
काठमाडौँ, फागुन १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा चार मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ दिलाइएको हो । आज शपथ लिने मन्त्रीमा ईश्वर पोखरेल, रामबहादुर थापा, मातृका यादव र डा युवराज खतिवडा हुनुहुन्छ । पोखरेल रक्षा, थापा गृह, यादव […]

काठमाडौँ, फागुन १३ गते । नेपालको आर्थिक वृद्धिदर ७ दशमलव २ प्रतिशत कायम राख्ने हो भने सन् २०४० सम्म ३० हजार मेगावाट विद्युत् आवश्यक पर्ने देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले मुलुकको आर्थिक वृद्धिदरलाई आधार मानेर तयार पारेको एक रणनीतिक कार्ययोजनामा अबको २२ वर्षपछि विद्युत् उत्पादन क्षमता २९ हजार ४२७ हजार मेगावाट हुनुपर्ने उल्लेख गरिएको […]

काठमाडौँ, फागुन १२ गते । सरकारले दुई छिमेकी मुलुकसँग विभिन्न सात नाकाबाट अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई रणनीतिकरुपमा अगाडि बढाउने भएको छ । सरकारले रसुवागढी केरुङ र किमाथांकाबाट चीनसँग प्रसारण प्रणाली जडान गर्ने गरी रणनीतिक योजना अगाडि सारेको छ । रसुवागढी केरुङ अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ । पूर्वको किमाथांकाबाट चीन […]

काठमाडौँ, फागुन ११ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचो रहेको बताउनुभएको छ । उच्च माध्यामिक विद्यालय संघ नेपाल (हिसान)ले आयोजना गरेको ‘नेपालको संघीय संरचनामा गुणस्तरीय शिक्षा’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो— “शिक्षा क्षेत्रमा नीतिगत सुधार गरेर गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता छ ।” प्रधानमन्त्री ओलीले सरकार […]

तेह्रथुम, फागुन १० गते । विदेशमा ज्यान जोखिममा राखेर काम गर्नुपर्दाको अनुभव त्यहाँ भोगेर आएकालाई मात्र थाहा हुन्छ । बाबु बाजेले गरेको खेतीपातीको कामको सट्टा छिटो र मनग्य कमाउने सपना बाकेर विदेश जानेले त्यस्तै अनुभव लिएर फर्किन्छन् र अन्ततः बाबु बाजेकै कोटीमा उभिन्छन् । त्यही कोटीमा उभिनुभएको छ, फेदाप गाउँपालिका–२, ओयाक्जुङका ४० वर्षीय खगेन्द्र जोगी […]

काठमाडौँ, फागुन ९ गते । संघीय संरचनाअन्तर्गत नवीकरणीय ऊर्जा प्रवद्र्धनका साथै प्रविधि परिचालनका लागि विद्यमान ऐन, कानूनमा परिमार्जन तथा नयाँ कानूनको तर्जुमा गरी आम जनताको पहुँचमा सुलभ, भरपर्दो ऊर्जाको पहुँच विस्तार गर्न व्यवसायीले सरकारलाई सुझाव दिएका छन् । मुलुकमा नवीकरणीय ऊर्जा क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाको छाता संगठन नेपाल नवीकरणीय ऊर्जा परिसंघको प्रतिनिधिमण्डलले जनसंख्या तथा वातावरणमन्त्री […]

उदयपुर, फागुन ८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध र आधुनिक विकसित नेपाल बनाउनका लागि विद्यालय शिक्षाको विकासलाई जोड दिनुपर्ने बताउनुभएको छ । कटारी बजारस्थित त्रिवेणी मावि स्थापनाको ५० आँै वर्ष पुगेका अवसरमा आयोजना गरिएको स्वर्ण महोत्सवको समापनका अवसरमा राष्ट्रपति भण्डारीले दक्ष जनशक्तिबाट मात्र कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र उद्योग क्षेत्रमा तीव्र गतिमा विकास हुन […]

काठमाडौं । विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने घोषणा छ । क्रिकेट खेलाडीहरुको सम्मानमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले जनही जनही ३ लाख दिने घोषणा गरेका हुन् । प्रधानमन्त्री ओलीले प्रशिक्षकसहित खेलाडीहरुलाई जनही जनही ३ लाख दिने बताए । यस्तै मदन भण्डारी स्पोट्र्स एकेडेमीले सरकारले […]

काठमाडौँ, फागुन ६ गते । लगानीमैत्री वातावरण तथा सहज कानूनी प्रबन्धले मुलुकको होटल क्षेत्रमा रु आठ अर्ब बराबरको लगानी भएको छ । पछिल्लो एक वर्षमा मात्रै सेवा क्षेत्रको रुपमा रहेको होटलमा लगानी गर्नेको संख्यासँगै लगानीको मात्रा समेत बढेको हो । सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने महत्वाकाँक्षी लक्ष्य अगाडि सारेर सेवा क्षेत्रमा लगानीको […]

भक्तपुर, फागुन ५ गते । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (मानव अंग प्रत्यारोपण केन्द्र) भक्तपुरले चार सयभन्दा बढी मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको छ । शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले विकेन्द्रले अहिलेसम्म ४०४ जनालाई सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको जानकारी दिनुभयो । केन्द्रले विसं २०६९ माघ ६ गतेदेखि मिर्गौला […]