एक्सक्लुसिभ समाचार

प्राविधिक शिक्षा सञ्चालन गर्न डेढ करोड; विपन्नको घर छाउदै स्थानीय सरकार

गलकोट, फागुन १८ गते । बागलुङको ताराखोला गाउँपालिकामा–४ तारागाउँस्थित नेपाल माध्यामिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्न रु एक करोड ६५ लाख सहयोग सङ्कलन भएको छ । विद्यालयले ७ देखि १६ गतेसम्म सञ्चालन गरेको स्वर्ण महोत्सवमा सो रकम सङ्कलन भएको विद्यालयले जनाएको छ । विद्यालयले शिक्षाप्रेमी, उद्यमी, जिल्लाका सम्पूर्ण पालिका, विद्यालयका पूर्वविद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समितिलगायत […]


नेपाल शोकमय; प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि अर्पण

काठमाडौँ, फागुन १७ गते । दुईदिनको धुम्मपछि खुलेको आकाश । पारिलो सूर्याेदय । आजको सूर्याेदयको तापसँगै शोकमा डुब्यो टुँडिखेल । अनि यहाँ आएका हजारौँ मानवसागर शोकमा भावविह्वाल भइरहे । नयाँपुस्ताका चर्चित युवानेता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलिका लागि पार्थिव शरीर त्यहाँ राखिएको थियो । अकल्पनीय दुःखद् घटनामा परी मृत्यु भएका […]


हेलिकप्टर दुर्घटनामा निधन भएकालाई शुक्रबार श्रद्धाञ्जलि; रवीन्द्र स्मृति उद्यान नामकरण

काठमाडौँ, फागुन १६ गते । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलि दिने कार्यक्रम शुक्रबार हुने भएको छ । दुर्घटनामा निधन भएका सबैका शव आज अपराह्न काठमाडौँ ल्याई शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । शव परीक्षणको जटिताका कारण श्रद्धाञ्जलिको कार्यक्रम […]


सङ्घीयताबाटै समृद्घि सम्भव

काठमाडौँ, फागुन १५ गते । विसं २०७२ मा नेपालको संविधान जारी भएर मुलुक सङ्घीय गणतन्त्रात्मक बन्यो । यो संविधान आउनु अघि २०६३ को अन्तरिम संविधानबाट नै मुलुक सङ्घीय गणतन्त्रमा गएको भए पनि यसलाई संस्थागत गर्न जनताद्वारा निर्वाचित प्रतिनिधिद्वारा निर्मित संविधानबाट नै मुलुक सङ्घीय गणतन्त्रमा रुपान्तरण भएको भने २०७२ असोज ३ मा हो । नेपाल किन […]


राष्ट्रिय हितका विषयमा खुला छलफल गर्न प्रमको निर्देशन

काठमाडौँ, फागुन १४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयनका सम्बन्धमा बुधबारदेखि शुरु नेपाल र भारतका विज्ञको संयुक्त बैठकमा सहभागी हुने नेपाली प्रतिनिधिलाई राष्ट्रिय हितका पक्षमा खुलेर छलफल गर्न निर्देशन दिनुभएकोे छ । जल तथा ऊर्जा आयोगको सचिवालयले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयनका सम्बन्धमा आफूलाई जानकारी गराउन आज सिंहदरबारमा आयोजना गरेको बैठकमा प्रधानमन्त्री […]


३४ अर्बको खाद्य पदार्थ आयात

काठमाडौँ, फागुन १३ गते । कृषि गणना २०६८ अनुसार नेपालमा ७३ दशमलव नौ प्रतिशत जनता कृषि कर्ममा संलग्न छन् । सरकारले लामो समयदेखि नेपाललाई कृषि प्रधान देशका रूपमा चित्रण गर्दै सोहीअनुसारको व्यवहार गर्दै आएको छ तर चालू आर्थिक वर्षको पाँच महीनामा मात्रै चामल, मकै, भटमास, स्याउजस्ता खाद्य पदार्थको आयात रु ३४ अर्ब २१ करोड बराबरको […]


काठमाडौँको विद्युत् प्रणाली भूमिगत गरिंदै

काठमाडौँ, फागुन १२ गते । विद्युतीय दुर्घटनाको जोखिम न्यून गर्दै, शहरको सौन्दर्य बढाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाको प्रशारण प्रणालीलाई भूमिगत गर्ने भएको छ । प्राधिकरणले पहिलो चरणमा काठमाडौँको महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा बिजुलीको तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित गर्न निर्माण व्यवसायी छनोट गरेको छ । ती वितरण केन्द्रअन्तर्गतको विद्युत्को […]


प्रभावकारी बन्दै ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम; धमाधम थपिँदै सवस्टेशन

डोटी, फागुन १० गते । जिल्ला प्रहरी कार्यालय डोटीले जिल्लामा सञ्चालनमा रहेको ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । उक्त अभियानअन्तर्गत प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेपछि समुदायमा हुने आपराधिक घटना तथा सामाजिक विकृति नियन्त्रणमा स्थानीय नागरिक अग्रसर हुन थालेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी विद्यानन्द माझीले बताउनुभयो । उहाँले भन्नुभयो, […]


राष्ट्रपतिबाट छोरी शिक्षा बीमा मुद्दती खाताको शुभारम्भ

वीरगञ्ज, फागुन ९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा मुद्दती बचत खाताको आज शुभारम्भ गर्नुभएको छ । प्रदेश नं २ सरकारले सो अभियानका लागि आर्थिक वर्ष २०७५ । ७६ मा करीब रु ८९ करोड विनियोजन गरेको छ । वीरगञ्जको त्रिजुद्ध माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित […]


नौ हजार परिवारलाई खानेपानी योजना

काभे्रपलाञ्चोक, फागुन ७ गते । तेमाल क्षेत्रमा नौ हजार ३१० परिवारका लागि खानेपानी आयोजना सञ्चालन भइरहेको छ । कूल रु एक अर्ब २७ करोडको लागतको सञ्चालन गरिएको आयोजनाको ४० प्रतिशत काम सकिएको तेमाल बृहत् सुख्खा क्षेत्र खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष सङ्ग्रामजित लामाले जानकारी दिनुभयो । उहाँका अनुसार सुनकोशी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter