एक्सक्लुसिभ समाचार

महाशिवरात्रिमा करिब २० लाख दर्शनार्थी आउने

काठमाडौं, फागुन ३ गते । यस वर्षको महाशिवरात्रीमा करिब २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अनुमान गरिएकाे छ । साथै पुरी मठका जगतगुरु शंकराचार्य सरस्वती निश्चलानन्द स्वामी आउनुहुँदैछ । पशुपति क्षेत्र विकास कोषले बुधबार पत्रकार सम्मेलन गरी जगतगुरु शंकराचार्य सरस्वती निश्चलानन्द स्वामी बिहीबार पशुपति मन्दिर आइपुग्नुहुने जानकारी दिएको हो । यस वर्ष फागुन ५, ६ […]


भनसुनको आधारमा योजना छनोट गर्ने जमानाको अन्त्य भयो : अर्थमन्त्री पौडेल

काठमाडौं, फागुन २ गते। सङ्घीय संसद् अन्तर्गतको राष्ट्रिय सभाको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदनको सम्बन्धमा सभालाई जानकारी गराउनुभएको छ। मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा मन्त्री पौडेलले आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदनको सम्बन्धमा सभालाई जानकारी गराउनुभएको हो। सो क्रममा सांसदले उठाएका जिज्ञासाको […]


भवन नबन्दै प्रादेशिक अस्पताल सञ्चालन गरिने

जानु पाण्डे / कपिलवस्तु, फागुन १ गते । भवन भाडामा लिएर लुम्बिनी प्रदेश सरकारले प्रादेशिक सरुवा रोग अस्पताल सञ्चालनको तयारीमा अगाडि बढाएको छ । प्रदेश स्वास्थ्यमन्त्री विष्णु पन्थीले नागरिक अगुवासँग भेटघाट गर्दै केही स्वास्थ्यकर्मी परिचालन गरेर भवन नबन्दै सेवा प्रदान गरिने बताउनुभयो । शङ्कर पोख्रेल नेतृत्वको प्रदेश सरकारले कपिलवस्तुको शिवराज नगरपालिका –५ चन्द्रौटामा प्रदेशस्तरको सरुवारोग […]


सकारात्मक अठोट गरे अर्थतन्त्रको सुधार सम्भव छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, माघ २९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र सुधार गर्ने कुरा सजिलो नभए पनि अठोट गरेमा सम्भव रहेको बताउनुभएको छ । आइतबार साँझ नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्ड वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले दृढताका साथ अठोट गरे नेपाली अर्थतन्त्रको सुधार गर्न सकिने बताउनुभएको हो । ‘‘मैले राष्ट्र र जनताका अगाडि […]


पशुपतिनाथमा महाशिवरात्रिको तयारी

काठमाडौं, माघ २८ गते । पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिका लागि तयारी स्वरुप झिलिमिली बनाउन थालिएको छ। महाशिवरात्रि नजिकिदै गर्दा पशुपतिनाथका विभिन्न क्षेत्रलाई अहिले रङ्गीचङ्गी पारिनुका साथै फूल तथा बिजुली बत्तीले सजाउन थालिएको छ । मारवाडी समितिको सहकार्यमा पशुपतिनाथ मन्दिर क्षेत्रमा फूलले सजावट गर्ने काम भइरहेको हो । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. […]


‘अब विकास, समृद्धि र नागरिकलाई सुखी बनाउन केन्द्रित हुनुपर्छ’

काठमाडौं, माघ २७ गते। राष्ट्रपति विद्यादेवी भण्डारीले अब हाम्रो ध्यान विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनतर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको छ। शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो। प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘‘अब हाम्रो ध्यान विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनेतर्फ केन्द्रित हुनुपर्छ। संविधानले […]


वातावरणका मुद्दामा सहयोग गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, माघ २६ गते । वातावरण संरक्षण र दिगो विकासका सन्दर्भमा लामो समयदेखि वकालत गर्दै आएको नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले समसामयिक वातावरणीय विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेवापसको प्रतिनिधिमण्डलले आज (बिहीबार) भेट गरी प्रधानमन्त्रीसमक्ष एक ज्ञापनपत्र समेत बुझाएको छ । त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले नेवापसले […]


अमेरिकाले नेपालमा गरेको लगानीमा भूराजनीतिक सम्बन्ध छैन : सामन्था पावर

काठमाडौं, माघ २५ गते। अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) प्रमुख सामन्था पावरले अमेरिकाले नेपालसँगको मित्रताको सम्बन्धलाई विस्तार गर्न चाहेको बताउनुभएको छ। बुधबार दुई दिने नेपाल भ्रमणका क्रममा काठमाडौं आउनुभएकी उहाँले यस्तो बताउनुभएको हो। उहाँले नेपाल र अमेरिकाबीचको सम्बन्ध सुमधुर बनाउनका लागि अमेरिकाले विगत लामो समयदेखि नै नेपालका विभिन्न क्षेत्रहरुमा सहयोग गर्दै आएको बताउनुभयो। उहाँले […]


छ महिनामा भित्रियो पाँच खर्ब ८५ अर्ब विप्रेषण

काठमाडौं, माघ २३ गते । चालु आर्थिक वर्षको छ महिनामा कूल रु पाँच खर्ब ८५ अर्ब आठ करोड बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कले आज (सोमबार) सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको अवधिमा विप्रेषण आप्रवाह २४ दशमलव तीन प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह पाँच प्रतिशतले घटेको […]


सरकारबाट बाहिरिने रास्वपाको निर्णय

काठमाडौं, माघ २२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आइतबार बसेको पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै रास्वपाका सभापति रवि लामिछानेले पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको जानकारी दिनुभएको हो । सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter