एक्सक्लुसिभ समाचार

एसईईको नतिजा सार्वजनिक

काठमाडौं, असार ९, २०७५ माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार सार्वजनिक गरेको हो । कार्यालयले गत चैत पहिलो साता लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक गरेको हो। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार यसवर्षको परीक्षामा नियमित धारतर्फ चार […]


चतराको जेटबोट दोलालघाटसम्म सञ्चालन हुने

गाईघाट, उदयपुर, असार ९ गते । सुनसरीको चतरा र उदयपुरको बेलका बीच सप्तकोशीमा सञ्चालन हुँदै आएको जेटबोटलाई अब एक वर्षभित्र संखुवासभाको तुम्लिङटारदेखि काभ्रेको दोलालघाटसम्म सञ्चालन गरिने भएको छ । हाल बेलुकाको डुम्रीबोट, चतरा हुँदै भोजपुरको हतुवा र धनकुटाको तमोरसम्म सञ्चालन हुँदै आएको जेटबोटलाई अब एक वर्षभित्र विस्तार गर्न लागिएको चतरा बेलका पर्यटन जेटबोट प्रालिका संयोजक […]


नेपालको वायु सेवालाई खतराको सूचीबाट हटाइयोः मन्त्री अधिकारी

काठमाडौँ, असार ८ गते । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले नेपालको वायु सेवालाई खतराको सूचीबाट हटाउन सफल भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उडान सम्बन्धी समसामयिक विषयमा उठेका जिज्ञासाका सम्बन्धमा उहाँले नेपालको वायु सेवालाई सन् २०१३ मा गम्भीर सुरक्षा खतराको सूचीमा राखेकोमा हाल त्यसलाई हटाइएको जानकारी सदनलाई दिनुभयो […]


चीनसँग सहयोग अभिवृद्धिसम्बन्धी १० वटा सम्झौता सम्पन्न;  प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर

  बेइजिङ, असार ७ गते । नेपाल र चीनबीच विभिन्न १० क्षेत्रमा द्विपक्षीय सहयोग आदानप्रदान गर्ने विषयमा आज सम्झौता सम्पन्न भएका छन् । यस्तै, थप चार विषयमा नेपाली र चिनियाँ पक्षबीच ‘लेटर अफ एक्सचेन्ज’ भएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका चिनियाँ समकक्षी ली खछ्याङबीच गे्रट हल अफ पिपलमा […]


उपयुक्त समयमा नेपाल भ्रमण – चिनियाँ राष्ट्रपति

बेइजिङ, असार ६ गते । छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गरी नेपाल भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पठाउनुभएको निमन्त्रणापत्र हस्तान्तरण गर्नुभएको छ । बेइजिङस्थित ग्रेट हल अफ पिपलमा उहाँहरुबीच भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीले नेपाल भ्रमणका लागि गर्नुभएको निमन्त्रणापत्र हस्तान्तरण गर्नुभएको […]


वरिष्ठ स्नायु विशेषज्ञ डा देवकोटाको दाहसंस्कार सम्पन्न

काठमाडौं, ५ असार । वरिष्ठ स्नायु रोग विशेषज्ञ डा उपेन्द्र देवकोटाको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । त्यसअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले देवकोटाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाएर राष्ट्रका तर्फबाट सम्मान व्यक्त गर्नुभएको थियो । श्रीमती मधु देवकोटा दीक्षित, छोरीहरु मेघा, वसुधा र मञ्जरीले पार्थीव शरीरमा दागबत्ती दिए […]


पहिरामा पुरिएका चारको ३९ घण्टापछि उद्धार

संखुवासभा, असार ३ गते । अरुण तेस्रो सुरुङमार्ग निर्माणका क्रममा पहिरो खस्दा बेपत्ता भएका चार जनाको ३९ घण्टापछि सकुशल उद्धार गरिएको छ । शुक्रबार राति करीब ८.४० बजे सुरुङमार्गको बाँधस्थल नुमको फ्याक्सिन्दा भन्ने स्थानमा पहिरो खसेको थियो । कालीकोट सिउना गाउँपालिका निवासी ३२ वर्षीय प्रदीप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका–१ का ४४ वर्षीय प्रेम परियार, भारत […]


लाङ्टाङमा पर्यटक आगमनमा वृद्धि

रसुवा, जेठ २९ गते । स्याफ्रुबेँसी, लाङ्टाङ र स्याङजेन क्षेत्रलाई रेडपाण्डा पदमार्ग नामकरण भएपश्चात् आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुन थालेको छ । लाङ्टाङ पुनःनिर्माण एवं व्यवस्थापन समितिका अध्यक्ष तेम्बा लामाका अनुसार लाङ्टाङ गोसाइँकुण्ड पर्यटकीय एवं धार्मिक मार्गको वन जंगल क्षेत्रमा विश्वकै दुर्लभ रेडपाण्डा सन् १९८७ मा भेटिएको थियो । प्रदेश नं ३ को सरकारले स्याफ्रुबेँसी–लाङ्टाङलाई […]


प्रमको चीन भ्रमणमा अलैँची निकासी बारेमा छलफल होस – योगेश भट्टराई

काठमाडौँ, जेठ ३० गते । नेकपाका योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका समयमा नेपालको व्यापार घाटामा सन्तुलन कायम गर्न नेपाली अलैँची महत्वपूर्ण माध्यम हुने भएकाले त्यसको निकासीबारे छलफल गर्न सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको बुधाबारको बैठकमा बोल्दै अहिले १० अर्ब रुपैया बराबरको अलैची निकाय गर्न सकिने बताउनु भएको छ । उहाँले भन्नुभयो, “नेपालको […]


‘विमानस्थलमा एक सेकेण्ड पनि विद्युत् आपूर्ति नरोकियोस्’

काठमाडौँ, जेठ २९ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित विद्युत् आपूर्तिमा देखिने समस्या समाधानका लागि सरकारले चासो व्यक्त गरेको छ । गृहमन्त्री रामबहादुर थापाले आज नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई मन्त्रालयमा बोलाएर विद्युत् आपूर्तिमा बेलाबखत देखिने समस्या समाधानका लागि निर्देशन दिनुभएको हो । नियमित विद्युत् आपूर्ति नहुँदा वा कहिलेकाहीँ अकस्मात् विद्युत् कटौती हुँदा […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter