काठमाडौं, कात्तिक १५ गते । माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनाका लागि ५० अर्ब बराबरको वैदेशिक लगानीको सम्झौतामा शुक्रबार काठमाडौंमा हस्ताक्षर भएको छ । रसुवामा निर्माण हुने २१६ मेगावाटको जलविद्युत आयोजनामा भएको यो लगानी नेपालको हालसम्मकै यो ठूलो वैदेशिक लगानी हो । नेपाल वाटर तथा इनर्जी डेभलपमेन्ट कम्पनी प्रवद्र्वक रहेको आयोजनामा नौवटा अन्तराष्र्टिय वित्तीय संस्थाले लगानी […]
काठमाडौँ, कात्तिक १४ गते । एशियाली विकास बैंक (एडिबी)ले पोखरा–मुग्लिन राजमार्गलाई चार लेनमा विस्तार गर्न रु १९ करोड ५० लाख ऋण सहायता उपलब्ध गराउने भएको छ । विद्यमान दुई लेनको उक्त राजमार्गलाई चार लेनमा रुपान्तरण गर्न सरकारले रु पाँच अर्ब ९० करोड लगानी गर्नेछ । एडिबीको प्रधान कार्यालय मनिलाबाट भर्खरै जारी प्रेस विज्ञप्तिअनुसार नेपालको आर्थिक […]
काठमाडौं । कार्तिक १३ : मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि बिहीबारदेखि शुरू हुँदैछ । मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी)को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ । […]
राष्ट्रपतिले लगाइदिइन् आफ्ना भाइलाई सप्तरङ्गी टीका राष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीकाका अवसरमा आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना जेठा भाइ तेजेन्द्र पाण्डे र कान्छा भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिएकी छन् । चपलीहाइटस्थित निवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले भाइद्वय पाण्डेलाई टीका लगाएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । राष्ट्रपति भण्डारीले […]
काठमाडौँ, कात्तिक ११ गते । यही कात्तिक १८ गतेदेखि २१ गतेसम्म काठमाडौँमा ‘पोषणसम्बन्धी सेवाहरुको विस्तारका लागि विश्व सम्मेलन’ आयोजना हुने भएको छ । उक्त सम्मेलनमा नेपालले पोषणका क्षेत्रमा प्राप्त सफलता र आगामी कार्यक्रमका बारेमा विश्वलाई जानकारी दिनेछ । सो पाँचौँ विश्व सम्मेलन दक्षिण एशियामा पहिलो पटक नेपालमा आयोजना हुन लागेको हो । नेपालले पछिल्लो समय […]
काठमाडौँ, कात्तिक १० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले साना र ठूला राष्ट्रबीचको सहअस्तित्व र सार्वभौम स्वतन्त्रता नै असंलग्न आन्दोलन(नाम)को अभिष्ट रहेकाले नेपालले यसमा आफ्नो भूमिका बढाउँदै लाने बताउनुभएको छ । अजरबैजानको बाकुमा सम्पन्न नामको १८औंँ शिखर सम्मेलनमा नेपाली प्रमण्डलको नेतृत्व गरी आज स्वदेश फर्केपछि प्रधानमन्त्री ओलीले नामका सदस्य रहेका कतिपय राष्ट्रबीचको आपसी तनावलाई संवादका […]
काठमाडौँ, कात्तिक ९ गते । तीन वर्ष पहिले बत्तीको पर्वको रूपमा रहेको तिहारमा सहजरूपमा विद्युत् उपलब्ध गराउने कुरा कल्पना बाहिरको विषय थियो । नेपाली मान्यताअनुसार लक्ष्मीले उज्यालो मन पराउँछिन् तर बत्तीको जोहो गर्ने नेपाल विद्युत् प्राधिकरणलाई भने कसरी विद्युत् व्यवस्थापन गर्ने भन्ने चिन्ताले सताउँथ्यो । घरायसी उपभोक्ताले साँझको समयमा समेत बत्ती बाल्न नपाएर निराश हुन्थे […]
काठमाडौँ, कात्तिक ८ गते । के तपाईलाई आफूले प्रयोग गरेको सेवाको गुनासो कसरी गर्ने भनेर सोच्दै हुनुहुन्छ ? त्यसो हो भने उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय मन्त्रालयले उपभोक्ताको गुनासो सुन्ने एप सार्वजनिक गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले शुक्रबार एप सार्वजनिक गरेको हो । सो एप प्रयोग गर्ने तपाईले कन्जुमर कम्प्लेन […]
काठमाडौँ, कात्तिक ७ गते । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता जारी गरेको छ । शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता कार्यान्वयनमा आउने आयोगले आज यहाँ विज्ञप्तिमार्फत जनाएको छ । निर्वाचनलाई स्वच्छता, निष्पक्षता र पारदर्शी तथा भयमुक्तरुपमा सम्पन्न गर्न आयोगले आचारसंहिता जारी गरेको हो । मङ्सिर १४ गते सम्पन्न हुने उपनिर्वाचनबाट […]
काठमाडौँ, कात्तिक ६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरु निर्धारित समय अगावै सक्ने गरी काम गर्न सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘एक्सन रुम’ बाट बुधबार सात आयोजनाको प्रत्यक्ष जानकारी लिई अनुगमन गरेपछि प्रधानमन्त्री ओलीले सो निर्देशन दिनुभएको हो । ऊर्जा, जलस्रोत र […]