
रमेश लम्साल /काठमाडौँ, असोज ९ गते । तीन वर्ष पहिले नियमित विद्युत् पाउनु नै नेपालीका लागि ठूलो सपना जस्तै थियो । विद्युत्को माग र आपूर्तिको व्यवस्थापन नहुँदा देशले चर्कोरुपमा विद्युत्भार कटौतीमा पर्नुपरेको थियो । पछिल्ला दिनमा धेरैले असम्भव जस्तै मानेको नियमित विद्युत्को उपलब्धता पछि नेपाल विद्युत् प्राधिकरणले विद्युत् खपतका नयाँनयाँ योजना अगाडि सारेको छ । […]

विश्वास रेग्मी / काठमाडौँ, असोज ८ गते । गत आर्थिक वर्षमा २५ प्रतिशतले घटेको विदेशी लगानी चालू आर्थिक वर्षको सुरुवातमा भने ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको साउन महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार उक्त महिनामा नेपालले एक अर्ब ४४ करोड १० लाख रुपियाँ विदेशी लगानीबापत प्राप्त गरेको छ । अघिल्लो आर्थिक […]

शरच्चन्द्र भण्डारी / न्यूयोर्क,असोज ७ गते । फिनल्याण्ड र युएइले नेपालको सामाजिक–आर्थिक विकासमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभामा भाग लिने सिलसिलामा यहाँ रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग सोमबार फिनल्याण्ड र संयुक्त अरब इमिरेट्स (युएइ)का उच्च अधिकारीबाट भएका बेग्लाबेग्लै भेटवार्तामा त्यस्तो प्रतिबद्धता व्यक्त भएको हो । मन्त्री ज्ञवालीसँग फिनल्याण्डका विकास सहायता तथा […]

काठमाडौँ, असोज ६ गते । बहुप्रतिक्षित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढेको छ । लगानी बोर्डले उक्त विमानस्थल निर्माणका लागि स्विट्जरल्यान्डको ज्युरिच इन्टरनेशनल एयरपोर्ट (एजी) लाई छनौट गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज सिंहदरबारमा भएको लगानी बोर्डको बैठकले प्रस्तावित विभिन्न देशका सात कम्पनीमध्ये मापदण्ड पुगेका आधारमा ज्युरिच एयरपोर्टलाई छनौट गरी […]

काठमाडौँ, असोज ५ गते । सरकारले पहिलो पटक ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतलाई प्रदान गरेको छ । सरकारले राष्ट्रका निम्ति विशिष्ट योगदान पुर्याउने प्रतिभाका लागि प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार र प्रधानमन्त्री राष्ट्रिय प्रतिभा अनुदान सहयोग दिने निर्णय गरी २०७५ साल मङ्सिर १७ गते रु दुई करोड २० लाखको कोष शुरु गर्ने […]

चाँदनी हमाल / काठमाडौँ, असोज ४ गते । भिजिट नेपाल २०२० मा पाहुनालाई आकर्षित गर्न काठमाडौँ उपत्यकालाई कला र सम्पदाले झकिझकाउ बनाउने काम सुरु भएको छ । काठमाडौँ उपत्यका कलात्मक सहर भनेर यसअघि पनि भन्ने गरिन्थ्यो तर बढ्दो सहरीकरण र आधुनिकीकरणले यहाँको कलात्मकता हराउँदै गएको बेला फेरि पुनर्जागृत गर्ने प्रयास सुरु भएको हो । संस्कृति, पर्यटन तथा नागरिक […]

काठमाडौँ, असोज ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका आफ्नै प्रतिनिधिहरुद्वारा लेखिएको मूल कानून–संविधान जारी गरी भएको ऐतिहासिक दिनको सन्दर्भमा सबैप्रति शुभकामना व्यक्त गर्नुभएको छ । पाँचौँ संविधान तथा राष्ट्रिय दिवसका अवसरमा नेपाली सैनिक मञ्च, टुँडिखेलमा आज आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस वर्षदेखि संविधान दिवसलाई सरकारी वा राजकीय दिवस जस्तो होइन, […]

काठमाडौँ, २ असोज । मन्त्रिपरिषदले २८२ जना कैदीहरुको कैद, दण्ड, जरिवाना, बिगो, सर्वस्व र बाँकी कैद र सजाय माफी दिन राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको छ । यस्तै, बैठकले दुई सहसचिवलाई सचिवमा बढुवा र तीन सचिवको सरुवा गरेको छ । बैठकले नेपाली सेनामा चार वर्षका लागि विशेष पद सृजना गरी महासेनानी यमबहादुर अधिकारीलाई सहायक […]

काठमाडौँ, असोज १ गते । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को समग्र व्यवस्थापन सुधारका लागि गठित ‘नेपाल वायु सेवा निगम सुधार सुझाव कार्यादल’ ले आफ्नो प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई बुझाएको छ । पर्यटन मन्त्रालयमा आज पत्रकार सम्मेलन गरी कार्यदलका संयोजक सुशील घिमिरेले निगमको तत्कालीन र दीर्घकालीन सुझावसहितको ५४ […]

मधुसुधन तिमल्सिना / काभ्रे, भदौ ३१ गते । मौसम खराबका कारण काठमाडौं जान नसकेपछि पाँचखाल नगरपालिकामा अवतरण भएका चार हेलिकप्टर साढे नौ घण्टापछि काठमाडौं गएका छन् । मङ्गलबार बिहान ७ बजे पाँचखालमा अवतरण भएका चार हेलिकप्टर दिउँसो ४ः३० बजे मौसममा सुधार भएपछि काठमाडौं गएका हुन् । लुक्लाबाट अलपत्र परेका विदेशी पर्यटक लिएर काठमाडौ उडेका मनाङ्ग […]