एक्सक्लुसिभ समाचार

पुनर्निर्माणसँगै जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड

काठमाडौँ, ७ असार । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले भूकम्प प्रभावित जिल्लामा पुनर्निर्माणसँगै स्थानीय बासिन्दाको जीवनस्तरमा सुधार ल्याउन व्यावसायिक तथा आयआर्जनका क्रियाकलापहरु सञ्चालन हुनुपर्नेमा जोड दिनुभएको छ । अस्ट्रेलिया सरकारको सहयोगमा उद्योग मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको संयुक्त आयोजनामा आज यहाँ आयोजित ‘जीविकोपार्जन पुनःस्थापन ः सिकाइ र भावी कार्यदिशा’ विषयक राष्ट्रिय कार्यशालाको उद्घाटन […]


माथिल्लो कर्णाली आयोजनाले विकासको ढोका खोल्ने

रमेश लम्साल / दैलेख, ६ असार । माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माण सुरु भए दैलेख, अछाम र सुर्खेतको आर्थिक जीवनस्तरमा उल्लेख्य परिवर्तन आउनेमा स्थानीयवासी आशावादी देखिएका छन् । स्थानीयवासीको जीवनमा आयोजनाले पार्ने सकारात्मक प्रभावलाई विकासको नयाँ चरणमा लैजाने सोच र उत्कृट चाहना तीन वटै जिल्लाका प्रभावितले राखेका छन् । निर्माण प्रक्रियामा ढिलाइ भए अनावश्यक चलखेल […]


माथिल्लो कर्णाली जलविद्युत् आयोजना : प्रभावित क्षेत्रमा समर्थन, सुगम क्षेत्रमा विरोध

रमेश लम्साल / काठमाडौँ, ५ असार । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको समर्थनमा प्रभावित क्षेत्रका जनता देखिएका छन् भने सहर तथा सदरमुकाममा रहेका केही व्यक्ति तथा समूह विरोधमा रहेको पाइएको छ । आयोजना अगाडि बढाउँदा स्थानीयवासीको माग र भावनालाई सम्बोधन गर्नुपर्ने स्थानीय प्रभावितको धारणा छ भने सुगम क्षेत्रका नागरिकले क्षमताको विषयमा कुरा उठाएर विरोध गर्ने गरेका […]


माथिल्लो कर्णाली आयोजनाका प्रभावित भन्छन् –हामीलाई चित्त बुझाऊ

रमेश लम्साल / दैलेख, ४ असार । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाका प्रभावितले आफूहरुलाई चित्त बुझाएर तत्काल परियोजना अगाडि बढाउन भारतीय लगानीकर्ता ग्रान्ध्री माल्लिकार्जुन राव (जिएमआर)लाई ध्यानाकर्षण गराएका छन् । व्यवस्थापिका–संसद्, कृषि तथा जलस्रोत समिति र लगानी बोर्डको कार्यालयले आयोजना प्रभावित क्षेत्रमा गरेको स्थलगत अवलोकन तथा अन्तक्र्रिया कार्यक्रममा उनीहरुले सो आग्रह गरेका हुन् । भारतीय लगानीकर्ता […]


अति प्रभावित चौध जिल्लामा ८२ सामूहिक आवास निर्माण

काठमाडौँ, ३ असार । भूकम्प अति प्रभावित १४ जिल्लाका पीडितलाई वर्षाअगावै छानामुनि ल्याउन ८२ सामूहिक आवास निर्माण सुरु भएको छ । सहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइले ४६ र नेपाली सेनाले ३६ आवास निर्माण गरिरहेको प्राधिकरणका सहप्रवक्ता डा भीष्मकुमार भुसालले राससलाई जानकारी दिनुभयो । थप चार सामूहिक आवास निर्माणका लागि बोलपत्र प्रक्रिया जारी रहेको […]


बालबालिकाको स्वास्थ्य जोखिममा राख्दै यार्सा टिप्नु बाध्यता (आलेख)

नारायण ढुङ्गाना / पुपाल लेक (रुकुम), २ असार । चारैतिर हिउँले ढाकेको समथर पुपाल लेकको पाटन । समुद्री सतहबाट झन्डै चार हजार सात सय मिटरको उचाइ । फुसफुसे हिउँका कण सिमलको भुवा झैँ झरिरहेका छन् । धानमा मल छरे झैँ छिनछिनमा असिनाको विर्काैला दर्कन्छ त छिनमा हिउँका कणहरु । बिहान र बेलुका कठ्याँङ्ग्रिदो चिसो । […]


लोक सेवा आयोगको ६६ औँ वार्षिकोत्सव; लोक सेवाको परामर्श र कार्यक्षेत्र व्यापक बनेको छ– राष्ट्रपति भण्डारी

काठमाडौँ, १ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुक राज्य पुनःसंरचनाको चरणमा रहेको बेला लोक सेवा आयोगको परामर्श र कार्यक्षेत्र व्यापक बनेको बताउनुभएको छ । लोक सेवा आयोगको ६६ औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले सर्वसाधारणलाई राष्ट्रसेवामा आकर्षित गर्न र आम जनताको मन जित्न आयोग सफल भएको उल्लेख गर्नुभयो । राष्ट्रपति भण्डारीले नेपालको सबैभन्दा […]


गङ्गा आरती : धार्मिक पर्यटनलाई टेवा पुर्याउँदै

वीरेन्द्र कर्ण / जनकपुरधाम, ३२ जेठ । धार्मिक पर्यटनको एक प्रमुख गन्तव्य जनकपुरधामको गङ्गा आरतीका कारण प्रसिद्धि बढ्दै गएको छ । गङ्गा आरती कै कारण राजर्षि जनकको प्राचीन मिथिला राज्यको राजधानी, भगवान् रामको ससुराली र आदर्श नारी सीताको जन्मथलो जनकपुरको धार्मिक पर्यटनमा एउटा आयाम थपिएको छ । जनकपुरको प्राचीन तथा ऐतिहासिक सरोवर गङ्गासागरमा सुरु भएको […]


झोङ गुफा ः पर्यटकको आकर्षण केन्द्र बन्दै

वासुदेव पौडेल / मुस्ताङ, ३१ जेठ । सुन्दा अचम्म लाग्न सक्छ, हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भागमा रहेको झोङ गुफामा पाँच तला र १४४ कोठा छन् । उपल्लो मुस्ताङको लोमन्थाङबाट चीन र नेपालबीचको नाका कोराला जाने बाटोमा अवस्थित यो गुफा पछिल्ला वर्षमा पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको हो । मुस्ताङको चीनसँग जोडिएको अन्तिम गाविस छोसेरमा रहेका प्रकृति […]


जाजरकोटका ८० हजार जनता गरिब

जाजरकोट, ३१ जेठ । जाजरकोटमा १३ हजार घरपरिवार गरिब रहेको पाइएको छ । जिल्लाका २७ हजार ४०७ घरपरिवारसँग लिइएको लगतअनुसार १३ हजार ९९५ घरपरिवार गैरगरिब रहेको तथ्याङ्कले जनाएको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार जाजरकोटमा ३० हजार घरपरिवार अर्थात् एक लाख ७१ हजार बढी जनता रहेको देखिन्छ । त्यस अनुसार करिब ८० हजार जनता गरिब […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter