एक्सक्लुसिभ समाचार

एक सातामा सबै परिणाम आइसक्छ– प्रमुख निर्वाचन आयुक्त ; हालसम्मको मत परिणाम  

काठमाडौँ, जेठ ३ गते । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनको सबै मत परिणाम एक साताभित्र सार्वजनिक भइसक्ने बताउनुभएको छ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), आम निर्वाचन पर्यवेक्षण समिति नेपाल (जियोक) तथा शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल (सङ्कल्प)ले आज यहाँ आयोजना गरेको स्थानीय तह निर्वाचन प्रारम्भिक […]


काठमाडौँ महानगरकाे मतगणना एकसाथ तीन समूहबाट; ३३ स्थानीय तहको नतिजाः कसले कुन ठाउँ जिते ?

काठमाडौँ, जेठ २ गते । मतगणना कार्यमा तीव्रता दिन काठमाडौँ महानगरपालिकामा तीन समूह (टोली) बनाई गणना सुरु गरिएको छ । सोमबारदेखि सुरु गरिएको मतगणना कार्य अहिले तीन समूहबाट गर्न थालिएको निर्वाचन कार्यालयले जनाएको छ । अहिले महानगरको वडा नं १, २ र ३२ को एकैसाथ मत गणना भइरहेको मुख्य निर्वाचन अधिकृत दिपेन्द्र अधिकारीले जानकारी दिनुभयो […]


महानगरपालिकामध्ये सबैभन्दा बढी ललितपुरमा मतदान; निर्वाचन उत्साह जनक र शान्तिपूर्ण – जियोक

काठमाडौँ, जेठ १ गते । सर्वत्र चासो र उत्सुकता रहेको चार महानगरपालिकामध्ये सबैभन्दा बढी ललितपुरका बासिन्दाले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन् । स्थानीय निकाय पुनःसंरचनापछि गठन भएका पोखरा लेखनाथ, ललितपुर, भरतपुरसहित काठमाडौँ महानगरपालिकामा आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनमा उत्साहजनक सहभागिता थियो । औसतमा महानगरपालिकामा कुल मतदातामध्ये ७५ प्रतिशतभन्दा बढीले आफ्नो मताधिकार प्रयोग गरेको देखिन्छ […]


७१ प्रतिशत मत खसेको निर्वाचन आयोगको प्रारम्भिक अनुमान; दोस्रो चरणको निर्वाचनमा जुट्न कार्यवाहक राष्ट्रपतिको अपिल

काठमाडौँ, वैशाख ३१ गते : प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले स्थानीय तहको पहिलो चरणअन्तर्गत आज वैशाख ३१ गते आइतबार तीन प्रदेशका ३४ जिल्लाका २८१ स्थानीय तहका लागि भएको मतदान कार्य छिटफुट घटनाबाहेक शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा सम्पन्न भएको जानकारी दिए । उनले सम्पन्न मतदान कार्यमा ३४ जिल्लाबाट प्राप्त प्रारम्भिक विवरण अनुसार कम्तीमा […]


आज ऐतिहासिक निर्वाचन, उल्लासका साथ मतदान सुरु

काठमाडौँ : ऐतिहासिक स्थानीय तह निर्वाचनअन्तर्गत मतदान प्रक्रिया सुरु भएको छ । बिहान सात बजेबाट सुरु भएको मतदान आज अपरान्ह ५ बजेसम्म चल्नेछ । नयाँ संविधानले गरेको व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचन पहिलो पटक हुन लागेको हो । ३, ४ र ६ नम्बर प्रदेशका ३४ जिल्लामा रहेका २८३ स्थानीय तहमा नेतृत्व चयनको प्रक्रिया सुरु भइसकेको छ […]


निर्वाचनको सम्पूर्ण तयारी पूरा, ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगको अपिल; ‘निर्वाचनमा मतदान गर्न प्रधानमन्त्रीको आग्रह’

काठमाडौँ, वैशाख ३० गते । निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणअन्तर्गत आइतबार हुने ऐतिहासिक निर्वाचनमा सहभागी भई मतदान गर्न समाजका सबै वर्ग, तह र समुदायका मतदातालाई आह्वान गरेको छ । निर्वाचन आयोगको मिडिया सेन्टरमा आज आयोजित विशेष पत्रकारसम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आइतबार हुने स्थानीय तहको निर्वाचनको भरपर्दाे सुरक्षा व्यवस्थासहित सम्पूर्ण तयारी पूरा […]


निर्वाचन अनुगमन गर्न आयोगद्वारा उच्चस्तरीय टोली गठन; मौन अवधिको पूर्ण पालना नगरे कारवाही : आयोग

काठमाडौँ, वैशाख २९ गते । राष्ट्रिय मानवअधिकार आयोगले स्थानीय तहको निर्वाचन अनुगमन कार्यलाई थप प्रभावकारी र विश्वसनीय बनाउनका लागि आयोगका अध्यक्ष अनुपराज शर्माको संयोजकत्वमा छ सदस्यीय उच्चस्तरीय अनुगमन टोली गठन गरेको छ । नागरिक समाजका प्रतिनिधि संलग्न रहेको उक्त टोलीमा पूर्व प्रधानन्यायाधीश तथा आयोगका पूर्व अध्यक्ष केदारनाथ उपाध्याय, पूर्व सभामुख दमननाथ ढुङ्गाना, पूर्व निर्वाचन आयुक्त […]


गाईपालनसँगै सहकारी सञ्चालन

भक्तिविलास पोखरेल / गाईघाट, वैशाख २८ गते । व्यावसायिक गाईपालन गर्दै आएका यहाँका किसानले सहकारी संस्था र डेरी व्यवसाय सञ्चालन गर्न थालेपछि उनीहरूको आम्दानी बढेको छ । दुई वर्षअघिसम्म फाटफुट रूपमा एक÷दुईवटा गाई पालेर प्रत्येक बिहान आफै दूध बोकेर बजार र घरघर पुग्ने गरेका ती किसान हिजोआज घरैपिच्छै चार÷पाँच माउ जर्सी गाई पाल्न थालेका छन् […]


विस्थापित भयो भारतीय खरबुजा

वसन्त गिरी / कपिलवस्तु, वैशाख २७ गते । वाणगङ्गा नदी किनारमा उत्पादन भएको खरबुजाले भारतबाट आयातित खरबुजालाई विस्थापित गरेको छ । बुद्धभूमि नगरपालिका मोतिनगरका कृषकले वाणगङ्गा नदी किनारको बगरमा लगाएको खरबुजा खेतीबाट राम्रो उत्पादन भएपछि यसले सदरमुकाम र जिल्लाका मुख्य बजारमा राम्रो दाम पाएका छन् । यहाँको भन्दा भारतीय खरबुजा महँगो पर्छ भने धेरै दिनअघि […]


काठमाडाैंवासीलार्इ नै थाहा छैन मत हाल्ने तरिका !

काठमाडौँ, वैशाख २६ गते । स्थानीय तहको निर्वाचन आउन पाँच दिन मात्र बाँकी हुँदा पनि मतदाता शिक्षा प्रदान गर्ने व्यक्ति नभेटिएको काठमाडौँको उत्तर पूर्वी भेगका मतदाताको गुनासो छ । संविधानसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी दुई मतपत्रमा मत दिएकाहरु अहिले एउटै मतपत्रमा सात मत दिन पाइन्छ भन्दा अन्योलमा पर्ने गरेका छन् । प्रचारप्रसारका लागि छोटो […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter