एक्सक्लुसिभ समाचार

जापानी सीप नेपालमा सदुपयोग

काठमाडौँ, साउन २१ गते । नेपाली उद्यमीले जापानी स्वादमा गत साताबाट जापानीज बेकरी एण्ड क्याफे सञ्चालनमा ल्याएका छन् । नौ वर्ष जापानमा काम गरेका काभ्रे पनौती निवासी, नीरञ्जन अधिकारीको सो बेकरी व्यवसाय र उद्योग एकैपटक सञ्चालनमा आएको हो । नौ वर्ष अनुभव प्राप्त अधिकारीले अन्ततः सिकेको सीप स्वदेशमा उपयोग गरेका छन् । बेकरी उद्योगमा तीन […]


कर्मचारीलार्इ खुशीकाे खबर – सुत्केरी बिदा छ महिनासम्म पु¥याउने

काठमाडौँ, साउन २० गते । स्वास्थ्य मन्त्रालयले सुत्केरी बिदा छ महिनासम्म पु¥याउन तीव्र पहल शुरु गरेको छ । जागिरे सुत्केरी आमा तथा नवजात शिशुको समग्र स्वास्थ्यमा थप सुधारको आवश्यकता महसुस गरेर मन्त्रालयले सुत्केरी बिदा छ महिनासम्म पु¥याउने पहल गरेको हो । हाल निजामती ऐनमा महिलालाई सुत्केरी बिदा ६० दिन र पुरुषलाई सुत्केरी स्याहार बिदा १५ […]


‘सार्क प्रक्रियालाई सुदृढ बनाउनुपर्छ’

काठमाडौँ, साउन १९ गते । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव अमजद हुसेन बी सियालले विकास–निर्माण, गरिबी निवारण, शिक्षा–स्वास्थ्यजस्ता परियोजनामा केन्द्रित भएर सार्क प्रक्रियालाई सुदृढ तुल्याउन सकिने बताउनुभएको छ । नेपाल विश्व सम्बन्ध परिषद्ले आज ललितपुरमा आयोजना गरेको ‘सार्क प्रक्रियालाई नवजीवन’ विषयक प्रवचनमा उहाँले दक्षिण एसियाको आर्थिक एकीकरण तथा जल, स्थल र वायुमार्गबाट […]


चौबीस हजार पर्यटक कन्याममा; पर्यटकको गन्तव्यस्थल बन्दै रामपुरको ‘शान्तिदीप पार्क’

इलाम, साउन १८ गते । गत आर्थिक वर्ष २०७३÷७४ मा इलाम भित्रिएका ६६ हजार पर्यटकमध्ये २४ हजारले पर्यटकीयस्थल कन्यामको भ्रमण गरेका छन् । यहाँ भित्रिने अधिकांश पर्यटकको रोजाइमा कन्याम पर्ने गरेको छ । मनोरम चिया बगान, हरियाली, शीतलतासँगै सुन्दरताले भरिपूर्ण कन्याममा पर्यटकको चाप बढेको कन्यामका स्थानीय बासिन्दा काजीमान कागते बताउनुहुन्छ । सूचना केन्द्र जोरकलशका गगन […]


स्थानीय तहमा पन्ध्र दिनमा ऐन आउँछः उपप्रधानमन्त्री गच्छदार

काठमाडौँ, साउन १७ गते । सरकारले स्थानीय तह सञ्चालनका लागि १५ दिनभित्र ऐन ल्याउने तयारी गरेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आज यहाँ आयोजना गरेको सफा सहर घोषणा एवम् पुरस्कार वितरण कार्यक्रममा उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले उक्त जानकारी गराउनुभएको हो । मन्त्री गच्छदारले भन्नुभयो, “स्थानीय तह […]


बढ्दै मौसमी रुघाखोकीका बिरामी

काठमाडौँ, साउन १६ गते । राजधानीलगायत देशका अन्य भागमा मौसमी रुघाखोकी (इन्फ्लुएन्जा भाइरस)का बिरामीको संख्या बढेको छ । दुई महिनाको अवधिमा दुईजना बिरामीको मृत्यु भएको छ । इन्फ्लुएन्जा भाइरस टाएप ‘ए’ को (एच१एन१) भाइरसबाट संक्रमित बिरामीको संख्या बढेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । सुरुमा यसको भाइरस सुँगुरबाट सर्ने भएकाले स्वाइनफ्लु अहिले यसमा […]


राष्ट्रिय गौरवका आयोजना समयमा सक्न निर्देशन

काठमाडौँ, साउन १५ गते । व्यवस्थापिका–संसद्, विकास समितिले राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमा सम्पन्न गर्ने कानूनी व्यवस्था मिलाउन निर्देशन दिएको छ । समितिले आज आयोजना गरेको वीरगञ्ज, जनकपुरलगायत शहरमा एसियाली विकास बैँंकको सहयोगमा सञ्चालित एकीकृत शहरी विकास कार्यक्रमको विद्यमान अवस्था, समस्या र समाधान विषयको छलफलपछि यस्तो निर्देशन दिएको हो । कानूनमा जतिसुकै ठेक्काका जिम्मेवारी लिए […]


खै कसरी सिंहदरबार घरघरमा पुग्ला

राधा चालिसे / काठमाडौँ, साउन १४ गते । पहिलो र दोस्रो चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका उपप्रमुखदेखि गाउँपालिकाका उपाध्यक्ष पदमा निर्वाचित महिला जनप्रतिनिधि यतिखेर संविधानले तोकेका आफ्ना जिम्मेवारी सुरु गर्न नसकेकोमा चिन्तित छन् । स्थानीय निकाय सञ्चालनसम्बन्धी कानुन नबन्दा काम सुरु गर्न नसकेको उनीहरूको गुनासो छ । पहिलो चरणमा निर्वाचित जनप्रतिनिधिले […]


मानवीय कारणले सर्प लोप हुँदै

रत्ननगर (चितवन), साउन १३ गते । वातावरण सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको सर्प पछिल्लो समयमा लोप हुँदै गइरहेको छ । मानवीय कारण नै सर्प लोपोन्मुख बन्दै गएको अनुसन्धानकर्ताले बताएका छन् । आज नागपञ्चमी पर्व हिन्दूहरुले घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरेर धुमधामसंग मनाइरहँदा पनि सर्प देख्नेबित्तीकै मार्ने प्रवृत्ति कायमै छ । “सर्पले […]


‘स्थानीय तह सञ्चालनसम्बन्धी कानून तत्काल दिनुस्’

काठमाडौँ, साउन १२ गते । स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानून निर्माणबारे जानकारी गराउन थालिएको छ । नेपाल कानून समाजले पहिलो चरणमा स्थानीय शासन विधेयक, २०७३ र स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश निर्माण र कार्यान्वयबारे जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्य आज ललितपुरबाट शुरु गरेको हो । कार्यपालिका, व्यवस्थापकीय र […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter