एक्सक्लुसिभ समाचार

३५ जिल्लाका ३३४ स्थानीय तहका लागि उम्मेदवारी दर्ता

स्थानीय तहको दोस्रो चरण निर्वाचनअन्तर्गत आगामी १४ असारमा हुने मतदानका लागि राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले अाज उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचनका आयोगको कार्यतालिकाअनुसार बिहान ८ देखि उम्मेदवारी दर्ता सुरु भएकाे थियाे । उम्मेदवारी दर्ताकाे लागि अपराह्न चार बजेसम्मकाे समय तय गरिएकाे थियाे । दोस्रो चरणमा १, ५ र ७ नम्बर प्रदेशका ३५ जिल्लाका […]


मनोनयन दर्ताका लागि सम्पूर्ण तयारी पूरा – निर्वाचन आयोग

काठमाडौँ, असार ३ गते । निर्वाचन आयोगले असार १४ गते बुधबार हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि भोलि आइतबार हुने उम्मेदवार मनोनयनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । दोस्रो चरणको ‘स्थानीय तह निर्वाचन’को तयारीका विषयमा आयोगको मिडिया सेन्टरमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भन्नुभयो –आइतबारको उम्मेदवारी […]


डिजेल, पेट्रोल, मट्टितेल प्रतिलिटर डेढ रुपैयाँ घट्यो

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगम प्रवक्ता सीताराम पोख्रेलका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ पचास पैसा मूल्य घटाइएको हो । घटेको मूल्य शुक्रबार रातिबाट लागू हुनेछ । उनका अनुसार नयाँ मूल्य कार्यान्वयनमा आएपछि उपभोक्ताले पेट्रोल एक सय रुपैयाँ र डिजेल तथा मट्टितेल ७६ रुपैयाँ प्रतिलिटरमा उपभोक्ताले खरिद गर्न सक्नेछन् […]


दोस्रो चरणको निर्वाचनको मनोनयन दर्ता दुईदिन पछि; प्रदेश नं. २ को निर्वाचन २ असोजमा गर्ने मन्त्रिपरिषद्को निर्णय

लक्की चौधरी / काठमाडौँं, असार १ गते । असार १४ गतेका लागि तोकिएको स्थानीय तह दोस्रो चरणको निर्वाचनको मनोनयन दर्ता दुईदिन पछि सारिएको छ । यसअघि असार २ गतेका लागि तोकिएको मनोनयन दर्ता अब असार ४ गते हुने भएको छ । सिंहदरवारमा विहीबार निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफल पछि बसेको मन्त्रिपरिषदको बैठकले नयाँ समय अनुमोदन गरेको […]


पचास वर्षमा पनि महिला रक्तदाताको सङ्ख्या न्युन

काठमाडौँ, जेठ ३१ गते । ‘रगतदान गरौँ, अहिले गरौँ, समय समयमा गरौँ’ भन्ने नाराका साथ रगत र रगत तत्वको महत्व, रक्तदान गर्न आम समुदायलाई थप उत्प्रेरणा जगाउन विविध कार्यक्रम आयोजना गर्दै नेपालमा १३औँ विश्व रक्तदाता दिवस आज मनाइँदैछ । रक्त समूह पत्ता लगाउने वैज्ञानिक डा कार्ल ल्यान्डस्टिनरको जन्मदिन जुन १४ को सम्झनामा विश्व स्वास्थ्य सङ्गठनको […]


गृहमन्त्री शर्मा र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल; निर्भिक, अठोट र सुझबुझका साथ अनुगमन गर्न निर्देशन

काठमाडौँ, जेठ ३० गते । आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन गर्ने विषयमा केन्द्रित रहेर गृहमन्त्री जनार्दन शर्मा र प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसहितका आयुक्तबीच आज निर्वाचन आयोगमा छलफल भएको छ । निर्वाचनका लागि गृह मन्त्रालयबाट तयार पारिएकोे सुरक्षा व्यवस्था तथा निर्वाचनको तयारीबारे आयोगबाट भएका प्रगतिका वारेमा […]


महिला हिंसा अन्त्य गर्न सबै एकजुट हुनुपर्ने – राष्ट्रपति भण्डारी

काठमाडौँ, जेठ २८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला हिंसा अन्त्य गर्न सबै एकजुट हुनुपर्ने बताउनु भएको छ । महिला सुरक्षा दबाब समूह नेपालको २५औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित महिला सम्मान तथा सहाना प्रधान विशेषाङ्क लोकार्पणमा उहाँले मुलुकको विभिन्न ठाउँमा अझ पनि छाउपडी दाइँजो लगायतका कारण महिला हिंसा हुने गरेको भन्दै यसको निरुपण आजको […]


आचार संहिताविपरीत कुनै क्रियाकलाप नगर्न आयोगको निर्देशन

काठमाडौँ, जेठ २७ गते । दोस्रो चरणको स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आचार संहिताविपरीत हुने कुनैपनि क्रियाकलाप नगर्न निर्देशन दिएको छ । निर्वाचन आयुक्त सुधीरकुमार शाहको अध्यक्षतामा आज बसेको निर्वाचन आचार संहिता समितिको बैठकले निर्वाचन चिह्न अङ्कित टिसर्ट, टोपी, झोलालगायतका जिन्सी समान मतदातालाई वितरण नगर्न÷नगराउन निर्देशन दिने निर्णय भएको […]


निर्वाचनमा सहभागी बन्न मधेस केन्द्रित दललाई प्रधानमन्त्रीको आग्रह; देउवा सरकारबाट संविधान कार्यान्वयन र निर्वाचन सम्पन्न हुने विश्वास

काठमाडौँ, जेठ २६ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको सर्वस्वीकार्यता बढाएर स्थानीय तहको दोस्रो चरणको निर्वाचन गराउने योजनामा सरकार रहेको बताउनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा विशेष समय लिएर बोल्नु हुँदै प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि प्रमुख प्रतिपक्षी दलको समेत सहमतिमा संविधान संशोधन प्रक्रिया अगाडि बढाइने वचनबद्धता प्रकट गर्नुभयो । भरतपुर महानगरपालिकामा मात्रै […]


तीन तहको निर्वाचन मुख्य प्राथमिकता : प्रधानमन्त्री देउवा

काठमाडौँ, जेठ २५ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले तीनवटा निर्वाचन आफ्नो सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घले दोस्रो चरणको स्थानीय तहको निर्वाचनको पूर्व सन्ध्यामा आज पार्टी कार्यालय सानेपामा आयोजना गरेको ‘स्थानीय निर्वाचन परिचालन’ विषयक अभिमुखीकरण कार्यक्रम’मा प्रधानमन्त्री देउवाले दोस्रो चरणको निर्वाचनमा लाग्न सबैलाई आग्रह गर्नुभयो । नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter