विचार / अन्तर्वार्ता

प्रधानमन्त्रीद्वारा सम्पदा पुनःनिर्माणको अवलोकन

ललितपुर, माघ २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पाटन दरबार क्षेत्रको अवलोकन भ्रमण गरी त्यस क्षेत्रको सम्पदाको पुनःनिर्माणको अवस्थाका बारेमा जानकारी लिनुभएको छ । २१औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको आग्रहमा विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएका स्मारकको पुनःनिर्माणको प्रगतिको अवलोकन गर्न प्रधानमन्त्री ओलीले यस स्थानको भ्रमण गर्नुभएको […]


पर्यटन प्रवद्र्धनमा लगानी आवश्यक ः नेता नेपाल

काठमाडौँ, पुस २७ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रुपमा रहेका पर्यटन प्रवद्र्धनका लागि सबै पक्ष सक्रिय भएर लाग्नुपर्ने बताउनुभएको छ । गन्तब्य नेपाल न्यूज डटकमको सातौँ वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले बिनालगानी र मेहनत पर्यटन प्रवद्र्धन नहुने हुँदा यसका लागि सरोकार भएका निकायको […]


पाँच वर्षभित्रै वैदेशिक रोजगारीको बाध्यता अन्त्य हुने ः मन्त्री विष्ट

पोखरा, पुस २६ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गण्डकी प्रदेशको पोखरामा श्रम तथा रोजगार कार्यालयको आज शुभारम्भ गर्नुभयो । उक्त कार्यालयले आजैदेखि वैदेशिक रोजगारमा जानु हुने व्यक्तिलाई श्रम स्वीकृति प्रदान गर्ने छ । आगामी दिनमा यस कार्यालयबाट नै वैदेशिक रोजगारमा जानु हुनेलाई श्रम स्वीकृति प्रदान गरिने उद्देश्यका साथ यो कार्यालयको स्थापना […]


अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेपालको चुनौती

काठमाडौँ, पुस २३ गते । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एशिया प्यासिफिक सम्मेलनमा होली वाइन र क्रिश्चियनसँग आफूलाई जोडेर आएका विषयलाई पुष्टि गर्न चुनौती दिनुभएको छ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा एशिया प्यासिफिक सम्मेलनमा सरकारको संलग्नता र विदेशमा भएको यसको प्रचारबारे सदस्यले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उहाँले क्रिश्चियन धर्मको प्रचारक बन्न खोज्यो भन्ने ढङ्गबाट गरिएको […]


समायोजनले कुनै पनि कर्मचारीको वृत्तिविकास रोकिँदैन– मन्त्री पण्डित

काठमाडौँ, पुस २० गते । सरकारले कुनै पनि राष्ट्र सेवकको वृत्ति विकासलाई नरोक्ने गरी कर्मचारी समायोजन अध्यादेश विधेयक, २०७५ ल्याएको स्पष्ट पारेको छ । राष्ट्रियसभाको आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सबै कर्मचारीलाई सहजरूपमा सेवा सुविधा तथा वृत्ति विकासका लागि मन्त्रालयले विशेष ध्यान दिएको बताउनुभयो । आधिकारिक टे«ड युनियनसँग पनि समायोजनका बारेमा […]


‘हल्ला मच्चाए जस्तो सुस्त छैन सरकार’

इलाम, पुस १५ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले वर्तमान सरकार विपक्षीले हल्ला मच्चाए जस्तो सुस्त नरहेको बताउनुभएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले दीगो विकासको खाका कोरिरहेकाले ‘जादुमय’ विकास नदेखिएको प्रष्ट्याउनुभयो । “विकास र समृद्धि भनेको तत्काल देखिदैन, यो विस्तारै हँुदै जाने प्रक्रिया हो”, उहाँले भन्नुभयो […]


प्राविधिक शिक्षामा जोड दिनुपर्छः मुख्यमन्त्री पौडेल

हेटौँडा, पुस १२ गते । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गुणस्तरीय शिक्षा र रोजगारीको लागि प्राविधिक शिक्षाको विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । मकवानपुरको हेटौँडा–१८ स्थित ज्योति माध्यमिक विद्यालयको ५२औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले वर्तमान प्रदेश नं ३ को सरकारले शिक्षाको विकासका लागि विशेष महत्व दिएको र शिक्षामा […]


प्राविधिक शिक्षाको विकासले नै राष्ट्र समृद्ध हुनसक्छ ः मुख्यमन्त्री गद्दी

पर्सा, पुस ७ गते । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले आउँदो माघ महीनादेखि प्रदेशभित्र जन्मिने सबै छोरीको बीमा गरिने घोषणा गर्नुभएको छ । उहाँले प्रदेश सरकारले थालनी थरेको “बेटी बचाइ, बेटी बढाइ” अभियानलाई सफल बनाउन प्रदेशभित्र जन्मिने छोरीहरुको शिक्षाका लागि बीमाको योजना लागू गर्ने तयारी प्रदेश सरकारले गरेको बताउनुभयो । वीरगञ्ज पब्लिक […]


‘व्यावसायिक जनशक्ति उत्पादन गर्ने शिक्षा आवश्यक’

काठमाडौँ, पुस ५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको नेपाली शिक्षा बेरोजगार उत्पादन गर्ने शिक्षा जस्तै बनेको बताउनुभएको छ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको मस्यौदा प्रतिवेदनमाथिको छलफलमा प्रधानमन्त्री ओलीले शिक्षाले व्यावसायिक जनशक्ति उत्पादन गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कुन क्षेत्रमा कस्तो खाले जनशक्तिको आवश्यकता हो, सोही अनुसार नै विद्यालयले विद्यार्थी भर्ना […]


सरकार कमजोर भए नागरिकका अधिकार सुरक्षित हँुदैन ः मुख्यमन्त्री पोखरेल

रुपन्देही, मङ्सिर २६ गते । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सरकार बलियो भए जनता अधिकार सम्पन्न हुने बताउनुभएको छ । प्रदेश सरकार र राष्ट्रिय मानवअधिकार आयोगले आज बुटवलमा आयोजना गरेको मौलिक हकको कार्यान्वयनमा प्रदेश सरकार र सांसदको भूमिका विषयक कार्यशाला गोष्ठीमा बोल्दै उहाँले सरकारसक्षम भएमात्र जनताले अधिकारको प्रत्याभूति गर्ने बताउनुभयो । “राज्यलाई कमजोर […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter