
काठमाडौँ, १२ माघ । सांसदहरुले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न तथा भूकम्पपीडितलाई आवास निर्माणका लागि दोस्रो किस्ताको रकम वितरण गर्न ढिलाइ नगर्न सरकारसित माग गर्नुभयो । व्यवस्थापिका संसद्को आजको बैठकको विशेष समयमा उहाँहरुले संविधानको प्रावधानअनुसार एक वर्षभित्र तीन तहको निर्वाचन हुन्छ की हुँदैन ? के कारणले निर्वाचनको तिथिमिति घोषणा गर्न छेक्यो ? भन्ने प्रश्न […]

काठमाडौँ, ११ माघ । सरकारले रोजगारीका लागि विदेशिने कामदारको स्वास्थ्य बिमावापतको रकम दोब्बर बनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य बिमावापतको रकम २० लाख रुपैयाँ बनाउने घोषणा गरेका हुन्। यसअघि सरकारले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई स्वास्थ्य बिमावापत १० लाख रुपैयाँ उपलब्ध गराउँदै आएको थियो। प्रधानमन्त्री प्रचण्डले घोषणा गरेको २० […]

काठमाडौँ, १० माघ । पाँच प्रकारका घटना दर्तालाई विद्युतीय (डिजिटल) प्रविधिमा लैजान सरकारलाई विश्व बैंकले १५ करोड अमेरिकी डलर (करिब रु १६ अर्ब ३७ करोड) ऋण सहायता प्रदान गर्ने भएको छ । सोमबार अर्थमन्त्रालयमा यससम्बन्धी सम्झौतापत्रमा मन्त्रालयका सचिव डा शान्तराज सुवेदी र विश्व बैंकका देशीय प्रबन्धक ताकुया कामाताले हस्ताक्षर गरे । सो अवसरमा सचिव सुवेदीले […]

मेलम्ची, ९ माघ । सिन्धुपाल्चोक जिल्लाका भूकम्पपीडित चिसोले कष्टकर जीवन विताउन बाध्य हुनका साथै निमोनियाको सिकार बन्दै गइरहेका छन् । विनाशकारी भूकम्प गएको २१ महिना बितिसक्दासमेत जिल्लाका अधिकांश पीडित टहरो, टेन्ट तथा चिसो जमिनमा दिनरात बिताइरहेका छन् । टहरोको चिसो तथा शीत चुहिने छिँडीमा रात कटाउन भूकम्पपीडित बाध्य छन् जसका कारण चिसोले लाग्ने निमोनियाजस्ता विभिन्न […]

पूर्णप्रसाद मिश्र / काठमाडौँ– काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको महसुल नतिर्ने ग्राहकलाई मेलम्चीको पानी वितरण नगरिने भएको छ । लिमिटेडको रु दुई अर्ब १२ करोड पाँच लाख महसुल उठ्न बाँकी छ । महसुल नतिरेका ग्राहकलाई व्यक्तिगत रुपमा पत्र लेखी छिटो महसुल तिर्न सूचित गरिएको लिमिटेडका महाप्रबन्धक डा महेशकुमार भट्टराईले जानकारी दिए। विसं २०७४ असोजभित्र मेलम्चीको पानी उपत्यकामा […]

डडेल्धुरा, ६ माघ । स्थानीय अशिग्राम गाविसको भेटा गाउँका १५ घर परिवार मुक्त हलिया साहुबाट मुक्त भएपछि जङ्गलको बास भएका छन् । साहुबाट मुक्त भए पनि पुनःस्थापना नगर्दा नहुँदा भेटा गाउँका मुक्त हलिया पाँच वर्षदेखि जङ्गलमा बस्न बाध्य भएका हुन् । पाँच वर्षका लागि डडेल्धुरा जिल्ला वन कार्यालयले उपलब्ध गराएको कबुलियती वनमा १५ घर परिवार […]

सिबी अधिकारी काठमाडौँ, ५ माघ । सूचना, सञ्चार तथा प्रविधिमा तीव्रगतिमा फड्को मारिरहेको मुलुकको दूरसञ्चार क्षेत्रले मोबाइल इन्टरनेटमा चौथो पुस्ताको सेवा फोर जी सेवालाई देशभर विस्तार गर्ने भएको छ । नेपाल टेलिकमले हाल राजधानी काठमाडौँसहित पोखरामा सुरु गरेको (चौथो पुस्ता दूरसञ्चार प्रविधि) फोर जीलाई क्रमशः प्रमुख सहर हुँदै देशैभर सेवा विस्तार गर्ने तयारी गरेको हो […]

रमेश लम्साल / काठमाडौँ, ४ माघ । विगत ११ वर्षदेखि विभिन्न बहानामा रोकिँदै आएको खिम्ती– ढल्केबर प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । उत्त प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भई परीक्षण प्रसारण समेत सुरु गरिएको छ । विश्व बैंकको सहयोगमा निर्माण सुरु भएको सो आयोजना सन् २००९ मा सम्पन्न हुनुपर्ने थियो । जग्गा प्राप्ति, […]

आवुधावी, २ माघ । नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवुधावीमा रहेका नेपालीहरुसँग अन्तरक्रिया गरेका छन् । दशौं विश्व भविष्य उर्जा सम्मेलनमा भाग लिन युएई आई पुग्नुभएका प्रधानमन्त्रीले आवुधावीमा रहेको नेपाली दुताबासमा नेपालीहरुसँग अन्तरक्रिया गरेका हुन् । नेपालीहरुसँगको अन्तरक्रियामा प्रधानमन्त्रीले भने, –‘राजनीतिक रुपमा राष्ट्रिय एकताका लागि संविधान कार्यान्वयन, आर्थिक रुपमा पूर्वाधार निर्माण र समृद्धिमा सरकारले […]

काठमाडौं, २ माघ । कार्यबाहक प्रधानमन्त्री विमलेन्द्र निधिले भूकम्पको पुनःनिर्माणको कामलाई सरकारले तीव्रता दिने बताएका छन् । काठमाडौँ महानगरपालिकाले आइतबार १९ औं भूकम्प स्मृति दिवस’का अवसरमा आयोजना गरेको श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै पुनःनिर्माणको कामलाई तीव्रता दिनका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको बताए । उनले भूकम्पबाट जोगिनका लागि जनचेतनामूलक कार्यक्रम आवश्यक […]