एक्सक्लुसिभ समाचार

पन्ध्रौँ योजनाले अन्तिम रुप पाउँदैः प्रतिव्यक्ति आय १२ हजार ५०० डलर पु¥याइने

काठमाडौँ, चैत १९ गते । समाजवादोन्मुख राष्ट्रिय अर्थतन्त्रको दीर्घकालीन सोचसहित राष्ट्रिय योजना आयोगले तयार गरेको १५औँ योजनाको मस्यौदा–आधारपत्रलाई अन्तिम रुप दिन यही चैत २० र २१ गते बैठक बस्दैछ । सरकारको ¬‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्यलाई सार्थक बनाउन आयोगले आगामी २५ वर्षे दीर्घकालीन सोचसहित तयार गरेको पञ्चवर्षीय योजना आर्थिक वर्ष २०७६÷७७ देखि २०८०÷८१ […]


प्रम हुरीबतास प्रभावित क्षेत्रमा – राहत तथा उद्धारमा समस्या हुन नदिन निर्देशन; तिमृतक परिवारलाई रु ३ लाख राहत

काठमाडौँ, चैत १८ गते । । प्रधानमन्त्री केपी शर्मा ओली हुरीबतास प्रभावित क्षेत्रको निरीक्षणका क्रममा आज बारा पुग्नुभएको छ । झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री आज अपराह्न बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा भद्रपुरबाट सिमरा विमानस्थल हुँदै जानुभएको हो । निरीक्षणका क्रममा प्रधानमन्त्री ओलीले राहत र उद्धारमा कुनै समस्या हुन नदिन निर्देशन दिनुभएको प्रधानमन्त्री […]


लगानी सम्मेलन उत्साह र उपलब्धिपूर्ण रह्यो – प्रम; गिरिजाप्रसाद पुरस्कार श्रेष्ठ तथा मदन भण्डारी पुरस्कार घिमिरे र जोशीलाई

काठमाडौँ, चैत १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक न्यायसहित नवनेपाल निर्माणमा सरकारले आफ्नो सबै ध्यान केन्द्रित गरेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालको २१ आँै वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमको शुभारम्भ गर्दै उहाँले आर्थिक समृद्धिमार्फत गरीबी, र पछौटेपनको अन्त्य तथा पूर्वाधार विकासमा जोड दिइएको बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो “देशको पूर्वाधार विकास […]


लगानी सम्मेलनमा १५ वटा समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ — लगानी सम्मेलनको दोस्रो दिन शनिबार विभिन्न क्षेत्रमा लगानीको लागि १५ वटा समझदारी पत्रमा हस्ताक्षर भएका छन् । ऊर्जासहित विभिन्न क्षेत्रमा लगानीका लागि समझदारी भएको हो । शनिबार चौधरी ग्रुपले मात्रै सोलार प्लान स्थापना, फाइभी विस्तार र जलविद्युत आयोजनाको लागि फरक फरक निकायसँग तीन वटा सम्झौता गरेको छ। शनिबारै माथिल्लो त्रिशूली आयोजनामा कोरियाली कम्पनीले […]


तीव्र गतिमा बहुआयामिक विकास गर्नुको विकल्प छैन : प्रधानमन्त्री

काठमाडौँ, चैत १४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार राजनीतिक अधिकार प्राप्तिका प्रयासलाई संस्थागत गरेर सुशासन र विकासमा केन्द्रीत भएको बताउनुभएको छ । आर्थिक उन्नतिका लागि लामो समय पर्खन नसकिने स्पष्ट पार्दै उहाँले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्न तीव्र गतिमा बहुआयामिक विकास गर्नुको कुनै विकल्प नभएको बताउनुभयो । उद्योग […]


नेपाल लगानीका लागि उपयुक्त थलो : अर्थमन्त्री

काठमाडौँ, चैत १३ गते । सरकारले लगानी सम्मेलनलाई एउटा उत्सवका रूपमा सम्पन्न गर्दै नेपाल लगानीका लागि उपयुक्त थलो हो भन्ने तथ्य स्थापित गर्ने भएको छ । अर्थमन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्यलाई पहिल्याउन सम्मेलन महत्वपूर्ण अवसरका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो । सम्मेलन यही चैत १५ […]


एम्बुलेन्स आएपछि गोरु गाडामा बिरामी बोक्नुपर्ने बाध्यता अन्त्य

कञ्चनपुर, चैैत १२ गते । कञ्चनपुरको लालझाडी गाउँपालिकामा रहेको शङ्करपुर स्वास्थ्य चौकीले एम्बुलेन्स सेवा सञ्चालन गरेपछि गोरु गाडामा बिरामी बोक्नुपर्ने बाध्यताको अन्त्य भएको छ । सडकको बिग्रँदो अवस्थाका कारण यातायातका साधन सञ्चालन नहुँदा बिरामी र गर्भवती महिलालाई गोरु गाडामा राखेर शङ्करपुरका बासिन्दाले स्वास्थ्य चौकी पु¥याउने कार्य गर्दै आएका थिए । सडकको स्तरोन्नतिसँगै एम्बुलेन्स सेवा सञ्चालन […]


लगानी सम्मेलन अन्तिम चरणमा: ६४ करोडदेखि साढे तीन खर्बका ६६ परियोजना

काठमाडौँ, चैत ११ गते । समृद्ध नेपाल, सुखी नेपालीको सङ्कल्प अगाडि सारेको सरकारले आयोजना गरेको लगानी सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । ठूला आयोजनामा विदेशी लगानी भित्र्याउने र समृद्ध राष्ट्र निर्माणको आधारशिला तयार पार्ने लक्ष्यका साथ सरकारले सो सम्मेलन आयोजना गरेको हो । सम्मेलन यही चैत १५ र १६ गते हुने भएको छ […]


सरकारको ध्यान विकास निर्माणमा केन्द्रित : प्रधानमन्त्री

काठमाडौँ, चैत १० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले अराजक गतिविधि एवम् विध्वंसात्मक गतिविधि नियन्त्रण गर्दै विकास निर्माणका अभियानलाई तीब्रगतिमा अगाडि बढाउन सरकार क्रियाशील रहेको बताउभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले सरकारसँगका असहमति वार्ता र संवादबाट समाधान गर्न सरकार तत्पर रहेको बताउनुभयो । उहाँले मुलुक जनताका अधिकार सुनिश्चित गर्ने गहन अभिभारा पूरा गर्न सरकार […]


वसन्त ऋतु : पर्यटकको चहल पहल बढ्यो

सिवी अधिकारी / काठमाडौँ, चैत ९ गते । वसन्त ऋतुको आगमनसँगै पर्यटकको चहलपहल बढेको छ । पदयात्रा र पर्वतारोहणका लागि उपयुक्त मानिने यो याममा साहसिक पर्यटनका गतिविधि बढी हुन्छन् । मुख्य पर्यटकीय मौसम भएकाले साहसिक पर्यटनका साथै हिमाल र पहाडी डाँडापाखाको दृश्यावलोकनको मज्जा लिन पदयात्री औधी रुचाउँछन् । त्यस्तै, नेपाली पर्यटनको महत्वपूर्ण हिस्सा ओगट्ने संसारकै […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter