एक्सक्लुसिभ समाचार

गर्भैदेखि सुरु हुन्छ महिला हिंसा (आलेख)

कविता उपाध्याय / रोल्पा, २६ मङ्सिर । पितृ सत्तात्मक सोच र चिन्तनमा जेलिएको नेपालीे समाजमा गर्भदेखि नै महिला हिंसा हुने गरेको सरोकार राख्ने संस्थाहरुले बताएका छन् । देशकै परिवेश हेर्ने हो भने पनि राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीस जस्ता गरिमामय पदहरुमा महिलाले नेतृत्व गरिराखेको अवस्था छ । तर पनि गाउँ समाजमा अझै पनि छोरा र छोरीका […]


जलविद्युत्मा संयुक्त लगानी गर्न बङ्गलादेशको प्रस्ताव

रमेश लम्साल / काठमाडौँ, २५ मङ्सिर । बङ्गलादेशले नेपालको ऊर्जा क्षेत्रमा संयुक्त लगानी गर्ने प्रस्ताव गरेको छ । पन्ध्र हजार मेगावाट क्षमताको उत्पादन पु¥याएको अवसरमा बङ्गलादेशको राजधानी ढाकामा आयोजित विशेष समारोहमा सहभागी हुन बङ्गलादेशको भ्रमण गर्नुभएका ऊर्जा मन्त्री जनार्दन शर्मासँगको भेटमा सो प्रस्ताव गरिएको हो । ऊर्जा क्षेत्रमा संयुक्त लगानी गर्ने वा नेपालमा उत्पादित विद्युत्लाई […]


राज्यले नचिनेका देश चिनाउनेहरु (आलेख)

दीपेन्द्र सापकोटा / काठमाडौँ, २४ मङ्सिर । राजधानीमा गत महिना आयोजित एक कार्यक्रममा चार धावकको एउटै गुनासो थियो, ‘के राज्यले पहुँचवालालाई मात्र पुरस्कृत गर्ने हो र ?’ ती चार थिए – पूर्ण तामाङ ९३३०, भीमबहादुर गुरुङ ९३३०, वेदबहादुर सुनुवार ९२९० र तीर्थबहादुर तामाङ ९२८० । हङकङमा हुन लागेको ‘अक्सफाम ट्रेल वाकर’ म्याराथनमा देशको प्रतिनिधित्व गर्दै […]


विपन्न बिरामीको आशाको केन्द्र बन्दै शान्तिकोष

ध्रुवसागर शर्मा / म्याग्दी, २४ मङ्सिर । म्याग्दीको सदरमुकाम बेनीबजारमा स्थापना भएको परोपकारी संस्था ओमकुमारी शान्तिकोष विपन्न बिरामी र तिनका आफन्तका लागि आशाको केन्द्र बन्दै जान थालेको छ । विसं २०७१ मा बेनी नगरपालिका–१४ की ओमकुमारी पुन (शान्ति) हाइपोप्लास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा आर्थिक सहयोग जुटाउने अभियानसँगै जिल्ला प्रशासन कार्यालय, म्याग्दीमा दर्ता भएको ओमकुमारी […]


विकास खर्च ९० प्रतिशत पुर्याउन निर्देशन

काठमाडौँ, २३ मङ्सिर । चालु आवको विकास खर्च ९० प्रतिशत पुर्याउन व्यवस्थापिका–संसद्को विकास समितिले सरकारलाई निर्देशन दिएको छ । विकास निर्माणसँग सम्बन्धित खर्चलाई प्राथमिकता दिई उत्पादनशील एवम् पुँजीगत खर्च वृद्धि गर्न समितिको आजको बैठकले राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको हो । […]


अधिकांश बालगृह धार्मिक प्रभावमा सञ्चालित

सुशील दर्नाल / काठमाडौँ, २२ मङ्सिर । अनाथ बालबालिकाको संरक्षणका लागि स्थापना गरिएका अधिकांश आवासीय बालगृह तथा संस्था धार्मिक प्रभावबाट प्रेरित रहेको पाइएको छ । केन्द्रीय बालकल्याण समितिका अनुसार २७ जिल्लाका १४७ धार्मिक सङ्घसंस्थामा छ हजार ६८६ (पाँच हजार २३४ बालक र एक हजार ४५२ बालिका) बालबालिका आवासीय छन् । पचहत्तर जिल्लामध्ये ४५ जिल्लाबाट प्राप्त […]


अमलटारी र पोखरी होमस्टेमार्फत जोडिँदै

विद्रोही गिरी / कावासोती, २२ मङ्सिर । थारू होमस्टे गाउँ अमलटारी र मगर होमस्टे गाउँ पोखरी होमेस्टेमार्फत जोडिँदैछन् । परम्परागत रुपमा ‘इष्ट’ सम्बन्ध भएका यी दुई क्षेत्रका थारू र मगर समुदायका बासिन्दा बदलिँदो परिस्थितिमा पनि व्यवसायिक सम्बन्धमा जोडिएका छन् । परम्परागतरुपमा महाभारत पर्वत शृङ्खला (पहाड)मा रहेका मगर समुदाय र तराईमा रहेका थारूबीच एकअर्को ठाउँमा उत्पादन […]


सुधारिएको इँटा भट्टातर्फ आकर्षण बढ्दो (आलेख)

कृष्ण अधिकारी / भक्तपुर, २१ मङ्सिर । भूकम्पपछि पुनःनिर्माण गरिएका इन्जिनियरिङ डिजाइनमा आधारित फिक्स्ड चिम्नी प्रविधिबाट एक वर्षमै राम्रो प्रतिफल प्राप्त भएपछि यहाँका इँटा उद्योगीहरू उत्साहित भएका छन् । सुधारिएको इँटा भट्टामा कम कोइला खपत भई गुणस्तरीय इँटा उत्पादन हुने भएकाले उनीहरू यसतर्फ आकर्षित भएका हुन् । विसं २०६१ देखि इँटा भट्टा सञ्चालन गर्दै आउनुभएका […]


लोकसेवामा पुरुषभन्दा महिलाको आवेदन बढी

काठमाडौँ, २१ मङ्सिर । लोकसेवा आयोग निजामतीतर्फ पुरुषको तुलनामा महिलाको आवेदन बढी पर्ने गरेको छ । आयोगको प्रतिवेदनमा पुरुषको तुलनामा महिलाको सात प्रतिशत बढी आवेदन पर्ने गरेको आयोगका उपसचिव गीता हुमागाईंले जानकारी गराउनुभयो । गत आव २०७२÷०७३ मा कुल १३ हजार ११२ पदका लागि पाँच लाख ९५ हजार ३१ उम्मेदवारमध्ये ५३.५ प्रतिशत महिलाको आवेदन पर्ने […]


सङ्क्रमित आमा स्वस्थ शिशु जन्माउँदै

चितवन, २० मङ्सिर । उच्च सतर्कता अपनाई नियमित औषधि सेवनसँगै एचआइभी सङ्क्रमित आमाबाट जन्मिएका अधिकांश बच्चा स्वस्थ छन् । एन्टी रेक्टोभाइरल थेरापी (एआरटी) प्रयोग गरी सतर्कता अपनाउन सकेमा स्वस्थ बच्चा जन्माउन सकिने देखिएको छ । एएचएफ नेपालको सहयोगमा भरतपुर अस्पतालद्वारा सञ्चालित एआरटी सेन्टरमा सन् २०१० यता एचआइभी सङ्क्रमित आमाबाट जन्मिएका सबै बच्चा स्वस्थ देखिएका हुन् […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter