एक्सक्लुसिभ समाचार

उचित परामर्श नहुँदा महिला बारबार गर्भपतन गराउन बाध्य

कल्पना पौडेल (काठमाडौँ), ४ जेठ । उचित परामर्श नहुँदा महिलाले बारबार गर्भपतन गराउने गरेको चिकित्सकले बताएका छन् । काठमाडौँ मोडल कलेजका स्त्रीरोग विभागका प्रमुख प्रा डा अरुणा कार्कीले पहिलो पटक गर्भपतन गराउन आएका महिलालाई उचित परामर्श र सल्लाह दिन सकेमा बारम्बार गर्भपतन गराउन आउनुको साटो अनिच्छित गर्भ नै नराख्ने सङ्ख्यामा वृद्धि हुने बताउनुभयो । सोमबार […]


सगरमाथाको सफल आरोहणबाट पर्यटन व्यवसायी उत्साहित

सिवी अधिकारी (काठमाडौँ), ३ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्न लालायित देशभित्र र बाहिरका आरोहीहरु यतिखेर सफल आरोहण गरेर कीर्तिमान कायम गर्ने धूनमा छन् । आरोहण रोकिएको दुई वर्षपछि गत वैशाख २९ गते बुधबारदेखि सुरु भएको पर्वतारोहणको आज छैँटौं दिनसम्म ८२ जना स्वदेशी तथा विदेशीले सगरमाथाको सफल आरोहण गरेका छन् । पर्वतारोहरण दलका सफलताका […]


लुम्बिनीको शान्तिदीप सगरमाथा आधार शिविर पुर्याइने; लुम्बिनीमा बुद्ध जयन्तीका लागि तयारी हुँदै

लुम्बिनी (रुपन्देही), २ जेठ । विश्व शान्तिको मुहान सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा रहेको अखण्ड शान्तिदीप सगरमाथाको आधार शिविर पु¥याइने भएको छ । नेपालका ओलम्पियन धावक वैकुण्ठ मानन्धर, खड्ग रानाभाट, कृष्ण बस्नेत, तीन पटकका एभरेष्ट म्याराथन विजेता दीपक राईसहित अन्य खेलाडी शान्तिको ज्योति लिएर लुम्बिनीबाट आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उहाँहरु लुम्बिनीबाट तिलौराकोट, स्वयम्भु, […]


नेपाल गणित समाजको ३८ आंै वार्षिकोत्सव सम्पन्न

जेठ १ । नेपाल गणित समाजको आफ्नो ३८ औं वार्षिकोत्सव भव्यतापूर्वक सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालय गणित विभागमा जेठ १ गते आयोजना गरिएको सो कार्यक्रममा यस वर्ष गणित विषयमा विद्यावारिधि प्राप्त गरेका ६ जना युवा वैज्ञानिकहरुलाई मायाको चिनोसमेत प्रदान गरिएको छ । मायाको चिनो प्रदान गरिनेहरुमा डा. सरस्वती आचार्य, डा. उर्मिला प्याकुरेल, डा. गोकुल […]


भूकम्पपीडितलाई घुम्ती शिविरमार्फत सरकारी सेवा

गोरखा, १ जेठ । भूकम्पले घर भत्केपछि नागरिकतालगायत महत्वपूर्ण कागजात हराएका भूकम्पपीडितलाई गाउँमै सेवा दिन जिल्लाको तीनै निर्वाचन क्षेत्रमा एकीकृत घुम्ती शिविर सञ्चालन गरिने भएको छ । प्रजिअ नारायणप्रसाद भट्टका अनुसार शिविरमा जिल्ला प्रशासन, महिला तथा बालबालिका कार्यालय, जिल्ला मालपोत, जिल्ला नापीलगायत कार्यालयबाट सेवा प्रदान गरिनेछ । तीन निर्वाचन क्षेत्रको कुन कुन ठाउँमा शिविर सञ्चालन […]


यार्सा मौसम सुरक्षार्थ सशस्त्र प्रहरीको टोली डोल्पामा

दुनै (डोल्पा), ३१ वैशाख । यार्सा मौसमको सुरुवातीसँगै डोल्पामा हुने गरेका चोरी, लुटपाट, हत्यालगायतका आपराधिक घटना न्यूनीकरणका लागि यस वर्ष पनि सशस्त्र प्रहरीको टोली डोल्पा आइपुगेको छ । यस वर्ष ६० जनाको टोली आज आइपुगेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । गत वर्षको यार्सा मौसमको सुरक्षाका लागि ४६ जनाको टोली डोल्पा आइपुगेको थियो । […]


भूकम्पपीडितलाई वर्षायामभित्रै छानामुनि ल्याउँछौँ– प्रधानमन्त्री ओली

काठमाडौँ,३० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपीडित जनतालाई सामूहिक आवास बनाएर आउँदो वर्षायामअघि नै छानामुनि ल्याउने प्रतिबद्धता दोहो¥याउनुभएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तयार पारेको ‘भूकम्पपश्चात्को पुनःनिर्माणसम्बन्धी पञ्चवर्षीय योजना’ (पिडिआरएफ) को खाका आज सार्वजनिकीकरण गर्दै प्रधानमन्त्री ओलीले दुई वर्षभित्र भूकम्पबाट क्षतिग्रस्त सबै निजी घर निर्माण गरिने बताउनुभयो । भूकम्प प्रभावित जनतालाई व्यस्थापन गर्ने क्रममा […]


पुनःनिर्माण प्रभावकारी बनाउन आयोगद्वारा ध्यानाकर्षण

  काठमाडौँ, १२ वैशाख । राष्ट्रिय मानवअधिकार आयोगले गोरखा भूकम्प गएको एक वर्ष पूरा हुँदासमेत भूकम्पपीडितले मानवीय सेवा प्राप्त गर्न नसकेकामा सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले भूकम्प गएको एक वर्ष पुगेको अवसरमा आज ‘भूकम्प र मानवअधिकार, भूकम्प, २०७२ मा मानवअधिकार अवस्था अनुगमन प्रतिवेदन’ सार्वजनिक गर्दै मानवीय अवस्थालाई ख्याल गर्दै तत्काल पुनःनिर्माण र राहत वितरणको […]


सोलार पम्पले रोकियो बसाइँसराइ

  (कृष्ण अधिकारी) स्याङ्जा, ११ वैशाख । पिउने र सिँचाइका लागि आवश्यक पानीको अभावमा देशका विभिन्न ग्रामीण भेगका जनता बसाइँसराइ गरिरहेको बेला स्याङ्जा जगतभन्ज्याङ–२ आरुपाटाका बासिन्दाले भने निर्धक्कसँग पानीको उपयोग गर्न थालेका छन् । हिजो पानीको अभावले गाउँबाट बसाइँ सरेका पनि अब गाउँ फर्किने सोचमा छन् । ‘‘जीवनका लागि आधारभूत पानीको असुविधा भएपछि आफ्नो थातथलो […]


चप्पल उद्योग सङ्कटमा

  वीरगन्ज, ९ वैशाख । भारतीय चप्पलसँग प्रतिस्पर्धा गर्न नसक्दा यहाँका आधा दर्जन चप्पल उद्योग सङ्कटमा परेका छन् । सस्तो मूल्य र गुणस्तरहीन भारतीय चप्पल अवैधरूपमा भित्रिने क्रम वृद्धि भएपछि नेपाली चप्पल उद्योगले प्रतिस्पर्धा गर्न नसकेका हुन् । सस्तो मूल्य र आकर्षक देखिने चिनियाँ चप्पल आयातमा वृद्धि भएपछि स्वदेशी चप्पल उद्योग थप सङ्कटमा परेका हुन् […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter