विचार / अन्तर्वार्ता

गल्ती गर्ने प्रहरीलाई कारवाही हुन्छ – महानिरीक्षक खनाल

काठमाडौँ, असोज २१ गते । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले केही प्रहरीका कारण प्रहरी सङ्गठन नै नराम्रो हुन पुगेको भन्दै गल्ती गर्ने प्रहरी अधिकारीलाई कारवाही गरिने बताउनुभएको छ । प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिताको आज यहाँ आयोजित समापन कार्यक्रममा उहाँले जनताले प्रहरीप्रति आशा र भरोसा गरेकोले जनचाहनाअनुसार सेवा प्रदान गर्नुपर्ने बताउनुभयो । “ सङ्गठनभित्र […]


नेपाली जनताका लागि खाना, नाना र छानासहितको प्रजातन्त्र आवश्यक छ – प्रम ओली

न्यूयोर्क, असोज ११ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताका लागि मानवतालाई पूर्णता दिने खाना, नाना र छानायुक्त प्रजातन्त्र आवश्यक भएको बताउनुभएको छ । संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आउनुभएका प्रधानमन्त्री ओलीले महासभाको समाचार सङ्कलन गर्न आफूसँग आएका सरकारी स्वामित्वका र निजी क्षेत्रका पत्रकार तथा अमेरिकामै […]


नेपालको कसैसँग पनि शत्रुता छैन – प्रधानमन्त्री

न्यूयोर्क, असोज १० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कसैसँग पनि शत्रुता नभएको र सबैप्रति मित्रता भएकाले सबैको सहयोगबाट मुलुकलाई कम विकसित स्तरबाट विकसित बनाउन चाहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले एशिया सोसाइटीले आज यहाँ आयोजना गरेको ‘शान्ति, प्रजातन्त्र तथा विकास’ विषयक सार्वजनिक व्याख्यान कार्यक्रममा उक्त कुरा बताउनुभएको हो । उहाँले नेपाली जनताले राणा […]


‘अब त आश मरिसक्यो’ – बेपत्ता परिवार

बाँके, असोज ६ गते । खिनुमाया पाठक १९ वर्षदेखि राज्यद्वारा बेपत्ता पारिएका पतिको सत्यतथ्य थाहा पाउन भौतारिरहनुभएको छ । तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका क्रममा जिल्लाको राप्तीपारि बैजापुरमा शिक्षण पेशामा कार्यरत उहाँका पति ढाकाराम पाठकलाई सुरक्षाकर्मीले २०५६ मा बर्दियाबाट बलपूर्वक बेपत्ता पारेका थिए । माओवादी भएकै आरोपमा बेपत्ता पारिएका ढाकारामको अवस्था अहिलेसम्म अज्ञात छ । घरमूलीलाई […]


निर्माण व्यवसायीको एकाधिकार अस्वीकार्य – प्रधानमन्त्री

काठमाडौँ, असोज ४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निर्माण र उत्पादन कार्य सँगसँगै अगाडि बढाउनुपर्ने भएकाले कुनै प्रकारको एकाधिकार (कार्टेलिङ) स्वीकार्य नहुने बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको २० औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले वर्तमान सरकारलाई कुनै अवाञ्छित लाभ लिन वा काम गर्नुपर्ने नभएकाले समयमा गुणस्तरीय कानूनसम्मत […]


समृद्ध नेपाल, सुखी नेपालका लागि ध्यान दिन सांसदको आग्रह

काठमाडौँ, भदौ २१ गते । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले कपिलवस्तु जिल्लाको कपिलवस्तुदेखि तौलिहवासम्मको हुलाकी सडक छिटो निर्माण सम्पन्न गर्न, तौलिहवा अस्पताललाई ५० श्यया बनाउन र यातायात क्षेत्रको तेस्रो पक्ष बीमा रकमलाई बढाउन माग गर्नुभयो । सिंहदरबारभित्रको पुरानो गाडी हटाउन, त्यहाँ रहेको सबै कवाडी हटाई सुन्दरता बढाउन, पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न सरकार […]


उद्योगको विकासमा अमेरिकी सहयोग आवश्यक – प्रचण्ड

काठमाडौँ, भदौ १० गते । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भौतिक पूर्वाधार, पर्यटन क्षेत्र, जलविद्युत् र कृषिमा आधारित उद्योगको विकासमा अमेरिकी सहयोग आवश्यक रहने बताउनुभएको छ । आफ्नो निवास खुमलटारमा अमेरिकी दक्षिण तथा मध्यएशिया मामिला उपसहायकमन्त्री एलिस जी वेल्ससँगको भेटमा उहाँले नेपाल सरकारका तर्फबाट लगानीको सुरक्षा गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । […]


संघीयताको टेको खुस्काउने प्रयास भैरहेका छन्ः प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा संघीयता कलिलो प्रणालीका रुपमा रहेकोले यसको सवलीकरणका लागि सबैले मेहनत गर्नुपर्ने बताएका छन् । संघीय संसदका सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष र सातै प्रदेशका सभामुख, उपसभामुखसँग आफ्नै निवास बालुवाटारमा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । ‘कुनै पनि भौतिक संरचना निर्माण गरेर ढलान मजबुद हुनका लागि पनि कम्तीमा […]


“मुलुकमा पर्यटक संख्यामात्र होइन, गुणस्तरीय पर्यटक आवश्यक छ”- मन्त्री अधिकारी

काठमाडौँ, भदौ २ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारीले पर्यटकलाई काठमाडौँ र पोखरा मात्र नभई मुलुकभरी नै पुर्याउन देशभर एक सय गन्तव्यको पहिचान गरिएको बताउनुभएको छ । फास्टफुड एसोसिएसन नेपालको छैठौँ अधिवेशनको राजधानीमा शनिबार उद्घाटन गर्दै मन्त्री अधिकारीले भन्नुभयो–“मुलुकमा पर्यटक संख्यामात्र होइन, गुणस्तरीय पर्यटक पनि आवश्यक छ । त्यसका लागि गुणस्तरीय […]


जनप्रतिनिधिको मर्यादा राख्नुस्– प्रधानमन्त्री

काठमाडौँ, काठमाडौँ, साउन ३१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा देखिएको अनियमितता, भ्रष्टाचार र जनप्रतिनिधिले उपभोग गरेका सुविधाका विषयमा चासो व्यक्त गर्नुभएको छ । गाउँपालिका राष्ट्रिय महासंघको प्रतिनिधिमण्डलसँग आज सिंहदरबारमा अन्तक्र्रिया गर्दै उहाँले सो विषयमा चासो व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री ओलीले स्थानीय तहमा अनियमितता भएको, जनताका काम जनप्रतिनिधिले सहज ढङ्गले नगरिदिएको गुनासो […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter