
काठमाडौँ, भदौ ३० गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भूमिसम्बन्धी ऐन, २०२१ को आठौँ संशोधन लागू भएपछि भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान हुने बताउनुभएको छ । सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको १२ औँ वार्षिक सामाजिक लेखाजोखाको आज उद्घाटन गर्दै उहाँले अधिकार दिन नचाहनेहरुले ऐनलाई असफल बनाउन चलखेल गरिरहेकाले अधिकारकर्मीहरु चनाखो […]

चितवन, भदौ २९ गते । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा निर्माण भइरहेको रिभर क्रुजसिप (मिनि पानी जहाज)को परीक्षण यात्रा दशैँअघि गरिने राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले जनाएको छ । क्रुजको बाह्य निर्माणकार्य सम्पन्न भई रङरोगन र सजावटको काम शुरु भएको क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र […]

काठमाडौं, भदौ २८ गते । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले चीनका राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका बेला केरुङ–काठमाडौँ सुरुङमार्ग निर्माण गरेर रेलसेवा सञ्चानल गर्ने विषयमा सम्झौता गरिने बताउनुभएको छ । टोखा नगरपालिका–१ झोरमा बाल उद्यानको शिलान्यास गर्दै उहाँले झोरबाटै सुरुङ खोलिने हुँदा यस क्षेत्रको विकासले फड्को मार्ने बताउनुभयो । उहाँले विकास निर्माणका काम समयमा सम्पन्न […]

काठमाडौँ, भदौ २७ गते । सरकारले पर्यटन क्षेत्रको समग्र सुधारका लागि चालेका कदमको प्रतिफल देखापर्न थालेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सार्वजनिक गर्नुभएको मन्त्रालयअन्तर्गतको प्रमुख प्राथमिकताका कार्यक्रमको व्यवहारिक कार्यान्वयन शुरु भएसँगै सुधारका सङ्केत देखिएका हुन् । मन्त्री भट्टराईको प्राथमिकतायुक्त कार्यक्रमअन्तर्गत हवाई उड्डयनका क्षेत्रमा सुधारका काम झल्किन थालेका छन् । कार्ययोजनाअनुरुप मुलुकको […]

काठमाडौ, भदौ २६ गते । नेपाल र मलेसिया सरकारबीच यसअघि भएको द्धिपक्षीय सम्झौता अनुरूप नेपाली श्रमिक मलेसियामा लैजाने गरी विहीबार सहमति भएको छ । मलेसियास्थित कोलाम्बपुरमा तीन दिनसम्म दुई देशका प्राविधिक समितिको बीच लगातार भएको बैठकले सो विषयमा सहमति जुटाउन सफल भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा. रामप्रसाद घिमिरेको नेतृत्वमा […]

काठमाडौँ, भदौ २५ गते । नेपालमा लगानी गर्ने लगानीकर्ताले अन्य मुलुकका तुलनामा राम्रो प्रतिफल लैजाने गरेको तथ्य प्रस्तुत गर्दै सरकारले यहाँ लगानी गरी उचित प्रतिफल पाउने मौका नगुमाउन आग्रह गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसङ्घको संयुक्त आयोजनामा राजधानीमा जारी ‘नेपाल पूर्वाधार सम्मेलन, २०१९’ अन्तर्गतको ‘पूर्वाधार विकास नीति र वित्तीय […]

वीरगञ्ज, भदौ २४ गते । मोतिहारी–अमलेखगञ्ज पाइपलाइन शुरु भएपछि नेपाली जनताको २४ वर्षपछि सपना पूरा भएको छ । दक्षिण एशियाकै पहिलो सीमापारको रूपमा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन आज विधिवतरूपमा सञ्चालनमा आएसँगै २४ वर्षपछिको सपनाले साकार रूप लिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबार तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट संयुक्तरूपमा […]

काठमाडौँ, भदौ २३ गते । नेपाल र चीनबीच आपसी सहयोगका तीनवटा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । काठमाडौँमा आज भएको चीनका विदेशमन्त्री वाङ यी तथा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित उच्चस्तरीय प्रतिनिधिमण्डलको भेटवार्ता लगत्तै तीनवटा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । दुई देशका मन्त्रीको उपस्थितिमा हस्ताक्षर भएको उक्त सम्झौतापत्र एक आपसमा साटासाट गरिएको थियो । मनाङमा चीनको सहयोगमा […]

विराटनगर, भदौ २२ गते । अप्ठ्यारोसँग माउस चलाउँदै एकजना महिला सरसफाई र त्यसको फाइदाको बारेमा कम्प्युटरमा पढ्दै हुनुहुन्थ्यो । चारदिन अघिमात्र जीवनमा पहिलो पटक उहाँको हातले माउस छोएको थियोे । ‘कैंचीले कपडा काटेको त धेरै वर्ष भइसकेको थियो तर कम्प्युटर पनि चलाउन सक्छु भन्ने चैं मैले सोचेको थिइन,’ सुशिला साहले भन्नुभयो ‘यो स्कुलले हामी अभिभावकलाई […]

काठमाडौँ, भदौ २१ गते । मुलुकको सबैभन्दा पुरानो कारागारको रुपमा रहेको केन्द्रीय कारागारमा ‘भिडियो कन्फरेन्स हल’ निर्माण भएको छ । कारागारभित्र रहेका कैदीबन्दीलाई अदालतमा उपस्थित नै नगराई भिडियो कन्फरेन्समार्फत वकीलले वयान लिन पाउने गरी कन्फरेन्स हल निर्माण गरिएको हो । केन्द्रीय कारागारका कारागार प्रमुख लक्ष्मीप्रसाद सापकोटाले भिडियो कन्फरेन्सिङ सेवाको शुरुआतसँगै सम्बन्धित कैदीबन्दीले कारागारभित्रबाटै अदालतमा भिडियोमार्फत […]