एक्सक्लुसिभ समाचार

वीरगन्जका उद्योगी भन्छन् : नियमित विद्युत् दिनुस राजस्व दोब्बर हुन्छ

वीरगन्ज, १ माघ । मुलुकको अर्थतन्त्रको प्रमुख ढोकाको रुपमा रहेको वीरगन्जका उद्योगी तथा व्यवसायीले उल्लेख्य मात्रामा विद्युत् उपलब्ध गराउन माग गरेका छन् । विगत वर्षमा हिउँदको समयमा विद्युत्को अभावमा आधा क्षमतामा मात्रै उद्योग व्यवसाय चलाउँदै आएका उद्योगी व्यवसायीले यसवर्ष भने दैनिक २० घन्टा विद्युत् पाएका छन् तर भोल्टेजको समस्याका कारण हैरानी खेप्नुपरेको भन्दै उनीहरुले सो […]


मकर सङ्क्रान्ति तथा माघी पर्व धुमधामका साथ मनाइँदै

काठमाडौँ, १ माघ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । माघ १ गतेबाटै उत्तरायण सुरु हुने भएकाले आजैदेखि दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, […]


पश्चिम सेती अगाडि बढाउन थ्री गर्जेजलाई ऊर्जा मन्त्रीको आग्रह

काठमाडौँ, २९ पुस । ऊर्जा मन्त्री जनार्दन शर्माले पश्चिम सेती जलविद्युत् आयोजनाको निर्माण कार्य तत्काल सुरु गर्न चिनियाँ थ्री गर्जेजका पदाधिकारीलाई आग्रह गर्नुभएको छ । ऊर्जा मन्त्रालयमा आज थ्री गर्जेजका प्रतिनिधिसँग कुराकानी गर्दै मन्त्री शर्माले लामो समयदेखि आयोजना लिएर राख्ने तर काम नभएकाले जनतामा समेत नकारात्मक सन्देश गएको भन्दै निर्माण कार्य सुरु गर्न आग्रह गर्नुभएको […]


फोहर व्यवस्थापनबाट ऊर्जा उत्पादनका साथै आर्थिक लाभ (आलेख)

हरि बास्तोला / पोखरा, २८ पुस । व्यावसायिक पशु एवम् पक्षिपालनबाट उपलब्ध हुने दुधजन्य पदार्थ, मासु र अन्डाको बिक्रीबाट एकोहोरो आम्दानी लिँदै आएका व्यावसायिक कृषकहरुले अब मलमूत्र र कुहिने फोहरलाई मोहरमा बदल्न सक्ने भएका छन् । नेपाल सरकार जनसङ्ख्या तथा वातावरण मन्त्रालय वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र नवीकरणीय ऊर्जा विस्तार कार्यक्रमले फार्ममा खेर जाने गोबर, पिसाब […]


सन् २०१६ मा सात लाख २९ हजार पर्यटक नेपाल भ्रमणमा

किरण भट्टराई / काठमाडौँ, २७ पुस । सन् २०१६ मा सात लाख २९ हजार ५५० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१५ को तुलनामा सन् २०१६ मा पर्यटक आगमनमा २४ प्रतिशतले वृद्धि भएको अध्यागमन विभागले जनाएको छ । जसमा रसुवा नाकाबाट आएका २३ हजार ४५२ चिनियाँ पर्यटक र स्थलमार्ग हुँदै आउने भारतीयको […]


पृथ्वीनारायण शाहले खेलेको भूमिका महत्वपूर्ण छ : प्रधानमन्त्री दाहाल

चितवन, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकता दिवसमा सार्वजनिक बिदा दिने विषयमा राजनीतिक रुपले टुङ्गो लगाएर मात्रै निक्र्योल गरिने बताउनु भएको छ । भरतपुर उपमहानगरपालिकाको तेस्रो नगर परिषद्को आज यहाँ उद्घाटन गर्नुहँुदै उहाँले पृथ्वीनारायण शाहले राज्य निर्माणमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । तत्कालीन समयमा भारतमा अङ्ग्रेज साम्राज्यले स–साना भूरे टाकुरे राज्यलाई विशाल […]


घरमै बसेर जलविद्युत्मा लगानी गर्न सकिने, प्रतिफल सुनिश्चित; जलाशय र अर्धजलाशय आयोजनाको विद्युत् खरिद दर तय

रमेश लम्साल / काठमाडौँ, २५ पुस । मुलुकको जलविद्युत् क्षेत्रमा लगानी गर्दै हुनुहुन्छ, अब तपार्इंलाई लाइनमा बस्ने झन्झट हुने छैन । लगानीकर्ताले सहज रुपमा नै घरमा बसेर नै आफूले के कति रकम जलविद्युत्मा लगानी गर्ने हो सोको प्रतिबद्धता व्यक्त गर्न सक्नुहुनेछ । तपार्इंले लगानी गर्न चाहेको रकम विभिन्न जलविद्युत् आयोजनामा सरकारले लगानी गर्नेछ । कति […]


सर्वोच्च अदालतद्वारा कार्कीको नियुक्ति नै बदर

कालिका खड्का, काठमाडौँ, २४ पुस । सर्वोच्च अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति नै बदर हुने ठहर गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासले कार्कीको नियुक्ति नै बदर हुने ठहर गरेको हो । आदेशमा भनिएको छ, “संविधानबमोजिम गरिएको नियुक्ति र प्रमुख आयुक्त पदको […]


संविधान संशोधन विधेयकः टेबलको तयारी, तत्काल सहमतिको सम्भावना क्षीण

नारायणप्रसाद न्यौपाने / काठमाडौँ, २३ पुस । व्यवस्थापिका–संसद्मा संविधान संशोधन विधेयक दर्ता भएसँगै उत्पन्न राजनीतिक गतिरोध अन्त्यका लागि प्रमुख दलले वार्ता र संवादलाई अझै थप घनिभूत तुल्याउनुपर्ने आवश्यकता देखाएको छ । सर्वाेच्च अदालतबाट संविधान सशोधन विधेयकमाथि भएको फैसलालाई प्रमुख राजनीतिक दलले समग्रमा स्वागत गरेपनि आफू अनुकूलको व्याख्या र विश्लेषणले समस्यालाई ज्यूँका त्यूँ राखेको हँुदा विश्वास […]


प्राकृतिक बासस्थान मिचिएर हात्ती आतङ्क बढ्यो (आलेख)

विक्रम गिरी / सुनसरी, २२ पुस । कोशीटप्पु वन्यजन्तु आरक्षका नायब सुब्बा सुरेन्द्र खड्कालाई कार्यालयको कामकाज फत्ते गर्नेभन्दा पनि कार्यालयबाट निस्कन हतार हुन्छ । उहाँ कार्यालयको कामकाज गर्नबाट पन्छिन खोज्नुभएको भने होइन । गत दसैँयता खड्कालाई दिउँसै कार्यालय छाड्नुपर्ने बाध्यता आइलागेको छ । जङ्गली हात्तीले दिउँसै आरक्षमा आएर आक्रमण गर्न थालेका कारण खड्कालगायत कर्मचारीले हात्तीबाट […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter