भक्तपुर, १७ चैत । यस वर्षको प्रवेशिका अर्थात् एसएलसी परीक्षा देशभर भोलि बिहान ८ बजेबाट एकैसाथ सुरु हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले एसएलसी परीक्षालाई शान्तिपूर्ण र मर्यादित बनाउन विद्यार्थी, अभिभावक, शिक्षक र राजनीतिक दलका प्रतिनिधि एवम् सबै सरोकारवालालाई आग्रह गर्नुभएको छ । परीक्षामा कुल छ लाख १५ […]
काठमाडौँ, १५ चैत । परीक्षा नियन्त्रण कार्यालयले प्रवेशिका९एसएलसी० परीक्षामा संलग्न परीक्षार्थीले व्यक्तिगत विवरण सच्याउनुपर्ने भएमा परीक्षा केन्द्रमै आवेदन दिन सक्ने भएका छन् । पहिलोपटक गरिएको सो व्यवस्थाबाट परीक्षार्थीको नाम, थर, जन्म मिति र विषयलगायतमा त्रुटि कम हुने देखिएको छ । विवरण गलत हुँदा वर्षौसम्म क्षेत्रीय शिक्षा निर्देशनालयमा धाउने समस्या अन्त्य गर्न खोजिएको भन्दै परीक्षा […]
सोलुखुम्बु, १४ चैत । गत वैशाखको भूकम्पका कारण सगरमाथामा ठूला खाल्डा र चिरा परेको भेटिएको छ । सगरमाथा आरोहणका लागि बाटो बनाउन सगरमाथा आधार शिविरबाट माथि गएका आइसफल डाक्टरले यस्तो पत्ता लगाएका हुन् । आइसफल डाक्टरका कमान्डर आङ कामी शेर्पाले भन्नुभयो “सगरमाथा चढ्ने बाटोमा यति ठूला खाल्डा र चिरा यसअघि देखिएको थिएन, यस […]
काठमाडौँ, १२ चैत । सडक, यातायात र रेलमार्ग निर्माण लगायत भौतिक पूर्वाधारको विकासमा एसियाली विकास बैंक (एडिबी) ले सहयोग गर्ने इच्छा देखाएको छ । कावा प्रधानमन्त्री विजयकुमार गच्छदारसँग आज बैंकका उपाध्यक्ष वाङ काई झाङले कार्यकक्षमै भेटी पूर्वाधार विकासमा सहयोग गर्ने इच्छा देखाउनुभएको हो । सन् २०२२ सम्म नेपाललाई अल्पविकसितबाट विकासशील देशमा पु¥याउनका लागि […]
एकराज पाठक काठमाडौ, १० चैत । नेपाल सरकारको सहसचिव पदमा कार्यरत ५४ वर्षीय विश्वनाथ रेग्मी प्रोस्टेट ग्लान्ट बढ्ने समस्याले पीडित हुनुभयो । दोस्रो चरणमा नै पुगिसेको भन्दै उहाँलाई चिकित्सकले शल्यक्रिया गरी खुर्केर फाल्नुपर्ने सुझाव दिए । तर शल्यक्रियाको बिकल्प खोजिरहनुभएका उहाँ आयुर्वेदिक उपचार परामर्श केन्द्रमा पुग्नुभयो । उक्त केन्द्रका कृष्णप्रसाद पोखरेलको जडिबुटी औषधि खाएपछि आज […]
(कल्पना पौडेल) काठमाडौँ, ८ चैत । नेपाल कीटजन्य रोगको उच्च जोखिममा परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । कीटजन्य जीवबाट हुने १० प्रकारका रोगको नेपाल उच्च जोखिममा रहेको हो । कालाज्वर, जापानिज इन्सेफ्लाइटिस, डेङ्गु, चिकनगुनिया, वेष्ट नाइल भाइरस, चाँदीपुरा भाइरस, हात्तीपाइले तथा स्क्रव टाइफस रोगबाट नेपाल जोखिममा रहेको महाशाखाका प्रमुख डा […]
नारायण न्यौपाने र विष्णु नेपाल काठमाडौँ, ६ चैत । बेलायतका राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ‘ह्यारी’ नेपालको पाँचदिने औपचारिक भ्रमणमा आज अपराह्न यहाँ आइपुग्नुभएको छ । नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको अवसर पारेर पारस्परिक सम्बन्धका दुई शताब्दीलाई चिरस्मरणीय तुल्याउन बेलायतकी महारानीका प्रतिनिधिका रूपमा राजकुमार ह्यारी नेपाल आउनुभएको हो । राजकुमार ह्यारीलाई […]
गौशाला, ५ चैत । महोत्तरी जिल्लाका एक किसानले तरकारी बेचेर कमाएको १० लाख रुपैयाँले ट्याक्टर खरिद गरेका छन् । मिहेनत, लगन र इमान्दारीका साथ मानिसले कुनै पनि काम गरेमा चाहेको जुनसुकै वस्तु प्राप्त गर्न सक्ने उदाहरण बनेका छन् जिल्लाको धिरापुर गाविस–९ बरदाहा बस्ने किसान काशिम राइन । मात्र एक वर्षको अवधिमा तरकारी बेचेर कमाएको […]
(दीपक घिमिरे) लुम्बिनी (रुपन्देही), २ चैत । गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगरको दक्षिणी मूलद्वार बेलहियामा एकाबिहानै मानिसको भीडभाड थियो । ती सबैका हातमा झाडु र ‘प्ले ब्यानर’ थिए । समूहको भीडमा सांसद् इश्तियाक अहमद खाँनको पनि उपस्थिति थियो । उहाँको हातमा ठूलो झाडु थियो । हेर्दा लाग्थ्यो बुद्धनगरीकै प्रवेशद्वार बेलहियाबाट कुनै आन्दोलनको सुरुवात त […]
(रमेश लम्साल) काठमाडौँ, ३० फागुन । सार्वजनिक खरिद अनुगमन कार्यालय र ‘क’ वर्गका वाणिज्य बैंकबीच विद्युतीय प्रणालीबाट खरिद कार्य गर्नेसम्बन्धी विद्युतीय प्रणाली(इजिपी) प्रणाली लागू गर्ने विषयमा द्विपक्षीय समझदारी भएको छ । आज यहाँ आयोजित कार्यक्रममा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रमेशकुमार शर्मा र ‘क’ वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुबीच छुट्टाछुट्टै सहमतिपत्रमा हस्ताक्षर […]