
काठमाडौँ, २३ कात्तिक । नेपाल एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगितामा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको कुचिङस्थित सारावाक रङ्गशालामा भर्खरै सम्पन्न समूह चरणको अन्तिम खेलमा ब्रुनाईलाई ३–० को फराकिलो अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालको जितमा नवयुग श्रेष्ठ, भरत खवास र विमल घर्ती मगरले समान एक–एक गोल गरे । […]

गोपाल प्रसाद पोखरेल / मोरङ, २३ कात्तिक । दृष्टिविहीन रहनुभएका मोरङको उर्लाबारीका बालकुमार तामाङलाई कम्प्युटर चलाउन सक्छु भन्ने विश्वास थिएन । उहाँ आफैँले केही वर्षअघि कम्प्युटर सिक्ने इच्छा त राख्नुभयो, तर दृष्टिविहीनलाई सिकाउने व्यवस्था नहुँदा उहाँको इच्छा अधुरै रह्यो । तर, मोरङको राजघाटस्थित ग्रामीण अपाङ्ग सेवा सङ्घले एक्काइसौँ शताब्दीमा कम्प्युटरसँग खेल्ने उहाँको इच्छालाई साकार बनाइदियो […]

पोखरा, २२ कात्तिक । मेहनत गरे स्वदेशमै पनि कमाउन सकिन्छ भन्ने उदाहरण कास्कीको लेखनाथ नगरपालिका–१७ खैरेनीका नीलकण्ठ पौडेलले गर्नु भएको गाईपालन व्यवसाय नै एक उदाहरण बनेको छ । उहाँले दूध बेचेर मासिक रु एक लाख आम्दानी गर्दै आउनुभएको छ । ‘खैरेनी कृषि फार्म’ दर्ता गरी विगत सात वर्षदेखि यस व्यवसायमा लाग्नुभएका पौडेलले दैनिक ११० लिटर […]

जनकपुरधाम, २२ कात्तिक । आस्थाको महापर्व छठअन्तर्गत व्रतालुले आज यहाँ उदाउँदो सूर्यलाई अर्घ दिइ पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ । व्रतालुले यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, विहारकुण्ड, […]

जनकपुरधाम, २१ कात्तिक । आस्थाको महापर्व छठअन्तर्गत आज तेस्रो दिन व्रतालुले यहाँ अस्ताउँदो सूर्यलाई अर्र्घ अर्पण गरी पूजाअर्चना गरेका छन् । यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर, धनुषसागर, अरगजा, रत्नसागर, महाराजसागर, विषहर, मुरलीसर, अग्निकुण्डलगायतका पोखरीमा अर्घ सामग्री लिई सूर्यलाई पूजाअर्चना गरेका हुन् । अर्र्घ सामग्रीमा ठकुवा, कसार, केरा, उखु्, मेवा, मिष्ठान, गेडागुडी, कन्दमूल र विभिन्न वनस्पति […]

काठमाडौँ, २१ कात्तिक । छठ पर्वको मुख्य दिन आज आइतबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको […]

काठमाडौँ, २० कात्तिक । नेपाल मेडिकल काउन्सिलले चालु शैक्षिकसत्रका लागि शुक्रबार मेडिकल कलेजको एमबिबिएस र बिडिएस (डेन्टलतर्फ)को सिट सङ्ख्या निर्धारण गरेको छ । काउन्सिलको बिहीबार र शुक्रबार बसेको बैठकले एमबिबिएसमा अधिकतम ११५ सिट र बिडिएसमा अधिकतम ५० सिट तोक्ने निर्णय गरेको छ । यसपटकको सिट सङ्ख्या निर्धारण माथेमा आयोगको प्रतिवेदनअनुसार सिटको अधिकतम सङ्ख्या निर्धारण गरिएको […]

धनगढी, २० कात्तिक । बझाङग जिल्लामा पर्ने सैपाल हिमश्रृङ्खलाको उराई भञ्ज्याङ नाकालाई आवागमनका लागि अन्तराष्ट्रिय नाका बनाउन माग गर्दै हस्ताक्षर अभियान थालिएको छ । नेपाल पर्वतारोहण संघ सैपाल हिमाल शाखा बझाङ र नाटटा सुदूरपश्चिम संघ लगायतका सङघसंस्थाको संयुक्त पहलमा थालिएको हस्ताक्षर अभियान शुक्रवार धनगढीमा पनि गरियो । अभियानको समर्थन गर्दै शुक्रवार यहां आयोजित कार्यक्रममा भौतिक […]

पोखरा, १९ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपालको विकास र शान्तिको यात्रामा भारत सँगसँगै सहकार्य गरेर अघि बढ्ने बताउनुभएको छ । नेपाली भारतीय भूतपूर्व सैनिकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले नेपाल र भारतबीचको सम्बन्ध आगामी दिनमा अझै मजबुत बनाउनुपर्ने धारणा राख्नु भयो । पोखराको सुन्दर नगरीमा आउन पाएर भूतपूर्व गोरखा सैनिकलाई भेट्न पाउँदा आफू […]

कृष्ण दर्नाल / पाल्पा, १९ कात्तिक । पछिल्ला वर्षमा पाल्पा चलचित्र छायाङ्कन गर्ने केन्द्र बन्न थालेको छ । ग्रामीण परिवेशसहित रमणीय क्षेत्रका रुपमा रहेको पाल्पालाई चलचित्र छायाङ्कनका लागि रोज्न थालेपछि यहाँका सुन्दर स्थल देश तथा विदेशका मानिसले समेत हेर्ने अवसर पाउने भएका छन् । पहाडी जिल्ला पाल्पामा कथावस्तुले मागेजस्तै गरी आवश्यक चलचित्र छायाङ्कन गर्न सहज […]