एक्सक्लुसिभ समाचार

दशैँमा घर गएर उपत्यका भित्रिने यात्रुको संख्यामा वृद्धि

काठमाडौँ, असोज २० गते । यस वर्षको बडादशैँमा घर गएर फर्कने यात्रुको संख्यामा वृद्धि भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाकाअनुसार असोज १४ गते विजयादशमीदेखि असोज १९ गते कोजाग्रत पूर्णीमासम्म चार लाख १२ हजार ६८८ यात्रु काठमाडौँ भित्रिसकेका छन् । विजयादशमीमा ३९ हजार ७९८, एकादशी ४९ हजार १०, द्वादशी ६७ हजार ७२५, त्रयोदशी ७६ हजार […]


बैतडीमा जनता आवास कार्यक्रम विस्तार हुने

बैतडी, असोज १९ गते । बैतडीका साविकका थप छवटा गाविसमा जनता आवास कार्यक्रम विस्तार हुने भएको छ । साविकका पञ्चेश्वर, कोटपेटरा, रौलेश्वर, गिरेगडा, मठैराज र गुरुखोला गाविसमा जनता आवास कार्यक्रम विस्तार हुने शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बैतडीका प्रमुख प्रवीण शाहले बताउनुभयो । यसअघि जिल्लाका साविकका १५ वटा गाविसमा कार्यक्रम सञ्चालनमा रहेको […]


मतदाता १ करोड ५४ लाख; मतपत्र छपाइ कार्य सुरु

काठमाडौँ, असोज १८ गते । आगामी मङ्सिर १० र २१ गने हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सात प्रदेशका ७७ जिल्लाका १ करोड ५४ लाख २७ हजार ७३१ मतदाताले मतदानको अधिकार प्राप्त गरेका छन् । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले सातै प्रदेशको निर्वाचन क्षेत्रगत अन्तिम मतदाता सङ्ख्या स्वीकृत […]


एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच ६ बुँदे सहमति पत्रमा हस्ताक्षर; देश बनाउँन र देश बचाउँन वाम एकता आवश्यक भएकाे हाे – ओली

काठमाडौं– नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच पार्टी आगामी निर्वाचनका तालमेल गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । काठमाडौंको राष्ट्रिय सभागृहमा कार्यकर्ताले खचाखच भरिएको हलमा तीन पार्टीका अध्यक्ष हस्ताक्षर गरेका छन् । उक्त ६ बुँदे सहमति पत्रमा एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड, नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन् […]


भीमेश्वरमा क्षमापूजा गरियो, पूजाको प्रसाद राष्ट्रपति कार्यालयमा लगिने

दोलखा, असोज १६ गते । प्रसिद्ध दोलखा भीमेश्वरमा आज क्षमापूजा गरिएको छ । करिब एक साताअघि भीमेश्वरलाई एकैदिन दुईपटक पसिना आएपछि संकट टरोस् भन्दै आज क्षमापूजा गरिएको हो । राष्ट्रपति कार्यालयबाट पठाएको पूजा सामग्रीसहितले आज दोलखा भीमेश्वरमा क्षमापूजा गरिएको हो । भीमेश्वरलाई पसिना आएपछि सो पसिना पुछिएको कपास ‘महाप्रसाद’को रुपमा राष्ट्रपति कार्यालय पठाएपछि त्यहाँबाट क्षमापूजा […]


ज्येष्ठ नागरिकका अनुभव अनुकरण गर्न आह्वान; ‘ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई राष्ट्रिय विकासमा परिचालन गर्ने दीर्घकालीन नीतिको आवश्यकता’

काठमाडौँ, असोज १५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकलाई मर्यादित एवं सम्मानित गर्दै उहाँहरुको अनुभवको अनुकरण गर्न सबैसँग आह्वान गर्नुभएको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले सम्पूर्ण ज्येष्ठ नागरिकको सुख, शान्ति एवं सम्मानजनक जीवनयापनका लागि शुभकामना व्यक्त गर्नुभएको छ । “जीवनका अधिकांश समय क्रियाशील रही आफ्नो ज्ञान, सीप […]


सेवा क्षेत्रमा काम गर्नेहरुको दशैँ

नारायण अधिकारी / चितवन, असोज १३ गते । चितवनका प्रहरी प्रमुख दीपक थापाले प्रहरी सेवामा जागिर खाएको २३ वर्षमा १८ वटा दशैँ कार्यक्षेत्रमै मनाउनुभयो । पाँचवटा दशैँ भने संयुक्त राष्ट्रसंघको मिसनमा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहँदा घरपरिवारसँग मनाउने अवसर मिल्यो । थापाका अनुसार तीन वर्षको दशैँका बेला मिसनमा पाउने २५ दिनको बिदा मिलाएर उहाँ […]


वृद्धाश्रममा आफ्न्त बिनाको दशैँ

– सुशील दर्नाल / काठमाडौँ, असोज १२ गते । यति बेला नेपालीको घर–घरमा बडा दशैँको रौनक छाएको छ । बूढापाका आफन्तजनको हातबाट टीका थाप्न प्रदेशबाट स्वदेश र शहरबाट गाउँ पस्नेको लर्को लागिरहेको छ । तर सामाजिक कल्याण केन्द्र, वृद्धाश्रम (पशुपति वृद्धाश्रम)मा बस्दै आउनुभएकी ७५ वर्षीया जानुका अगस्तीलाई भने दशैँ नआए हुन्थ्यो जस्तो लाग्छ । “दुई […]


घर फर्किंदा सीमामा आइनपुग्दै लुटिन्छन् नेपाली

भीमदत्तनगर, असोज ११ गते । गतवर्ष दशँैंका लागि भारतको राजधानी दिल्लीबाट घर फर्किरहेका चितवन गितानगरका नीरबहादुर थापा पश्चिमी नाका गड्डाचौकीमा आफूसित भएको नगद र सामान लुटिएर अर्धचेत अवस्थामा नेपाल प्रहरीको सम्पर्कमा आइपुग्नुभयो । उहाँसित भएको रु ६७ हजार नगद, मोबाइल र साथमा रहेका लत्ताकपडा भारतमै लुटिएको थियो । कुरो गतवर्ष दशैँंमा घर फर्किन लागेका नीरबहादुरको […]


बाहिरिए १९ लाख; कालोबजारी गर्ने ३० पक्राउ

uकिरण भट्टराई / काठमाडौँ, असोज १० गते । काठमाडौँ उपत्यकाबाट दशँै मनाउन हालसम्म १९ लाख यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जितकारका अनुसार गत भदौ २० गतेदेखि उपत्यकाबाट बाहिरिएका यात्रुको संख्यालाई दशैँका लागि बाहिरिनेको सूचीमा राखिएको छ । उपत्यकाबाट बाहिरिनेको संख्याभन्दा भित्रिनेको संख्या भने निकै न्यून छ । बडादशैँका मुख्य दिन […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter