
धनगढी, फागुन ६ गते । संयुक्त राज्य अमेरिकाको पश्चिम भर्जिनियाको फेयरमण्ट निवासी प्रा डा तुलसीराम जोशीले धनगढी उपमहानगरपालिका–४ उत्तर बेहडीस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयलाई रु ८० लाख रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गर्नुभएको छ । यो सहयोगसँंगै श्री राष्ट्रिय माध्यामिक विद्यालयको नाम परिवर्तन भई ‘श्री राष्ट्रिय तुलसीराम माध्यमिक विद्यालय’ हुने विद्यालयका प्रधानाध्यापक गणेशराज भट्टले जानकारी […]

काठमाडौँ, फागुन ५ गते । आगामी ६९ आँै प्रजातन्त्र दिवस भोलिदेखि तीनदिनसम्म भव्यताका साथ मनाइँदैछ । यसै अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर सञ्चालनमा रहेका सरकारी तथा निजी छापामाध्यम, एफएम रेडियो, टेलिभिजनलगायत अन्य सञ्चारमाध्यमहरूलाई प्रजातन्त्र दिवसको विषयलाई उच्च प्राथमिकता दिई समाचार प्रसारण, बुलेटिन, परिसम्बाद, अन्तरक्रिया आदि कार्यक्रम सञ्चालन गर्न आह्वान गरेको हो । प्रजातन्त्र […]

काठमाडौँ, फागुन ४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि ब्याजदरमा लचिलो हुन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिहरूसँगको भेटमा उहाँले बैंकलाई ब्याजदरमा लचिलो हुन आग्रह गर्नुभएको हो । उहाँले बैंकलाई उत्पादनमूलक, रोजगारीका अवसर सिर्जना गर्ने, आत्मनिर्भर र निर्यातजन्य उद्योगहरूमा लगानी गर्न सुझाव […]

काठमाडौँ, फागुन ३ गते । संविधानसभाबाट जारी गरिएको संविधानमा मुलुक सङ्घीय संरचनामा जाने भनिएको थियो । सङ्घीय संरचनाअनुसार अहिले मुलुक सङ्घसहित ७ प्रदेश र ७५३ स्थानीय तह रहेका छन् । संविधान जारी भएपछिको दुई वर्षमा मुलुकमा सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न भएर मुलुकमा सङ्घमा २२ जनाको मन्त्रालय सात प्रदेशमा सात÷सातका दरले सरकार र […]

महोत्तरी, फागुन १ गते । ससुराली घरमा रहेको सानो रेडियो बन्द गर्न नसिकेकी महोत्तरीकी सुनिता अहिले रेडियो सञ्चालिका भएकी छिन् । गौशाला नगरपालिका– ११ का ३८ वर्षीया सुनिताकुमारी अहिले गौशालास्थित रेडियो रुपान्तरणकी सञ्चालिका बनेकी छिन । विसं २०५६ मा विवाहबन्धनमा बाँधिएकी सुनितालाई त्यसवेलासम्म रेडियो बन्द गर्न पनि नजान्दा आफू हीनतावोध महसुस भएको बताईन् । जनकपुर […]

बाँके, माघ २८ गते । अब तपाईँको गाडी इण्टरनेटबाटै जाँच हुनेछ । लामो दूरीका गाडीमा दुई चालक भए नभएको, चालकले कति दूरीसम्म गाडी चलाएको, चालक परिवर्तन भए नभएको लगायत जाँच इण्टरनेटबाटै हुनेछ । तपार्इँ गाडी चलाउँदै हुनुहुन्छ अथवा गाडीको मालिक हो भने अब तपाईँ ट्राफिक पुलिसको आँखाबाट टाढा रहन सक्नुहुनेछैन । ट्राफिक पुलिसले यसका लागि […]

काठमाडौँ, माघ २७ गते । काठमाडौँ महानगरपालिकाले छिमेकी नगरपालिकालाई समृद्ध बनाउने नीतिअनुरुप उद्यान निर्माणका लागि नौ नगरपालिकालाई रु एक÷एक करोड उपलब्ध गराएको छ । महानगरपालिका र काठमाडौँ जिल्लाभित्रका नगरपालिकाबीच नगर साझेदारी कार्यक्रमअन्तर्गत आज टोखा नगरपालिकाबाहेक अन्य नगरपालिकालाई रु एक–एक करोड रकम उपलब्ध गराइएको । कामपाको गत शुक्रबार बसेको २९औँ बोर्ड बैठकको निर्णयअनुसार उक्त रकम कामपाका […]

काठमाडौँ, माघ २६ गते ।लगातारको वर्षाले आज राजधानी काठमाडौँ उपत्यका वरिपरिका पहाडमा हिमपात भएको छ । पश्चिमी वायुको प्रभावले विगत तीन दिनदेखि काठमाडौँ उपत्यकासहित देशभर बदली र वर्षा भएको छ । उक्त वर्षाले काठमाडौँ नजिकका पहाडमा हिमपात गराएको हो । उपत्यकाका पहाड नगरकोट, जर्सिङपौवा, शिवपुरी, तारेभीर, चन्द्रागिरि चम्पादेवी, फुलचोकीलगायत क्षेत्रमा हिउँ परेको छ । मौसम […]

काठमाडौँ, माघ २५ गते । ‘स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा’का लागि पहिलो चरणमा १४२ सुझाव छनोटमा परेका छन् । सुझाव राख्नका लागि एक महीनाको समय निर्धारण गरिएकामा ४५२ सुझाव सङ्कलन भएका थिए । तीमध्येबाट छनोट गरी १४२ परेका हुन् । काठमाडौँको विद्यमान शहरी समस्यालाई प्रविधिमा आधारित नयाँ सोचबाट समाधान खोज्ने क्रममा काठमाडौँ महानगरले गत मङ्सिर २६ […]

गलेश्वर, माघ २४ गते । म्याग्दीको उच्च हिमाली भेगका जङ्गलमा प्रशस्त मात्रामा पाइने नेपालको राष्ट्रिय पक्षीको मान्यता पाएको डाँफेको संरक्षणका लागि स्थानीय सक्रिय भएका छन् । समुद्री सतहदेखि तीन हजार मिटरभन्दा माथिल्लो क्षेत्रमा पाइने यो पक्षी म्याग्दीको अन्नपूर्ण र धौलागिरि गाउँपालिका क्षेत्रका जङ्गलमा पाइने स्थानीयले बताएका छन् । जमीनमा दौडने र थोरै मात्र उड्ने कुखुरा […]