
काठमाडौँ, चैत ४ गते । सरकारले आर्थिक विपन्न युवालाई स्वरोजगार गराउने उद्देश्यले १६ हजारलाई सीपमूलक तालीम दिने भएको छ । गरिबी, सुविधाविहीन, अति सीमान्तकृत तथा सीमान्तकृत जनजाति दलित र अपांगता भएकालाई पहिलो चरणमा उपत्यकाका चार हजार र उपत्यका बाहिरका १२ हजार युवालाई सीपमूलक तालीम दिन थालिएको व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना (इभेन्ट)का परियोजना प्रमुख […]

काठमाडौँ, चैत ३ गते । सरकारले निर्माणाधीन जलविद्युत् तथा सिँचाइ आयोजनालाई तोकिएको समयभन्दा अगावै सम्पन्न गर्न हदैसम्मको जोडबल गर्ने भएको छ । नवगठित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आफू मातहत रहेका राष्ट्रिय गौरवको आयोजनालाई पहिलो प्राथमिकतामा राखी तदारुकता दिने भएको हो । विगतमा राजनीतिक अस्थिरताका कारण वर्षौंपिच्छे बदलिने मन्त्री, कर्मचारी प्रशासन तथा आयोजना प्रमुखका कारण […]

काठमाडौँ, चैत २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आज तेस्रो पटक मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ खुवाउनुभएको हो । आज पद तथा गोपनियताको शपथ लिने मन्त्रीहरु प्रदीप ज्ञवालीलाई परराष्ट्र, गोकर्ण विष्टलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, रवीन्द्र अधिकारीलाई संस्कृति, […]

काठमाडौं । विश्वकप छनोट क्रिकेट अन्तर्गत आज भएको खेलमा नेपालले पपुवा न्यूगिनीलाई हराएको छ । दिपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनसँगै नेपालले पपुवा न्यूगिनीमाथि ६ विकेटको जित हात पारेको हो । पपुवा न्यूगिनीले दिएको ११५ रनको चुनौतीलाई नेपालले मात्र २३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो । पपुवा न्यूगिनीको चार विकेट लिलुका साथै अर्धशतक पारी […]

बर्दिवास, फागुन ३० गते । ‘गरे के हुँदैन’ भन्ने आहान महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–४ का उत्साही युवाले खेतीपातीबाटै राम्रो आर्जन गरेर चरितार्थ गरेका छन् । रोजगारीका लागि विदेश जान साहुले ऋण नपत्याउँदा राहदानी घरमा थन्क्याएका सो बस्तीका उत्साही युवाले सामूहिक प्रयत्नबाट खेतीपातीबाटै केही वर्षभित्रै राम्रो आम्दानी गरेर सो आहान चरितार्थ गरेका हुन् । ‘पासपोर्ट बनाएर […]

काठमाडौँ, फागुन २९ गते । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदमा विद्यादेवी भण्डारी अत्यधिक मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँले ३९ हजार २७५ मतभार प्राप्त गर्नुभएको निर्वाचन अधिकृत दीलप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रतिस्पर्धी नेपाली काँग्रेसकी नेत्री कुमारीलक्ष्मी राईले ११ हजार ७३० मत प्राप्त गर्नुभएको थियो । उक्त निर्वाचनमा संघीय […]

काठमाडौँ, फागुन २८ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको एक विमानमा आज दिउँसो १४ः२० बजे आगो लाग्दा ४९ जनाको मृत्यु भएको पुष्टि भएको छ । ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ । धावन मार्गमा अवतरण हुनुभन्दा पहिल्यै जहाजमा आगो […]

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई प्रतिनिधिसभाको तीन चौथाइ बढी मत प्राप्त भएको छ। प्रधानमन्त्री नियुक्त भएको झन्डै एक महिनापछि ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिएका हुन्। ०१५ सालमा बीपी नेतृत्वको कांग्रेस सरकारपछि ५९ वर्षमा पहिलोपटक मुलुकले बलियो सरकार पाएको छ। आजको अन्नपूर्णपोष्ट दैनिकमा खबर छ–०६२÷६३ को जनआन्दोलनपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सहमतीय आधारमा प्रतिपक्षबिनाको प्रधानमन्त्री […]

काठमाडौँ, फागुन २६ गते । दुईदिने एसिया प्यासीफिक शाकाहारी सम्मलेन आजबाट राजधानीमा शुरु भएको छ । नेपाल शाकाहारी संघ र अन्तर्राष्ट्रिय शाकाहारी संघको सहकार्यमा शुरु भएको सो सम्मेलनको उद्घाटन गर्दै महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले मानव मनोविज्ञानबाट हिंसाको संस्कृति हटाउन शाकाहारी जीवन पद्दति उचित रहेको बताउनुभयो । “मांसाहारले विश्व तापमान अर्थात् जलवायु परिवर्तनमा […]

काठमाडौँ, फागुन २५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको ध्येय भ्रष्टाचार न्यूनीकरण गर्नुरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो,“म भ्रष्टाचार गर्दिन, गरेको पनि सहन्न, आफ्नो कार्यकालमा देशलाई भ्रष्टाचारमुक्त बनाउँछु ।” नेपालको सबैभन्दा पुरानो र जेठो अस्पताल वीर अस्पतालको गुरुयोजनाअन्तर्गत वीर अस्पताल सर्जिकल भवनको आज यहाँ शिलान्यास गर्दै आर्थिक समृद्धिसहितको गतिशील विकासको यात्रा शुरु भएको […]