एक्सक्लुसिभ समाचार

विमान दुर्घटना : ६८ जनाको शव फेला, उद्धार गर्न क्रेनको प्रयोग

काठमाडौं, माघ १ गते । पोखराको सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ । सेती नदीको खोँचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिनुभयो । प्रजिअ अनुसार पोखरास्थित गण्डकी आस्पतालमा ३१ जनाको […]


क्षमताको पहिचान र उपयोग गर्न सक्नुपर्छ : राष्ट्रपति भण्डारी

काभ्रेपलाञ्चोक, पुस ३० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल निर्माणको महाअभियानमा आफ्नो राष्ट्रिय क्षमताको पहिचान र उपयोग गर्न सक्नुपर्ने बताउनुभएको छ । काभ्रेपलान्चोकको बनेपा नगरपालिका–४ उग्रचण्डी नालास्थित ब्रम्हायणी क्षेत्रमा निर्मित विष्णुका दश अवतारसहित परम्पिता चतुरानन् ब्रह्माजीको प्रतिमा अनावरण तथा पञ्चामृत स्नात र ब्रम्हपार्कको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रिय क्षमताको पहिचान र उपयोग गर्दै ‘समृद्ध […]


विकास निर्माण कार्य समयमै सम्पन्न गर्ने लिखित प्रतिबद्धता

काठमाडौं, पुस २९ गते । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माण कार्यलाई महत्त्व दिएर उद्योगको रुपमा स्थापित गर्ने गरी सकारात्मक भूमिका खेल्न जरुरी रहेको बताउनुभएको छ । शुक्रबार मन्त्रालयमा आयोजित संयुक्त अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले सो कुरा बताउनुभएको हो । उक्त कार्यक्रममा मन्त्री श्रेष्ठलगायत मन्त्रालयका सचिव, विभागका महानिर्देशक तथा विभिन्न […]


सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं, पुस २८ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । यसअघि पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याउँदै सन्दीपलाई रिहा गर्न आदेश दिएको हो । उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले जिल्ला […]


नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं, पुस २७ गते । नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष सन् २०२२/०२३ मा पाँच दशमलव एक र २०२३/०२४ मा चार दशमलव नौ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक भएको छ । विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । आव २०२१/०२२ मा नेपालले पाँच दशमलव आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान […]


प्रधानमन्त्री प्रचण्डलाई ऐतिहासिक बहुमतसहित विश्वासको मत

काठमाडौं, पुस २६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट ऐतिहासिक बहुमतसहित विश्वासको मत प्राप्त गर्नुभएको छ । उहाँले सदनमा उपस्थित सदस्य सङ्ख्याको दुई तिहाइभन्दा बढी मत प्राप्त गर्नुभएको छ। सदनमा बैठकको अध्यक्षता गरिरहनु भएका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले मतविभाजनको नतिजा सार्वजनिक गर्दै नेपालको संविधान अनुसार प्रधानमन्त्री प्रचण्डले सदनबाट विश्वासको मत प्राप्त […]


स्थिरता र सुशासनको पक्षमा काम गर्छु : प्रधानमन्त्री दाहाल; ६० वर्षमाथिका नागरिकलाई नसर्ने रोगको निःशुल्क औषधि उपलब्ध हुने

काठमाडौं, पुस २५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्र र जनता, स्थिरता र सुशासनको पक्षमा आफूले काम गर्ने बताउनुभएको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरकारका न्यूनतम साझा कार्यक्रमको सार्वजनीकरण गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । यस पटक राम्रो काम मात्र गर्ने र नराम्रो गर्न कसैलाई नदिने नीति […]


राहदानी छपाइमा देखिएको समस्या समाधान

काठमाडौं / पुस २४ गते। राहदानी छपाइमा देखिएको समस्या समाधान भएको छ । गएको हप्तादेखि राहदानी विभागको सर्भरमा देखिएको समस्या समाधान भएको राहदानी विभागका प्रवक्ता दुरपदा सापकोटाले जानकारी गराउनुभएको हो। अब राहदानी छपाइ र वितरणमा कुनै समस्या नहुने उहाँले सार्वजनिक गर्नुभएको सूचनामा उल्लेख छ। आइतबार जारी सार्वजनिक सूचनामा भनिएको छ, “विद्युतीय राहदानी जारी गर्ने कार्य […]


राष्ट्रपति भण्डारीद्वारा ‘मदन पुरस्कार पुस्तकालय’को अवलोकन

काठमाडौं, पुस २३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले मदन पुरस्कार पुस्तकालयको अवलोकन गर्नु भएको छ । राष्ट्रपति भण्डारीले साझा यातायातको विद्युतीय साझा बसमा सवार भएर शनिबार ललितपुरको पाटनढोका पुगी सो पुस्तकालय र ललितपुरमा नै रहेको पुरातात्त्विक तथा ऐतिहासिक महत्त्वको पिम्बहाल पोखरीको पनि रुचिपूर्वक अवलोकन गर्नु भएको हो । त्यस अवसरमा उहाँलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु […]


प्रतिनिधि सभाको पहिलो बैठकमा शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौं, पुस २२ गते। प्रतिनिधि सभाको पहिलो बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्नुहुने भएको छ। पहिलो बैठकको कार्यसूचीलगायतका विषयमा सहमति जुटाउन ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शुक्रबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सर्वदलीय बैठक गर्नुभएको हो। सर्वदलीय बैठकले प्रतिनिधि सभाको बैठक सञ्चालनसम्बन्धी नयाँ नियमावली नबन्दासम्म पुरानै नियमावलीअनुसार बैठक बस्ने निर्णय गरेको छ। पहिलो […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter