
काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ आजदेखि तान्न सुरु गरिएको छ । ललितपुरको पुल्चोकमा बनाइएको रथ पुल्चोकबाट तानेर साँझ गावाहलसम्म पुर्याइनेछ । रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्राको रुपमा मानिन्छ । रथयात्राले गर्दा ललितपुर जिल्लामा चल्ने सवारी साधन ठप्प हुने गरेको छ । विशेषगरी रथयात्राको पहिलो दिन हात्तिवन, लगनखेल र जावालाखेलबाट रत्नपार्क जाने/आउने सवारी साधनलाई […]

नुवाकोट, वैशाख ५ गते । निर्माणाधीन त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ प्रसारण लाइनको काम पछिल्लो समय तीव्र बनाइएको छ । नुवाकोट र रसुवामा उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्ने उद्देश्यले १४ फागुन, २०६८ देखि निर्माण शुरु भएको उक्त प्रसारण लाइन निर्माणमा पछिल्लो समय तीव्रता दिइएको हो । दुई सय २० केभीको दोहोरो सर्किट प्रसारण लाइनको १४२ […]

सिवी अधिकारी / काठमाडौँ, वैशाख ३ गते । हालसम्मकै उच्च संख्यामा पर्यटक भित्र्याएको वर्षका रुपमा विसं २०७४ दर्ज भएको छ । लामो समयदेखिको पर्यटक बढाउने विभिन्न प्रवद्र्धनात्मक अभियानका कारण २०७४ सालमा १० लाख पर्यटकले नेपाल भ्रमण गरे । यसले पर्यटन क्षेत्रका लागि निकै ठूलो उत्साह फैलाएको छ । नेपाल पर्यटन बोर्डको विवरणअनुसार विसं २०७४ अर्थात् […]

वालिङ, स्याङ्जा, वैशाख २ गते । देशका विभिन्न शहरमा फोहरमैला व्यवस्थापनमा समस्या भइरहेका बेला स्याङ्जाको वालिङ नगरपालिकाले भने फोहरमैला बिक्रीबाट आम्दानी लिँदै आएको छ । उक्त नगरपालिकाले संकलन गर्न थालेकोे चार वर्षको अवधिमा रु १७ लाख ३५ हजार २१८ फोहरमैला बिक्रीबाट आम्दानी गरेको हो । आर्थिक वर्ष २०७१÷७२ मा रु एक लाख ७९ हजार, २०७२÷७३ […]

मुगु, वैशाख १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर आएको बताउनुभएको छ । नेपालको ठूलो र मनमोहक ताल राराबाट देशवासीका नाममा आज बिहान सम्बोधन गर्दै प्रधानमन्त्रीले मुलुकका समस्या समाधान गर्न सरकार सक्षम रहेको उल्लेख गर्दै भन्नुभयो, ‘‘निर्वाचनको सफलतासँगै हाम्रो देश नेपाल, लोकतान्त्रिक अभ्यासमा नयाँ मानक स्थापित […]

धनगढी / चैत ३० गते । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको उपाधि टिम चौराह धनगढीले जितेको छ । सोे टिमले काठमाडौँ गोल्डेन्सलाई २१ रनले हराउँदै उपाधि जितेको हो । प्रदेश नं ७ को संघीय एकाइ प्रहरी कार्यालयको खेल मैदानमा भएको खेलमा धनगढीले टस जितेर ब्याटिङ गरी निर्धारित २० ओभरको खेलमा धनगढीले चार विकेट […]

काठमाडौँ, चैत २९ गते । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ । गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले महानिरीक्षक खनालद्वयलाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको हो । दुवै प्रहरी संगठनका नवनियुक्त महानिरीक्षकले आजबाटै आफ्नो कार्यभार सम्हाल्नुभएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले खनालद्वयलाई महानिरीक्षकमा […]

काठमाडौँ, चैत २८ गते । एशियाली विकास बैंक (एडिबी)ले आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव ५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । आगामी आवमा मनसुन सामान्य हुने र चालु ठूला आयोजना तीव्र गतिमा अघि बढ्ने र माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट ४५६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने संभावनामा केन्द्रित रहेर एडिबीले उक्त […]

काठमाडौँ, चैत २७ गते । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ । कूल २७ दशमलव ५ किलोमिटर लामो सुरुङमध्ये सिन्धु–ग्याल्थुमखण्डको सात दशमलव पाँच किलोमिटर सुरुङ निर्माण कार्य आज सम्पन्न भएको हो । तर सुरुङ निर्माण कार्य सकिएको औपचारिक जानकारी भने यही चैत २९ गते मेलम्ची आयोजनाको कार्यालय सिन्धुपाल्चोकमा दिइने तयारी गरिएको बुझिएको […]

काठमाडौँ, चैत २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत २३ देखि २५ गतेसम्म गर्नुभएको तीन दिने भारतको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको छ । नेपालका प्रधानमन्त्री र भ्रमण दलका सदस्यलाई भारतले उपलब्ध गराएको आतिथ्यता तथा भएका सहमतिले नेपालको आर्थिक विकास तथा समृद्धिको क्षेत्रमा नयाँ आयामसमेत थपेको छ । सगरमाथाको देशलाई […]