एक्सक्लुसिभ समाचार

वन्यजन्तु संरक्षणमा बर्दियाका युवाको उदाहरणीय काम (आलेख)

कल्पना पौडेल / बर्दिया, २१ पुस । खाता क्षेत्र जैविक मार्ग, हरियाली बनाऔँ है, वन्यजन्तु हिँड्ने बाटोमा बाधा नपु¥याऔँ है, इन्डियाको बघिनी नेपालमा आउने, नेपालको बाघसँग मायाप्रीति लाउने । उनीहरूको मायाप्रीति नछुटाऊँ है, वन्यजन्तु हिँड्ने बाटोमा बाधा नपु¥याऊँ है..!’ बर्दिया खाता जैविक मार्गका भदयी थारुले वन्यजन्तु संरक्षणमा लागेका युवालाई उत्साहित गर्न गाउने गीत हो यो […]


देख्नेले पनि दृष्टि विहीनको अनुभूति गरेपछि…..

हरि बास्तोला / पोखरा, २० पुस । झट्ट सुन्दा अचम्म पनि लाग्न सक्दछ, विभिन्न कारणले दृष्टि गुमाएकाको दिनचर्या र भोगाइलाई आज पोखराका विभिन्न कार्यालय प्रमुख, प्रतिनिधि एवम् सर्वसाधारणले केही समय भए पनि अनुभूति गरेका छन् । विश्व ‘ब्रेल दिवस तथा २०८ औँं लुइब्रेल’ जयन्तीका अवसरमा सामाजिक जागरणका लागि नारी अभियानद्वारा यहाँ आयोजित अँध्यारो यात्राका सहभागीले […]


गाउँमै आकर्षक आम्दानी

कमल खत्री / म्याग्दी, १९ पुस । स्वदेशमा रोजगारीको अवसर नदेखेर घरखर्च जुटाउनकै लागि विदेश जानेको सङ्ख्या बढ्दो छ । वैदेशिक रोजगारीले जिल्लाका अधिकांश गाउँ युवाविहीन बनिरहेका छन् । अर्कोतर्फ मेहनत र परिश्रम गरे रोजगारीका लागि विदेशमा मात्रै होइन स्वदेशमा पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण यहाँका केही कृषक बन्न थालेका छन् । करिब […]


स्वास्थ्य सेवामा सहयोगी हात बढाउँदै जापानी स्वयम्सेवीहरु (आलेख)

हरि लामिछाने / सिन्धुली, १८ पुस । “नेपाल मेरो दोस्रो गाउँ हो, यहाँ सबैले माया गर्नुहुन्छ, जापानमा यस्तो माया पाएको थिइनँ,” दुई वर्षअघि नेपालमा स्वयम्सेवी भएर आएकी जापानी परिचारिका कानाको कोनले परराष्ट्र, अर्थ, गृह, शिक्षा र जाइकाका प्रतिनिधिलाई यसरी आफ्ना अनुभव सुनाइन् । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले निर्माण गरेको सिन्धुली सडक करिडोरमा पर्ने स्थानहरुमा […]


पोखरामा भूकम्पपछि पहिलोपटक शतप्रतिशत पर्यटक

वासुदेव पौडेल / पोखरा, १७ पुस । गत वर्षको भूकम्पपछि भरिन नसकेका पोखराका होटल अङ्ग्रेजी नयाँ वर्ष २०१७ को अवसरमा यतिखेर शतप्रतिशत भरिभराउ भएका छन् । आन्तरिक पर्यटकले जेनतेन थेग्दै गए पनि शतप्रतिशत पु¥याउन नसकिएको अवस्थामा यस पटक भने नयाँ वर्षको आगमनको दुई दिनयता होटलमा शतप्रतिशत पर्यटक भरिएपछि व्यवसायीमा उत्साह थपिएको छ । अङ्ग्रेजी नयाँ […]


इस्वी सन्को नयाँ वर्ष २०१७ आजदेखि; सन् २०१६ मा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र बाह्य सहायता जुटाउन मिश्रित प्रतिफल प्राप्त

काठमाडौँ, १७ पुस । गे्रगोरियन पात्रोअनुसार आज नयाँ वर्ष इस्वी सन् २०१७ सुरु हुँदैछ । जिसस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुवात् भएको हो । सन्मा सौरमासको गणना हुने तर चन्द्रमासको गणना नहुने भएकाले ज्योतिष शास्त्रअनुसार यो वैज्ञानिक नभएको यसको अनुसन्धानमा लाग्नुभएका डा शास्त्रदत्त पन्त बताउनुहुन्छ । “इस्वी सन्मा चान्द्रमासको गणना नहुने भएकाले समयक्रममा दिन […]


नागरिक उड्डयन प्राधिकरणको आम्दानी रु चार अर्बभन्दा बढी; कालोसूचीबाट हटाउने प्रयास जारी

रमेश लम्साल / काठमाडौँ, १६ पुस । नेपाल नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष २०७२÷७३ मा रु चार अर्ब ५२ करोड १४ लाख आम्दानी गरेको छ । गोरखा भूकम्प, भारतको अघोषित नाकाबन्दीका कारण विगतका वर्षहरूमा यात्रुको आवागमनमा कमी भएको भएपनि आम्दानी बढ्नेक्रम जारी रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणको १८ औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित […]


केन्द्रीय प्रसारण लाइनमा करिब १०० मेगावाट विद्युत् जोडियो

रमेश लम्साल / काठमाडौँ, १५ पुस । चालु आर्थिक वर्षको पाँच महिनामा निजी क्षेत्रका आयोजनाबाट कुल ९७ मेगावाट विद्युत् उत्पादन भएको छ । ऊर्जा मन्त्रालयकाअनुसार सरकारी आयोजना निर्माणमा ढिलाइ भइरहेको बेला निजी क्षेत्रका आयोजनाले भने एकपछि अर्को गर्दै राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जोड्न थालेका छन् । ऊर्जा मन्त्रालयमा निजी प्रवद्र्धकहरुले पछिल्लो पटक गराएको जानकारी अनुसार […]


द्वन्द्वमा श्रीमान् गुमाएका अधिकांश महिलाले दोस्रो विवाह गरेनन्

उमा केसी / रोल्पा, १४ पुस । विसं २०५४ मा श्रीमान् गङ्गाराम पुन भूमिगत हुँदा उनकी २२ वर्षकी थिइन् । सशस्त्र युद्धका सुरुआतीका दिनमा प्रहरीको निशानाबाट बच्दै गङ्गाराम घर आउने जाने गर्दा उनलाई अभिभावक विहीनताको अनुभूति भएन । जब २०५८ साल मङ्सिरमा सरकारले सङ्कटकालको घोषणा ग¥यो तब सुरु भए धनमायाका दुःखका दिन । श्रीमान्सँग भेट […]


खेर गइरहेको झारपातलाई पोलेर बायो ऊर्जा उत्पादन

अच्युत रेग्मी / सिन्धुपाल्चोक, १३ पुस । वन जङ्गलमा खेर गइरहेको झारपातलाई प्रयोग गरी वायो ऊर्जा उत्पादन गरिएको छ । जिल्लाको अत्तरपुर गाविसमा वनमा खेर गइरहेको पातपतिङ्गर र काम नलाग्ने झाडीलाई पोलेर त्यसबाट वायो ब्रिकेट र कोइला उत्पादन गरिएको हो । हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालअन्तर्गत जैविक ऊर्जा परियोजनाको सहयोग तथा हिमालयन नेचुरल प्रालिको सक्रियतामा वायोब्रिकेट […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter