
काठमाडौँ, जेठ २० गते । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले हाल छिमेकी, क्षेत्रीय सङ्गठन, बहुपक्षीय सङ्गठन र श्रम गन्तव्यका विषयमा आफ्नो परराष्ट्र नीति केन्द्रित भएको बताउनुभएको छ । केही सञ्चारमाध्यमका सम्पादकहरुसँग आज अपराह्न भएको भेटघाटमा उहाँले वैदेशिक सम्बन्धको आधार भने सार्वभौमिक समानता, अहस्तक्षेप, आपसी सम्मान र पारस्परिक लाभ नै भएको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “अब […]

काठमाडौं जेठ १९। प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा चढेको मनोबलले अन्य साहसी काम गर्नुपर्ने बताउनुभएको छ । केही समय अघि सगरमाथा आरोहण गरेका महिला पत्रकारलाई सम्मान गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । “एक पटक आरोहण गरेपछि पटक पटक सगरमाथा आरोहण नगरे पनि हुन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “सगरमाथा चढेको […]

दाङ, जेठ १९ । नेपाली कांग्रेसका प्रवक्ता एवं युवा नेता विश्व प्रकाश शर्माले वर्तमान सरकारले ल्याएको बजेट यथार्थपरक भन्दा पनि बढि महत्वाकांक्षी भएको बताए । प्रेस युनियन दाङले शनिवार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले वर्तमान सरकारले ल्याएको बजेटले निजी क्षेत्रलाई समेट्न नसकेको बताए । ‘वर्तमान सरकारको अवस्था वायुपंखि घोडाको नारा, वयलगाडाको पारा […]

काठमाडौं, , जेठ १८ गते । केपी ओली नेतृत्वको सरकारमा दुई जना उपप्रधानमन्त्री थपिएका छन् । ओली नेतृत्वको सरकारमा रक्षा मन्त्री इश्वर पोखरेल र संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादव शुक्रबार उपप्रधानमन्त्रीमा नियुक्त भएका हुन् । रक्षामन्त्री पोखरेललाई उपप्रधानमन्त्रीमा बढुवा गरिएको हो भने यादवलाई आजै उपप्रधानमन्त्रीसहित स्वास्थ्य मन्त्रीमा नियुक्त गरिएको हो । नवनियुक्त उपप्रधानमन्त्रीद्धय […]

काठमाडौँ, जेठ १७ गते । नेपाल र बेस्ट इण्डिजमा अवस्थित टापु देश सेन्ट क्रिस्टोफर एण्ड नेभिसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालको कूटनीतिक सम्बन्ध विश्वका १५९ राष्ट्रमा फैलिएको छ । कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी सहमतिपत्रमा संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली नियोगमा बुधबार आयोजित एक कार्यक्रममा उक्त विश्व संस्थाका लागि नेपाल र सेन्ट क्रिष्टोफर […]

काठमाडौँ, जेठ १६ गते । सभामुख कृष्णबहादुर महराले वन तथा वातावरण मन्त्रालयको पहलमा शुरु भएको ‘स्वच्छ वातावरण महाअभियान, २०७५’ को शुभारम्भ गर्नुभएको छ । विश्व वातावरण दिवसको सन्दर्भ पारेर आजदेखि शुरु भएको स्वच्छ वातावरण महाअभियानको उहाँले काठमाडौँस्थित शंखपार्कको सडकमा कुचो लगाउँदै शुभारम्भ गर्नुभएको हो । सो अवसरमा सभामुख महराले स्वच्छ वातावरण निर्माणका लागि आफँैबाट सरसफाइको […]

काठमाडौँ, जेठ १५ गते । सरकारले आर्थिक वर्ष २०७५/७६ का नीति र कार्यक्रमहरु कार्यान्वयन गर्न कूल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । संघीय संसदको आजको संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले कूल विनियोजनमध्ये चालूतर्फ रु आठ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख अर्थात ६४.३ प्रतिशत र […]

काठमाडौं १४ जेठ। नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपाल बीच दुई बुंदे सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली,नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादब बीच करिब दुई घण्टा वार्ता भएपछि सहमती भएको हो । सहमति अनुसार फोरम नेपाल अब सरकारमा […]

काठमाडौं, जेठ १२। नेपाली विमान कम्पनी बुध्द एयरले भारतको ऐतिहसिक तथा धार्मिक नगरी वाराणसीमा आउँदो असार १५ गतदेखि साताको दुई उडान गर्ने भएको छ बुद्ध एयरका प्रवन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेतले दुई पौराणीक नगरी काठमाण्डौ र वाराणसी लाई नेपालको बुध्द एयरले मात्रै हवाई उडानबाट जोडेको बताए । बुध्दले वाराणसीमा यसअघि मासिक दुई उडान भर्ने गरेको थियो […]

काठमाडौं, १२ जेठ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारको सय दिनको कामको मुल्यांकन गर्ने हो भने सुरुवाती चरणमा आफूहरु १०० मा ९० प्रतिशत सफल भएको दाबी गरेका छन । ‘हो, म १०० मा सय प्रतिशत त भन्दिन्, तर सरकारको डिरेक्शन अर्थात कामको सुरुवातको कुरा गर्दा हामी सयमा ९० प्रतिशत सफल भयौं, यो […]