एक्सक्लुसिभ समाचार

जनता सधैँ पीडामा बस्ने होइन, अब खुशी र सुखी बन्न पाउनुपर्छ – प्रम

बुटवल, चैत ८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ५ को रुपन्देहीस्थित तिलोत्तमा नगरपालिकामा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको आज उद्घाटन गर्नुभएको छ । सरकारको एक प्रदेश एक मेडिकल कलेजको अवधारणानुरुप सो कलेज बन्न लागेको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार विकास निर्माणमा सरकार गम्भीर ढङ्गले लागेको बताउनुभयो । […]


रुपन्देहीमा दुई ठूला आयोजना, प्रधानमन्त्रीबाट शुक्रबार उद्घाटन

बुटवल, चैत ७ गते । प्रधानमन्त्री केपी शर्मा ओली जिल्लामा शुरु हुन गइरहेका दुई ठूला योजनाको प्रारम्भ गर्न शुक्रबार रुपन्देही आउँदै हुनुहुन्छ । रुपन्देहीमा स्थापना हुने सरकारी मेडिकल कलेजको कार्यालय उद्घाटन र पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्डको सडक स्तरोन्नति कार्यको शिलान्यासका लागि प्रधानमन्त्री ओली शुक्रबार बिहान यहाँ आउन लाग्नुभएको हो । प्रधानमन्त्री ओलीबाट शुक्रबार बिहान ११ […]


काठमाडौंमा यसरी मनाइयो होली

काठमाडाैं । रङ दल्दै आपसमा खुशियाली साटासाट गरेर मनाइने रङ्गै–रङ्गको पर्व होली उमङ्गका साथ मनाइएको छ विजयको प्रतीकको रुपमा मनाइने परम्परा रहेको होली काठमाडौँ उपत्यकालगायत हिमाली र पहाडी क्षेत्रमा धुमधामका साथ एक–अर्कामा रङ दलेर मनाउन थालिएको छ । तराईका जिल्लामा भने भोली होली मनाइन्छ । चितवनलगायतका कतिपय जिलामा दुवै दिन होली मनाउने चलन छ । […]


जहाँ विद्यार्थीलाई काम लगाएर पारिश्रमिक दिइन्छ

धम्बोझी, चैत ५ गते ।नेपाल राष्ट्रिय नमूना मावि ढोढरी बर्दियाकै नमूना सरकारी विद्यालयमध्ये अहिले नमूना विद्यालय बनेको छ । मधुवन – ४ को ढोढरीस्थित सो विद्यालयमा करीब एक हजार सात सय विद्यार्थी अध्ययनरत छन् जसमा बहिरा विद्यार्थी पनि पर्छन् । अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट कक्षा १० सम्म पढाइ हुने गरेको सो विद्यालयमा प्राविधिक शिक्षातर्फ […]


इयूको दूतावास लाजिम्पाटमा, उपराष्ट्रपतिद्वारा उद्घाटन

काठमाडौँ, चैत ४ गते । युरोपेली सङ्घको प्रतिनिधिमण्डलको राजदूतावास लाजिम्पाटमा स्थायीरुपमा स्थानान्तरण भएको छ । लैनचौरमा भाडाको भवनमा रहेको उक्त दूतावास डेनमार्कको पुरानो राजदूतावासमा स्थानान्तरण भएको हो । उपराष्ट्रपति नन्दबहादुर पुनले आज अपराह्न नयाँ भवन परिसरमा आयोजित विशेष कार्यक्रममा दूतावासको उद्घाटन गर्नुभयो । त्यस अवसरमा नेपालको भ्रमणमा रहनुभएकी युरोपेली सङ्घको एशिया–प्रशान्त क्षेत्रका लागि बाह्य कार्यसेवाकी […]


चकलाबन्दी खेती गरी उत्पादन बढाउनुको विकल्प छैनः प्रम

विराटनगर, चैत ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कानूनबमोजिमबाहेकका कुनै पनि काम गर्न सरकारले छुट नदिने बताउनुभएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित फलफूल तथा तरकारी थोक बजार उद्घाटन गर्दै उहाँले चन्दाका नाममा जनतालाई धम्काउने र त्रास देखाउने गतिविधि लोकतन्त्रमा चल्दैन भन्नुभयो । प्रधानमन्त्री ओलीले बजारको साँचो प्रदेश नं १ […]


अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई चिनाउन राष्ट्रपतिको भ्रमण फलदायी

काठमाडौँ, चैत २ गते । अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई चिनाउन राष्ट्रपति विद्यादेवी भण्डारीको हालै सम्पन्न अमेरिका भ्रमण फलदायी भएको छ । महिलाको अवस्थासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोगको ६३ औँ अधिवेशनमा भाग लिने उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपतिबाट शुक्रबार सम्पन्न अमेरिकाको चार दिवसीय भ्रमण बाह्य जगत्मा देशको गरिमा बढाउन सफल रह्यो । दश वर्ष लामो सशस्त्र द्वन्द्वको अन्त्य […]


शुक्लाफाँटामा ६० पोखरी निर्माण

भीमदत्तनगर, चैत १ गते । वन्यजन्तुको पानीको प्यास मेटाउन कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ६० वटा कृतिम ताल (पोखरी) निर्माण हुदैछन । वन्यजन्तुको वासस्थापन संरक्षण तथा गर्मीयाममा निकुञ्जभित्र भएका प्राकृतिक तालमा पानी कम हुने भएकाले निकुञ्जको विभिन्न क्षेत्रमा चालु आर्थिक वर्षमा ६० वटा कृतिम ताल निर्माण हुने शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । ताल निर्माणका […]


नेकपा विप्लव समूहलाई ३५ दिनभित्र हतियार बुझाउन समयसीमा

काठमाडौँ, फागुन ३० गते । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई आफूसँग भएका हातहतियार ३५ दिनभित्र बुझाउन समयसीमा दिएको छ । मन्त्रिपरिषद्का पछिल्ला निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले वार्ता र छलफलका लागि सरकार सदैव तयार रहेको स्पष्ट गर्नुभयो । सो समूहले आपराधिक र हिंसात्मक गतिविधि गरेको भन्दै सरकारले उसका त्यस्ता गतिविधिलाई प्रतिबन्ध लगाउने निर्णय […]


सरकारी र निजी क्षेत्रको बैंक विस्तार समान रुपले हुनेछ ः अर्थमन्त्री

काठमाडौँ, फागुन २९ गते । अर्थमन्त्री डा युवराज खतिवडाले चालू आर्थिक वर्षभित्रै मुलुकका सबै स्थानीय तहमा बैंकको सेवा पु¥याइने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै उहाँले सिंहदरबारमा मात्र होइन मुलुकका सुगम र दुर्गम क्षेत्रमा समेत निजी र सरकारी बैंकको शाखा विस्तार समान रुपमा हुनेछ भन्नुभयो । डा खतिवडाले भन्नुभयो, “सिंहदरबार […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter