
कालिका खड्का- काठमाडौँ, २८ चैत । नेपालको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीशमा सुशीला कार्कीले नयाँ कीर्तिमान राख्नुभएको छ । नेपालको सर्वोच्च अदालतकोे इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश बन्ने अहोभाग्य सर्वोच्च अदालतका वरिष्ठतम न्यायधीश कार्कीलाई प्राप्त भएको हो । संवैधानिक परिषद्को आज साँझ बालुवाटारमा बसेको बैठकले प्रधानन्यायाधीशमा कार्कीलाई सिफारिस गरेको हो । बिरामी भएका कारण समाभुख ओनसरी […]

फलेवास (पर्वत), २७ चैत । उत्तरी पर्वतको लेखफाँट–५ ठूलाचौरका भगवान् आचार्यले विदेशबाट फर्केपछि व्यावसायिक मौरीपालन सुरु गर्नुभएको छ । विदेश पुगेर सोचेजस्तो कमाइ नभएपछि उहाँले गाउँ फर्किएर सुरु गरेको मौरीपालन व्यवसायबाट मासिक २० हजारभन्दा बढी आम्दानी हुने गरेको छ । सुरुमा दुई वटा काठको घारबाट मौरीपालन सुरु गर्नुभएका आचार्यले अहिले आधुनिक र काठको गरी […]

काठमाडौँ, २५ चैत । फुटबलको विश्व बरियतामा यो महिना छ स्थान सुधार गरेको नेपाल १७९औँ स्थानमा उक्लिएको छ । विश्व फुटबल महासङ्घ (फिफा)ले आज सार्वजनिक गरेको बरियतामा नेपाल दक्षिण एसियामा पाँचौँ स्थानमा छ । पाँच स्थान सुधार गरेको अफगानिस्तान १४७औँ स्थानका साथ पहिलो स्थानमा छ । दुई÷दुई स्थान तल झर्नका बाबजुद क्रमशः १६० र […]

(रमेश लम्साल) काठमाडौँ, २३ चैत । गृह मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले खिम्ती– ढल्केबर प्रसारण लाइन निर्माणमा पूर्णरुपमा शान्ति सुरक्षा प्रदान गर्ने भएको छ । गृहको निर्देशनपछि प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले प्रसारण लाइन निर्माणका लागि आवश्यक शान्ति सुरक्षाको प्रबन्ध गर्ने जानकारी दिनुभयो । राष्ट्रिय मानव अधिकार आयोगले पनि सो प्रसारण लाइन निर्माण […]

काठमाडौँ, २१ चैत । ठमेलमा २१ वर्षअघि इटालीका एक नागरिकको हत्यामा संलग्न टासी गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । विसं २०५२ असोज २७ गते राति अन्दाजी १०ः३० बजेको समयमा ठमेलस्थित रेगी पवमा इटालियन नागरिक वर्ष २१ डेभिड क्यारारोलाई कुटपिट तथा चक्कु प्रहार गरी हत्या गर्ने कार्यमा संलग्न गुरुङलाई प्रहरीको केन्द्रीय अनुुसन्धान व्युरोले शुक्रबार पक्राउ गरी […]

जाजरकोट, २० चैत । साठी वर्षअघि जाजरकोट आएका बेला विश्व चर्चित लेखक तथा भूगर्भविद् टोनी हेगनले आफ्नो डायरीमा यहाँका जनताले भोगिरहेका समस्याको विषयमा लेखेको देखेपछि उहाँकी छोरी अहिले डाक्टरका साथ जाजरकोट पुगेकी छिन् । हेगनले डायरीमा लेख्नुभएको थियो– “जाजरकोट गरिब छ, जनता विपन्न छन्, स्वास्थ्य र शैक्षिक अवस्था निकै कमजोर छ, यसैले यहाँको […]

(कल्पना पौडेल) काठमाडौँ । हात्तीपाइले (फाइलेरिया) रोगबाट ग्रसित बिरामीका तथ्याङ्क सङ्कलन गर्न धादिङ र कञ्चनपुर जिल्लामा घरदैलो गणना हुने भएको छ । हात्तीपाइले लागेका बिरामी कति, उनीहरुको अवस्था कस्तो छ, उपचार व्यवस्थापन कसरी भइरहेको छ र कसरी यसबाट हुने अपाङ्गतालाई रोक्न सकिन्छ भन्ने विषयमा पत्ता घरदैलो गणनाबाट सहयोग पुग्ने बताइएको छ । आगामी […]

भक्तपुर, १७ चैत । यस वर्षको प्रवेशिका अर्थात् एसएलसी परीक्षा देशभर भोलि बिहान ८ बजेबाट एकैसाथ सुरु हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले एसएलसी परीक्षालाई शान्तिपूर्ण र मर्यादित बनाउन विद्यार्थी, अभिभावक, शिक्षक र राजनीतिक दलका प्रतिनिधि एवम् सबै सरोकारवालालाई आग्रह गर्नुभएको छ । परीक्षामा कुल छ लाख १५ […]

काठमाडौँ, १५ चैत । परीक्षा नियन्त्रण कार्यालयले प्रवेशिका९एसएलसी० परीक्षामा संलग्न परीक्षार्थीले व्यक्तिगत विवरण सच्याउनुपर्ने भएमा परीक्षा केन्द्रमै आवेदन दिन सक्ने भएका छन् । पहिलोपटक गरिएको सो व्यवस्थाबाट परीक्षार्थीको नाम, थर, जन्म मिति र विषयलगायतमा त्रुटि कम हुने देखिएको छ । विवरण गलत हुँदा वर्षौसम्म क्षेत्रीय शिक्षा निर्देशनालयमा धाउने समस्या अन्त्य गर्न खोजिएको भन्दै परीक्षा […]

सोलुखुम्बु, १४ चैत । गत वैशाखको भूकम्पका कारण सगरमाथामा ठूला खाल्डा र चिरा परेको भेटिएको छ । सगरमाथा आरोहणका लागि बाटो बनाउन सगरमाथा आधार शिविरबाट माथि गएका आइसफल डाक्टरले यस्तो पत्ता लगाएका हुन् । आइसफल डाक्टरका कमान्डर आङ कामी शेर्पाले भन्नुभयो “सगरमाथा चढ्ने बाटोमा यति ठूला खाल्डा र चिरा यसअघि देखिएको थिएन, यस […]