एक्सक्लुसिभ समाचार

स्कुलमा तरकारी खेतीबाट १० कराेड अाम्दानी !

काठमाडौँ, असार ३१ गते । देशभरका प्राथमिक तथा आधारभूत विद्यालयमा खाली रहेका आठ आना जग्गामा करेसाबारी तरकारी खेती गर्दा रु. १० करोड ५० लाख आम्दानी लिन सकिन्छ । मुलुकभर ३५ हजार प्राथमिक तथा आधारभूत विद्यालय रहेका छन् । आठ आना जग्गाका दरले हिसाब गर्ने हो भन्ने मुलुकभर ८७ हेक्टर अर्थात् एक हजार ७५० रोपनी जमिनमा […]


एनसेलसँग कर असुलउपर गर्न संसदीय समितिको निर्देशन’

काठमाडौँ, असार २९ गते । व्यवस्थापिका–संसद् सार्वजनिक लेखा समितिले निर्धारण भएको एनसेलको पूँजीगत लाभकर तत्काल असुलउपर गर्न अर्थमन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले ठूला करदाता कार्यालयले यही असार १३ गते एनसेलको लाभकर रु ६० अर्ब ७१ करोड निर्धारण गरेकाले सो रकम तत्काल असुल गरी त्यसको जानकारी समितिलाई गराउन निर्देशन दिएको हो । समितिले […]


सिंहदरबारको अधिकार गाउँमा लैजाने विधेयक नआएको सांसदको धारणा

काठमाडौँ, असार २८ गते । स्थानीय तह निर्वाचन पूर्व सबैजसो दलले आफ्नो घोषणापत्रमा ‘सिंहदरबारको अधिकार गाउँमा’ लाने उल्लेख गरेका थिए । नयाँ संविधानअनुकूल अधिकारसम्पन्न स्थानीय तहलाई व्यवस्थापन र सञ्चालन गर्ने सम्बन्धमा व्यवस्थापिका–संसद्मा प्रस्तुत विभिन्न विधेयकले उल्टै ती तहको अधिकार सङ्कुचित बनाउने काम गरेको टिप्पणी तीनै दलका सांसदहरुले गर्नुभएको छ । संसद्को आजको बैठकमा सैद्धान्तिक छलफल […]


कैलालीमा ८५ प्रतिशत धान रोपाइँ

धनगढी, असार २७ गते । कैलालीमा सोमबारसम्म ८५ प्रतिशत धान रोपाइँ पूरा भएको छ । यस वर्ष मनसुन असार १५ गते पछि मात्र सक्रिय हुँदा रोपाइँ ढिलो गरी सुरु भएको जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत कोमल शाहीले बताउनुभयो । जिल्लामा ७२ हजार ४०० हेक्टर जग्गामा वर्षे धानबालीको खेती हुने गरेकामा आधा भन्दा बढी […]


होमस्टे सञ्चालनमा नआउँदा पर्यटक घटे

भीमेश्वर (दोलखा), असार २६ गते । भूकम्पपछि बन्द भएका होमस्टे (घरबास) सञ्चालन नआउँदा भीमेश्वर मन्दिर दर्शनका लागि आउने स्वदेशी तथा विदेशी पर्यटकमा कमी आएको छ । भूकम्पले घरमा क्षति पु¥याएपछि ऐतिहासिक र धार्मिक महत्व बोकेको भीमेश्वर मन्दिरवरपर भएका ३० वटा होमस्टे सञ्चालनमा आउन सकेका छैनन् । सो मन्दिरमा शनिबार र मङ्गलबार भक्तजनको घुइँचो लाग्ने गर्दछ […]


ताप्लेजुङ अलैंची बिरूवामा आत्मनिर्भर

चन्द्र पन्दाक / ताप्लेजुङ, असार २६ गते । ताप्लेजुङ जिल्ला अलैंचीको बिरुवामा आत्मनिर्भर बनेको छ । पछिल्लो वर्ष जिल्लाका किसान आफैँले नर्सरीमार्फत गुणस्तरीय बिरुवा उत्पादन गर्न थालेसँगै अलैंची बिरुवाका लागि जिल्ला आत्मनिर्भर बनेको हो । गएको वर्षदेखि बिरुवाका लागि आत्मनिर्भर मात्र नभई अलैंची बिरुवा जिल्ला बाहिर पठाउन सक्ने क्षमतासमेत ताप्लेजुङले बनाएको छ । करिब तीन […]


बूढीगण्डकी प्रभावित थप ३१५ जनालाई मुआब्जा दिइने

गोरखा, असार २२ गते । बाह्रसय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणबाट पानीको सतहले डुबाउने अनुमान गरिएका गोरखाका विभिन्न गाउँका प्रभावित बासिन्दालाई जग्गाको मुआब्जा वितरणका क्रममा ३१५ जना थपिएका छन् । मुआब्जा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार यसअघि ५८३ जनालाई मुआब्जा रकम दिइसकिएकामा ३१५ जना थपिएको हो। प्रभावितलाई राष्ट्रिय वाणिज्य बैंकमा […]


सत्ताइस जिल्लाका ३०७ स्थानीय तहको मतपरिणाम घोषणा 

काठमाडौँ, असार २१ गते । दोस्रो चरणअन्तर्गत भएको निर्वाचनमा हालसम्म ३०७ स्थानीय तहका मतपरिणाम घोषणा भएको छ । सो निर्वाचन यही असार १४ गते तीनवटा प्रदेशअन्तर्गत ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि मतदान भएको थियो । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) का अनुसार प्रदेश नम्बर १ का ११९, प्रदेश नम्बर ५ का […]


ऐन, कानुन उपलब्ध गराउन र निर्वाचनको मिति तोक्न सरकारलाई आयोगको आग्रह

काठमाडौँ, असार २० गते । निर्वाचन आयोगले प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अत्यावश्यक पूर्वाधारका रूपमा रहेको कानुन तथा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन उपलब्ध गराउन सरकारलाई पत्राचार गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आयोगमा आज बसेको बैठकले गृह मन्त्रालयमार्फत सरकारलाई उक्त विषयको पत्र पठाउने निर्णय गरेको […]


२५७ स्थानीय तहमा नेकपा एमालेको सुरूदेखिकै अग्रता कायमै —कसले कति जिते (सूचीसहित)

काठमाडौँ, असार १९ गते । दोस्रो चरणको स्थानीय चुनाव भएका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये सोमबार साँझ ८ बजेसम्म २ सय ५७ तहको आधिकारिक परिणाम सार्वजनिक भएको छ । चुनावी नतिजामा नेकपा एमालेले सुरूदेखिकै अग्रता कायमै राखेको छ । अहिलेसम्म ३५ मध्ये २० जिल्लाका सबै स्थानीय तहको मतणना सकिइसकेको छ । एमालेको फराकिलो […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter