
काठमाडौँ, २२ जेठ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सुशासन तथा अनुगमन समितिको वार्षिक प्रतिवेदन पेस गरिएको छ । समितिका सभापति मोहनसिंह राठौरले समितिको प्रतिवेदन २०७२ संसद्समक्ष पेस गर्नुभएको हो । प्रतिवेदन पेस गर्दै उहाँले जताततै मौलाएको भ्रष्टाचार र अनियमिततालाई न्यूनीकरण गरी मुलुकमा सुशासनको प्रत्याभूति र सामाजिक रुपान्तरणका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो । उहाँले समितिका […]

बेनी (म्याग्दी), २२ जेठ । म्याग्दीको उच्च हिमाली तथा पहाडी क्षेत्रमा लोपोन्मुख अवस्थामा रहेका हिमाली जटायु (गिद्ध) देखिन थालेका छन् । विषादीयुक्त आहारा, बढ्दो तापक्रमको प्रभाव र वासस्थानको अभावका कारण विश्वबाट नै लोप हुने अवस्थामा रहेको हिमाली जटायु म्याग्दीलाई डाइक्लोफेनेक मुक्त जिल्ला घोषणा गरिएपछि उच्च भेगमा फाट्टफुट्ट देखिन थालेका स्थानीयले बताएका छन् । चिमखोला, […]

इलाम, २१ जेठ । जिल्लाको उत्तरी क्षेत्रमा पाइने बहुगुणयुक्त गुराँस मासिने क्रम बढ्दै गएको छ । प्राकृतिक, सांस्कृतिक जैविकलगायत विविध दृष्टिले महत्वपूर्ण मानिएको गुराँस संरक्षणको अभावनमा मासिने क्रममा छ । खुला चरिचरन, खुल्ला सीमा, चेतना अभाव, अव्यवस्थित विकास निर्माण, दाउराका रूपमा प्रयोग गरिनु आदिले गुराँस सङ्कटमा परेको सरोकारवाला बताउँछन् । जिल्लाका अधिकांश लेकाली क्षेत्रमा गुराँस […]

प्रकाश सिलवाल / काठमाडौँ, २० जेठ । ‘विद्यालयमा विदेशी आए भने हाम्रा शिक्षक अङ्ग्रेजीमा बोल्नुपर्छ भनेर कुनातिर लुक्न जान्छन्’ डिल्लीबजारस्थित पद्मकन्या उमाविका प्रधानाध्यापक रीता तिवारीको यो भनाइ अधिकांश सामुदायिक विद्यालयमा लागू हुन्छ । व्यवस्थापिका–संसद्मा प्रस्तुत आर्थिक वर्ष २०७३÷७२ को बजेटमा सामुदायिक विद्यालयमा क्रमशः अङ्ग्रेजी माध्यमबाट पढाउने उल्लेख भएपछि यसबारे पुनः बहस सुरु भएको छ । […]

काठमाडौँ, १९ जेठ । वर्षात् सुरु हुन लाग्दा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितलाई घर बनाउन आर्थिक सहयोग प्रदान गर्न ढिलासुस्ती गरेको भन्दै व्यवस्थापिका संसद्, विकास समितिले आपत्ति जनाएको छ । प्राधिकरणले पुनःनिर्माणका नाममा कागजी घोडा दौडाएको आरोप लगाउँदै जिम्मेवारी पदाधिकारी काम भन्दा ठूला कुरा गर्न व्यस्त भएको समितिका सदस्यको भनाइ छ । समितिको आजको बैठकमा समितिका […]

नारायण अधिकारी / चितवन, १८ चैत । नेपालमा भेटिएका नयाँ क्यान्सर रोगीमध्ये ३१.७४ प्रतिशत सुर्तीजन्य पदार्थका कारण भएको पाइएको छ । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले देशका १२ वटा अस्पतालबाट सङ्कलन गरेको तथ्याङ्कमा यस्तो देखिएको हो । सन् २००३ बाट सन् २०१२ सम्म आठ वटा अस्पतालको तथ्याङ्क सङ्कलन गरिएकोमा सन् २०१३ मा १२ वटा […]

लक्ष्मी गारु / भक्तपुर, १७ जेठ । नेपालमा बर्सेनि सात हजारलाई क्षयरोगी र २७ हजारलाई अर्वुद रोगी बनाउने सुुर्ती र धूमपानकै कारण प्रत्येक वर्ष १५ हजार नेपालीको मृत्यु हुने गरेको छ । सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण ऐन कार्यान्वयनमा सरकारी उदासिनता र सेवनकर्ताको हेलचेक््रयाइँका कारण बर्सेनि रु १० अर्बभन्दा बढी धुवाँमा उड्ने गरेको तथ्याङ्क छ […]

काठमाडौँ, १६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी आव २०७३÷७४ को बजेटले नेपालको विकासलाई तीव्रताका साथ अघि बढाउन नयाँ दृष्टिकोण पेस गरेको बताउनुभएको छ । नवौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा मूल समारोह समितिले आज यहाँ आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बजेटले हरेक क्षेत्रलाई उत्साहित बनाएको र पर्यटन क्षेत्रलाई पनि प्रोत्साहन थपेको […]

काठमाडौँ, १५ जेठ । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७३÷७४ को राजस्व र आय व्ययको वार्षिक अनुमान(बजेट) को प्रति टेबुल गर्नुभयो । उहाँले यसअघि संसद्को आजको पहिलो बैठकमा आवको बजेट प्रस्तुत गर्नुभएको थियो । आजै उहाँले कर राजस्व सङ्कलन तथा व्यवस्थापन गर्न सदनमा आर्थिक विधेयक–२०७३ प्रस्तुत गर्नुभयो । संसद्को आगामी बैठक […]

काठमाडौँ, १४ जेठ । मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको नौ वर्ष पुगेका उपलक्ष्यमा स्वदेश तथा विदेशमा गणतन्त्र दिवस मनाइँदै छ । जनआन्दोलन २०६२÷६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । दुई सय ३८ वर्ष लामो शाहवंश राजपरम्पराको अन्त्यको घोषणा भएको […]