनुदान लिएर हालसम्म पनि बनाउन शुरु नभएका घरका विषयमा अध्ययन गर्न प्रभावित जिल्लाका स्थानीय तहमा सामाजिक परिचालक खटाउने भएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले आज विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा आयोजना गरेको भूकम्पपछिको पुनःनिर्माण पुनःस्थापनामा सदाचार विषयक सार्वजनिक सुनुवाइ […]

रमेश लम्साल / काठमाडौँ, माघ ५ गते । पूर्वको मोतीका रुपमा परिचित तमोर जलाशयुक्त आयोजना अगाडि बढाउने विषयमा लगानी बोर्ड नेपाल र चिनियाँ कम्पनी पावर चाइनाबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ । लगानी बोर्डको कार्यालयमा आज भएको समझदारीपत्रमा बोर्डका तर्फबाट प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी तथा हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड कम्पनीका प्रमुख […]

हेटौँडा, माघ ४ गते । राप्रपाका अध्यक्ष कमल थापाले अमेरिकन सरकारसँग तत्कालीन नेपाल सरकारले राष्ट्रिय सहमतिका आधारमा एमसिसी सम्झौता गरिएको बताएका छन् । राप्रपा निकट ट्रेड युनियन महासङ्घ नेपालद्वारा आज हेटौँडामा आयोजित वाग्मती प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले भने, “त्यो सम्झौता सामरिक हतियारको ओसारपसार र सैन्य गुटमा विभाजित हुनका लागि गरिएको छैन् […]

काठमाडौँ, माघ ३ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्षको विश्वभर प्रभाव परेको र यसले थप उत्साह तथा हौसला बढाएको बताउनुभएको छ । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा)को ५३औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले स्वदेशसहित विश्वभर एकसाथ भ्रमण वर्षको उद्घाटनले नेपालको पर्यटनलाई विश्व बजारमा प्रवद्र्धन […]

काठमाडौँ, माघ २ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० को विषयलाई राजनीतिक विषयसँग जोड्न आवश्यक नरहेको बताउनुभएको छ । नेपाल सरकारका प्रवक्ता बाँस्कोटाले एमसीसीको सुरुवाती अवस्थादेखिको तथ्यले यसमा सबै राजनीतिक दल र नेताहरुको सहमति रहेको स्पष्ट पार्नुभयो । नेपाल सरकारका निर्णयहरु सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा […]

सञ्चिता घिमिरे / काठमाडौँ, माघ १ गते । भूकम्प गएको चार वर्ष नाघिसक्दा पनि पाटनका रमेश महर्जन अहिले पनि चर्किएकै घरमा बस्नुहुन्छ । भूकम्पको चार वर्ष पछि पनि उहाँको घर उस्तै छ । भूकम्प लगत्तै पुगेको इञ्जिनीयरको टोलीले गम्भीर क्षति भनी पुनःनिर्माणका लागि लाभग्राही सूचीमा उहाँको परिवारलाई राखेकै थियो । घर निर्माणका लागि पहिलो किस्ता […]

जुम्ला, पुस २९ गते । जुम्लाको पातारासी गाउँपालिकाले उच्चशिक्षा छात्रवृत्ति कार्यक्रमअन्तर्गत एमबिबिएस स्तरको डाक्टर पढाउने भएको छ । जुम्लाका आठ वटा स्थानीय तहमध्ये पातारासी गाउँपालिकाले यस्तो उदाहरणीय कामको योजना तर्जुमा गरेको हो । त्यसैगरी बिडिएस, बिएस्सी नर्सिङ, बिएस्सी फरेस्ट्री, कृषिलगायत स्नातक तहका प्राविधिक धारतर्फको अध्ययनका लागि उच्चशिक्षा छात्रवृत्ति कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले बताए […]

काठमाडौँ, पुस २८ गते । शहरी विकास मन्त्रालयले काठमाडौँको धोबीखोला किनारमा रहेको खाली जग्गामा ज्येष्ठ नागरिकलाई लक्षित गरेर ‘बाजेबज्यै पार्क’ निर्माण गर्ने भएको छ । सो मन्त्रालयकोसमेत कार्यभार सम्हानुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज पदबहाली गर्दै चालू आवभित्रै पार्क निर्माणको प्रक्रिया अघि बढाउनेसम्बन्धी फाइल स्वीकृत गर्नुभयो । नेपालमा यसप्रकारको पार्क पहिलो पटक बन्न […]