
काठमाडौँ, असोज ९ गते । व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समिति र अर्थ समितिले बूढीगण्डकी जलविद्युत् आयोजनामा चिनियाँ कम्पनीसँग भएको समझदारी तत्काल खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । ती समितिको आज संयुक्तरुपमा बसेको बैठकले चिनियाँ कम्पनी गुजुवासँग गरिएको समझदारी तत्काल खारेज गरेर विश्वव्यापी बोलपत्रमार्फत आयोजना अगाडि बढाउन निर्देशन दिएको हो । आयोजनाका सम्बन्धमा मन्त्रिपरिषद् र […]

काठमाडौँ, असोज ८ गते । नेपालीको महान चाड बडादशैँ नजिकिएसँगै दैनिक उपत्यकाबाट बाहिरिने यात्रुको संख्यामा वृद्धि भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा घटस्थापना सुरु भएसँगै यात्रुको बाहिरिने संख्या वृद्धि भएको हो । यात्रु उपत्यकाको नागढुंगा, जगाती, फर्पिङ र नागार्जुन नाकाबाट बाहिरिने गरेका छन् । घटस्थापनादेखि आजसम्म तीन दिनमा तीन लाख […]

काठमाडौँ, असोज ६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक व्यवस्थापछि पत्रकारिता क्षेत्रमा संख्यात्मकसँगै गुणात्मक विकास आवश्यक पर्ने बताउनुभएको छ । उहाँले अब हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदै गणतन्त्रलाई सुदृढ र राष्ट्रियतालाई एकताबद्ध बनाउने सकारात्मक वातावरण खेल्न पनि सञ्चार क्षेत्रलाई आह्वान गर्नुभयो । प्रेस काउन्सिल नेपालको ४८औँ वार्षिकोत्सवका अवसरमा आज राष्ट्रपति भवनमा आयोजित पुरस्कार वितरण […]

चितवन, असोज ५ गते । संस्कृतिको संरक्षण र धार्मिक पर्यटन विकासका लागि चितवनको पटिहानीमा विधिपूर्वक फूलपाती भित्र्याइने भएको छ । धार्मिक पर्यटकीय क्षेत्र पटिहानीस्थित छितामाई मन्दिरमा गोरखाबाट ल्याएर विधिपूर्वक फूलपाती भित्र्याउन लागिएको हो । आज घटस्थापनाको दिनमा दुर्गा भवानीको मन्दिर स्थापना गरी पूजा आरम्भ गरिएको छितामाई तथा दुर्गापूजा एवं दशैँ सांस्कृतिक मेला प्रचार समितिका संयोजक […]

नारायण काफ्ले / काठमाडौँ, असोज ४ गते । चुनिएको चार महिनापछि स्थानीय तहका जनप्रतिनिधिले दैनिक कार्यसञ्चालन गर्न पाउने कानुन पाएका छन् । स्थानीय सरकार गठन भए पनि अहिले दैनिक कार्यसञ्चालन मन्त्रालयको निर्देशिकाको भरमा चलेको छ । स्थानीय न्यायपालिका र विधायिकाले पनि आफ्नो काम सुरु गर्न सकेका थिएनन् । संसद््ले मङ्गलबार पारित गरेको स्थानीय तह सञ्चालनसम्वन्धि […]

कालिका खड्का, काठमाडौँ, असोज ३ गते । संविधानसभाबाट जनताले आफूले चुनेर पठाएका जनप्रतिनिधिबाट संविधान लेखनको काम पूरा गरी जारी भएको आज दुई वर्ष पुगेको छ । नेपालको इतिहासमै जनताले अनुभूति गर्ने यो पहिलो संविधान हो । सातौँ संविधान मात्र नेपाली जनताले मतदान गरी पठाएका प्रतिनिधिबाट निर्माण गरिएको समावेशी र समानुपातिक पद्धति अवलम्बन गरेको संविधान हो […]

चितवन, असोज २ गते । देशका प्रमुख चार पर्यटकीय शहरलाई हवाई यातायातले जोडिएसँगै पर्यटन व्यवसायी उत्साहित भएका छन् । प्रमुख पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी हवाई यातायातले जोडेको छ । काठमाडौँबाट तीन वटा शहरमा हवाई यातायात सुविधा भए पनि एक शहरबाट अर्काे शहरमा सिधा हवाई सेवा थिएन । अहिले पोखरा–भरतपुर र पोखरा–भैरहवा हवाई […]

काठमाडौँ, असोज १ गते । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिन यही असोज ३ गते २० सदस्यीय उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुहुने भएको छ । प्रधानमन्त्री देउवाले यही सेप्टेम्बर २३ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले सोही […]

काठमाडौँ, भदौ ३१ गते । असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ ।निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै सुरक्षा तयारी पूरा भएको मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए ।सुरक्षा व्यवस्थामा कहीँकतै कमाजोरी नहुनेमा आश्वस्त पार्दै उहाँले ढुक्क भएर निर्वाचनमा मतदाता […]

काठमाडौँ, भदौ ३० गते । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई धुलो व्यवस्थापनलगायत वातावरणीय संरक्षणमा काम गर्न परिपत्र जारी गरेको छ । मन्त्रालयले आज महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई तत्कालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने काम एवम् प्रदूषण नियन्त्रण गर्नका लागि अन्य उपायसम्बन्धी दशबुँदे परिपत्र जारी गर्दै सवारी साधनबाट निस्कने धुवाँ व्यवस्थापन […]