विचार / अन्तर्वार्ता

राजनीतिक परिवर्तनले मात्र समाज बदलिँदैन – मन्त्री थापा

काठमाडौँ, चैत ९ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले राजनीतिक परिवर्तनले मात्र समाज परिवर्तन नहुने बताउनुभयो । महिला अधिकार तथा विकास केन्द्रको २५औँ रजत जयन्तीका आवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री थापाले समाजमा विद्यमान लैङ्गिक भेद्भाव, विकृति र विसङ्गतिको अन्त्य गर्न महिला स्वयं लाग्नुपर्ने बताउनुभयो । “समाजमा महिला हिंसालगायत बलात्कारका घटना बढ्दै […]


सोवा रिग्पा उपचार पद्धतिको प्रवद्र्धन गरिनेछ–उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री यादव

काठमाडौँ, चैत ५ गते । उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले करिब २६ सय वर्षअघि भगवान गौतम बुद्धले थालनी गर्नुभएको सोवा रिग्पा स्वास्थ्य उपचार पद्धतिलाई मूल उपचार प्रणालीको रुपमा विकसित गर्न सरकार सकारात्मक रहेको बताउनुभएको छ । सोवा रिग्पा एशोसिएसन नेपालका अध्यक्ष आम्ची डा तेन्जीङ धार्के गुरुङ्ग (गुगे) को नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बुझाएको ज्ञापनपत्र […]


मुलुकको आर्थिक विकासमा युवालाई अगाडि सार्नुपर्छ ः नेता महत

काठमाडौँ, चैत २ गते ।नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले मुलुकको आर्थिक विकासका लागि युवा शक्तिको परिचालन गर्नुपर्नेमा जोड दिनुभएको छ । युवा जागरण अभियानको प्रथम वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘नेपालको सामाजिक तथा आर्थिक विकासका लागि नीति बहस’ कार्यक्रममा उहाँले राष्ट्र निर्माणका लागि युवा शक्तिलाई काममा लगाउनुपर्ने बताउनुभयो । “स्रोत र साधन भएर मात्र […]


‘उद्योग गरौँ, उद्यमी बनौँ, उठाऔँ नेपाल’

काठमाडौँ, फागुन २४ गते । ‘नेपाल १५औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव’ र ‘तेस्रो प्राङ्गारिक कृषि मेला– २०७५’ आजदेखि शुरु भएको छ । मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले आज यहाँ उद्घाटन गर्नुभयो । मेला बिहीबारदेखि शुरु भएको भए पनि आज अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर उद्घाटन गरिएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घले […]


विकासका लागि हातेमालो गर्न महानगर तयार ः चिरिबाबु महर्जन

ललितपुर, फागुन १६ गते । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहमा हुने विकास निर्माणका कार्यमा जनतासँग हातेमालो गरेर अघि बढ्न महानगर तयार रहेको बताउनुभएको छ । महानगरपालिका–१८ को मगरगाउँमा बिहीबार आयोजित एक कार्यक्रममा प्रमुख महर्जनले कुनै दल विशेषप्रति आग्रह राखेर विकासका कार्यमा पूर्वाग्रह नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मेरो २० महीनाको कार्यकालमा […]


अर्थ नीति र राजनीतिको मेलनै समृद्ध हो ः डा भट्टराई

गलकोट, फागुन ४ गते । पूर्व प्रधानमन्त्री एवं नयाँशक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले अर्थ नीति र राजनीति एउटै धारमा गएमा मात्र विकास सम्भव हुने बताउनुभएको छ । नयाँशक्ति नेपालले शुरु गरेको ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद’ अभियान अन्तर्गत आज बागलुङ आइपुग्नुभएको संयोजक भट्टराईले बागलुङ बजारको लोकतान्त्रिक चोकमा आयोजित सभामा बोल्दै सरकारले अर्थ […]


उकुसमुकुस नहुन प्रतिपक्षीलाई आग्रहः पत्रकारिताको छाता ऐन आउने

सुर्खेत, फागुन १ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार आवधिक हुने भए पनि लोकतन्त्र आवधिक नहुने भएकाले उकुसमुकुस भएर प्रस्तुत नहुन प्रमुख प्रतिपक्षी दललाई आग्रह गर्नुभएको छ । सामुदायिक रेडियो प्रसारक सङ्घ (अको¥याब) राष्ट्रिय सम्मेलन र साधारणसभाको आज उद्घाटन गर्दै सरकारका प्रवक्ता बाँस्कोटाले यही फागुन ३ गते सरकार गठन भएको एक वर्ष […]


सरकारको काममा अवरोध नपुर्याउ – सञ्चारमन्त्री

काभ्रेपलाञ्चोक, माघ २७ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको काममा अवरोध नपु¥याउन सबैमा आग्रह गर्नुभएको छ । बनेपा नगरपालिका–१० काङ्गलमा आज पञ्चकन्या मन्दिरको शिलान्यास गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “सरकार क्रमैसँग विकासनिर्माणका काम गर्दैछ, सरकारको काममा डिस्टर्ब नगर्नुस् ।” उहाँले जनतासँग खाएको कसम केही पूरा भएको जिकिर गर्दै बाँकी क्रमैसँग पूरा गरिने प्रतिबद्धता […]


बाँकेलाई औद्योगिक राजधानीका रुपमा विकास गरिने : मन्त्री गिरी

राँझा, माघ २५ गते । प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले बाँके जिल्लालाई औद्योगिक राजधानीका रूपमा विकास गरिने बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँके शाखाले आज खजुरामा आयोजना गरेको औद्योगिक महिला उद्यमशीलता लघु घरेलु तथा कृषि प्रविधि पर्यटन महोत्सव उद्घाटनका क्रममा उहाँले भन्नुभयो, ‘‘यस प्रदेशमा औद्योगिक […]


कानून र संरचना व्यवस्था नहुँदा समस्या ः उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ, माघ १६ गते । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कानून र संरचना व्यवस्था नहुँदा सरकारले सोचेअनुसारको काम गर्न नसकेको बताउनुभएको छ । देउराली–जनता फर्मास्युटिकल्स प्रालिको २८औँ वार्षिकोत्सव समारोहका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले कानून नबन्दा समस्या परेको भन्दै सरकारले चाँडो कानून र संरचनामा परिवर्तन गर्न लागेको बताउनुभयो । उपप्रधानमन्त्री पोखरेलले केन्द्रस्तरमा निर्माण गर्नुपर्ने […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter