एक्सक्लुसिभ समाचार

पशुपति सङ्ग्रहालय स्थापना गरिने

काठमाडौँ, १४ जेठ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्वपूर्ण सामग्री सङ्कलन गरेर पशुपति सङ्ग्रहालय स्थापना गरिने भएको छ । सङ्ग्रहालय स्थापनाका लागि नेपाल इन्भेस्टमेन्ट बैंकले रु तीन करोड उपलब्ध गराउने भएपछि पशुपतिनाथको महास्नानघरलाई जीर्णोद्वार गरी सङ्ग्रहालय बनाउने तयारी सुरु गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । […]


सेनाले सामूहिक आवास निर्माण गर्ने

  त्रिशूली(नुवाकोट), १३ जेठ । भूकम्पबाट प्रभावित नुवाकोटमा निर्माण हुने १० सामूहिक आवासमध्ये सात स्थानमा सामूहिक आवास निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ । तीन स्थानमा भने सहरी तथा भवन निर्माण डिभिजन कार्यालयले निर्माण गर्न थालिसकेको छ । सदरमुकाम विदुरमा प्रजिअ विष्णुप्रसाद पोखरेलका अध्यक्षतामा बसेको जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले सामूहिक आवास निर्माणको जिम्मा नेपाली […]


सुरक्षा संवेदनशीलता र संस्थागत साखलाई हेक्का गर्नुस्– प्रधानसेनापति

काठमाडौँ, १२ जेठ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले राष्ट्रिय सुरक्षा तथा संवेदनशीलता, सङ्गठनको गोपनीयता र नेपाली सेनाको संस्थागत साखलाई हेक्का गरेरमात्र विचार प्रस्तुत गर्न सङ्गठनसँग जोडिएका सर्जकलाई सजग गराउनुभएको छ । नेपाली सेनाका बहालवाला तथा अवकाशप्राप्त उच्च अधिकारीबीच सत्य निरुपण तथा मेलमिलाप आयोगका विषयमा अद्यावधिक गराउन आज सैनिक मुख्यालयमा आयोजित अन्तक्र्रियालाई सम्बोधन गर्र्दै उहाँले आत्मवृत्तान्तलगायत पुस्तक, […]


पूर्वपदाधिकारीका लागि प्रतिव्यक्ति रु ४० लाख खर्च

नारायण न्यौपाने (काठमाडौँ), ११ जेठ । सुरक्षाको बहानामा राज्यको ढुकुटी नै रित्याउने गरी बाँचुन्जेल सुविधा प्राप्त गर्ने प्रवृत्तिलाई संसदीय समितिले निरुत्साहन गर्ने अठोट व्यक्त गरेको छ । व्यवस्थापिका–संसद्, सुशासन समितिको आजको बैठकमा पूर्वपदाधिकारीले प्राप्त गरिरहेको सेवा सुविधाको फेहरिस्त सुनेपछि सदस्यहरुले भन्नुभयो – “राजनीतिक सङ्क्रमणको फाइदा उठाउँदै सत्तामा पुगेर सुरक्षाभन्दा पनि सुविधामा ध्यान बढी केन्द्रित गरी […]


नवीकरणीय ऊर्जामा नयाँ अनुदान नीति

काठमाडौँ, १० जेठ । नेपाल सरकारले नवीकरणीय ऊर्जा प्रविधिहरुमा दिँदै आएको अनुदान नीतिलाई परिमार्जन गरेको छ । सन् २०३० सम्म देशका सबै जनतालाई स्वच्छ, भरपर्दो र सर्वसुलभ रुपमा नवीकरणीय ऊर्जा पु¥याउने लक्ष्यका साथ नवीकरणीय ऊर्जा अनुदान नीति, २०७३ ल्याइएको छ । यस नीतिको कार्यान्वयनमार्फत परम्परागत र आयातित ऊर्जामाथिको निर्भरतालाई कम गर्दै नवीकरणीय ऊर्जाको पहुँचमा वृद्धि […]


खानेकुरा नभएपछि कडा कुपोषण

(सीताराम अधिकारी) मलेखु (धादिङ), ९ जेठ । एकसरो लगाउने लुगा छैन । खानेकुरा सकिएको छ । ज्याला गरेर मात्र उनीहरुको परिवार पालिएको अवस्था छ । जोगीमारा–७, धुसराङ निवासी ४० वर्षीया विष्णुमाया चेपाङले पाँच महिनाअघि जन्माएको छोरा अति कुपोषणको सिकार भएको छ । गाउँमै हरियो भन्ने चिज छैन । घरमा खाने अन्न छैन । आमाले खान […]


विद्यावारिधि गर्न सक्छन् दृष्टिविहीनहरु

विष्णु नेपाल / काठमाडौँ, ८ जेठ । अध्ययन, अनुसन्धान गर्न आँखाको दृष्टि नै चाहिन्छ ? चाहिँदैन । मन र आँट भएमा सुनेर पनि विद्यावारिधि पूरा गर्न सकिँदो रहेछ । इच्छा र जाँगर भए आँखाले हेरेर भन्दा कानले सुनेर गर्ने उच्च अध्ययन सर्वाेत्कृष्ट हुँदो रहेछ । दृश्यविहीन दुई नारीले विद्यावारिधि पूरा गरी नयाँ इतिहासको रचना गर्नुभएको […]


बुद्ध जयन्ती समारोह ः तयारी पूरा, अतिथि आउने क्रम सुरु

दीपक घिमिरे / (रुपन्देही), ७ जेठ । विश्व शान्तिको मुहान, भगवान् शाक्यमुनि गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा भोलि शनिबार आयोजना गर्न लागिएको २५६०औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवसमा सहभागी हुन विदेशी तथा स्वदेशी पाहुना आउने क्रम सुरु भएको छ । बुद्ध जयन्तीमा भाग लिन चीन, श्रीलङ्का, भारत, थाइल्यान्ड, अमेरिका, अस्टेलिया, बर्मा, मङ्गोलियालगायतका देशबाट बुद्धमार्गी भिक्षु, भिक्षुणी, लामा गुरु, बज्रयानी […]


दश माओवादीबीच एकता, यस्तो थियो, माओवादी एकताको रौनक

रमेश लम्साल (काठमाडौँ), ६ जेठ । दश वर्षसम्मसँगै जनयुद्ध लडेका र मुलुकलाई क्रान्तिकारी परिवर्तनको मार्गमा डोहो¥याएका माओवादीका नेता विभिन्न समूह र घटक एकै ठाउँमा उभिएका छन् । दश विभिन्न माओवादी घटक एकीकृत भइरहँदा मोहन वैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी र हेमन्तप्रकाश ओली नेतृत्वको कम्युनिस्ट न्युक्लियसले भने एकता प्रक्रियालाई ‘नवसंशोधनवादी’को संज्ञा दिँदै […]


नौ हजार मेट्रिक टन माछा उत्पादन

वीरगन्ज, ५ जेठ । पर्सामा वार्षिक करिब नौ हजार मेट्रिक टन माछा उत्पादन हुन थालेको छ । सरकारले अभियानमुखी मत्स्य कार्यक्रम तथा माछापोखरी निर्माण विशेष योजना लागु गरेपछि यति धेरै परिमाणमा माछा उत्पादन हुन थालेको हो । किसानको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन विगत छ वर्षदेखि कार्यक्रम सञ्चालन गरिँदै आएको हो । कृषि विकास कार्यालयका सूचना […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter