एक्सक्लुसिभ समाचार

कानून बनाएर आवासविहीनको व्यवस्थापन गरिने – मन्त्री राई

काठमाडौँ, जेठ २८ गते । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले आवास ऐन बनाएर आवासविहीनहरुको व्यवस्थापन गरिने बताउनुभएको छ । राष्ट्रिय आवास कम्पनी लिमिटेडको ११औँ वार्षिक साधारणसभा उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले कम्पनीको नियमावली, कर्मचारी व्यवस्थापनलगायतका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले संविधानमा आवासको हक सुरक्षित गरिएकाले […]


विशेष समयमा जनचासोका मुद्दा उठाउँदै सांसद

काठमाडौँ, जेठ २७ गते । सांसदले स्थानीय विकास निर्माणदेखि जनताको दैनिक समस्याका विषयमा सरकारले ध्यान दिन नसकेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठक शुरु भएलगत्तै विशेष समय लिँदै उहाँहरुले सार्वजनिक चासोका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै तत्काल समस्या समाधान गर्न आग्रह गर्नुभयो । सांसद पुष्पा भुसालले संवैधानिक सर्वोच्चतालाई कायम राख्दै सभामुख वा उपसभामुख […]


डा देवकोटालाई मानार्थ अध्यक्ष उपाधि प्रदान

काठमाडौँ, जेठ २६ गते । नेप्लिज न्युरो सर्जन सोसाइटीले मानार्थ अध्यक्ष उपाधिबाट वरिष्ठ न्युरो सर्जन प्राडा उपेन्द्र देवकोटालाई सम्मान गरेको छ । नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एप्लाइड साइन्सेस बाँसबारीमा सघन कक्ष(आइसियु)मा उपचारत डा देवकोटालाई आज अस्पताल पुगेर सोसाइटीले मानार्थ अध्यक्षको प्रमाणपत्र प्रदान गरेको हो । सोसाइटीका अध्यक्ष प्रा डा मोहनराज शर्माले अस्पतालको आइसियुमै पुगी […]


कुलेखानीको जनेरेटरमा समस्या, पचास प्रतिशत कम विद्युत उत्पादन

काठमाडौँ, जेठ २५ गते । नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको कुलेखानी दोस्रो जलविद्युत् केन्द्रको एउटा युनिटमा समस्या आउँदा विद्युत् उत्पादन ५० प्रतिशतले कम भएको छ । ‘स्टेटर वाइन्डिङ’को मर्मत गर्नुपर्ने भएकाले कुलेखानी पहिलो र दोस्रो जलविद्युत् केन्द्रबाट ४६ मेगावाटमात्रै विद्युत् उत्पादन भइरहेको छ भने ४६ मेगावाट बन्द छ । कुलेखानी पहिलोबाट ३० र दोस्रोबाट १६ […]


द्वन्द्वका हत्यामा संलग्नलाई छाड्न हुँदैन- देउवा

भक्तपुर, जेठ २४ गते । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वका हत्यामा संलग्नहरुलाई छाड्न नहुनेमा जोड दिनुभएको छ । आज शहीद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानको छैटौँ स्मृति सभा तथा छात्रवृत्ति एवं प्रमाणपत्र वितरण समारोहमा उहाँले द्वन्द्वका नाममा भएको हत्याका घटनामा संलग्नलाई कडा कारवाही हुनुपर्ने बताउनुभएको हो । पूर्वप्रधानमन्त्री देउवाले भन्नुभयो, “प्रजातन्त्रका लागि लड्ने […]


‘सांसदले फाइल बोकेर कोठा–कोठा धाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ’

काठमाडौैं, २३ जेठ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले जनताका कामका लागि सांसदहरु फाइल बोकेर मन्त्रालयको कोठा–कोठा धाउनुपर्ने पद्दतीको अन्त्य हुनुपर्ने बताउनुभएको छ । संघीय संसद्का सांसदलाई कानून तर्जुमालगायत विषयमा संसदीय प्रक्रियाकाबारे जानकारी दिन बुधबार संसद भवन वानेश्वरमा आयोजित अभिमुखीकरण कार्यक्रममा उद्घाटनमा बोल्दै उहाँले सांसदलाई कानुन निमार्णमा सक्रिय बनाउन जनताका अन्य कामलाई सरकारले सहजिकरण गरिदिनुपर्ने […]


ट्रम्प र किमको सुरक्षामा गोर्खा !

सिङ्गापुर, जेठ २३ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ्ग उनबीच अर्को साता सिङ्गापुरमा हुने ऐतिहासिक सम्मेलन क्षेत्रको सुरक्षा सिङ्गापुर प्रहरीमा कार्यरत गोर्खाहरूले सम्हाल्ने भएका छन् । जेठ २९ गतेका लागि तय भएको सम्मेलनमा सहभागी हुन आउँदा दुबै नेताले आ–आफ्नै सुरक्षा दस्ता ल्याउने भए पनि सम्मेलन स्थल, सडक र होटलको […]


संसारकै गहिरो खोँच क्षेत्रमा कालीगण्डकी जलाशययुक्त आयोजनाको सपना

काठमाडौँ, जेठ २२ गते । सरकारले आगामी आर्थिक वर्षको बजेटमा कालीगण्डकी जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन गर्ने विषयलाई समावेश गरेपछि सो आयोजनाको बारेमा चासो शुरु भएको छ । बागलुङ र पर्वतको सीमा भएर बग्ने कालीगण्डकी नदीमा करीब एक हजार ५०० मेगावाट क्षमताको जलाशययुक्त आयोजना निर्माण हुने, कृषि, पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने भन्दै स्थानीय राजनीतिक नेतृत्व […]


भूकम्प प्रभावित जिल्लामा टेलिकमको नि:शुल्क इन्टरनेट

काठमाडौं, जेठ २१। नेपाल टेलिकमले भूकम्पबाट अति प्रभावित चार जिल्लाका ६ सय ७५ स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले भूकम्पबाट अति प्रभावित जिल्लाहरु सिन्धुपाल्चोकका १ सय ८७, काभ्रेपलाञ्चोकका २ सय ८९, नुवाकोटका १ सय ५९ र रसुवाका ४० स्थानमा सो सेवा सञ्चालनमा ल्याइसकेको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले बताएकी छिन् । भूकम्पबाट अति […]


निर्वाचन प्रणाली परिवर्तन गर्नु आवश्यक – अध्यक्ष प्रचण्ड

पोखरा, जेठ २१ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालको विद्यमान निर्वाचन प्रणाली परिवर्तन गर्नु आवश्यक भएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ प्रदेश नं ४ द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले सामान्य मानिसले धान्नै नसक्ने गरी निर्वाचन खर्चिलो बन्ने गरेकाले यसको परिवर्तनका लागि नेतृत्व तहमा छलफल शुरु भएको […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter